निर्णय नं. ८५५० - नोक्सानी बिगो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५५० - नोक्सानी बिगो भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/१०/०४ ३४०३ निर्णय नं. ८५५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६३ सालको दे.पु.नं.–९०३४ फैसला मितिः २०६७।१०।४।३ मुद्दा– नोक्सानी बिगो । पुनरावेदक प्रतिवादीः कृषि विभागको तर्फबाट ऐ.का महानिर्देशक दीपबहादुर स्वाँर विरुद्ध प्रत्यर्थी वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका.वडा नं.१८ गाबहाल स्थित अमात्य निर्माण सेवाको तर्फबाट प्रो.अमृत अमात्य § सम्झौताका निश्चित शर्तहरू, निश्चित प्रयोजन र निश्चित कार्य सम्पन्न समयसीमा आपसी सहमतिका आधारमा तय हुने र त्यसरी तय गरिएका आपसी मापदण्डका आधारहरू दुबै पक्षलाई बन्धनकारी हुन्छन् । सम्झौतामा उल्लिखित बन्धनकारी शर्तहरू कुनै पक्षले पूरा नगरेमा सोबाट सिर्जित हुन पुगेको दायित्व शर्त पूरा नगर्ने पक्षले व्यहोर्नु पर्ने । (प्रकरण नं.४) § १० प्रतिशतभन्दा घटी वा बढीको मूल्य आर्थिक प्रशासनको नियमानुसार लिन दिन मञ्जूर छु भनी कबुलियत गरिसकेपछि सो निकायले कायम गरेको दरभाउ र आर्थिक प्रशासनसम्बन्धी नियमावली, २०४२ को अधीनमा रही दावी गर्नुपर्नेमा बढ भएको मूल्यको कार्यतालिका आफ्नो मनोमानी ढंगले एकतर्फीरुपमा पेश गरी असीमितरुपमा मूल्यवृद्घिको माग गरिएको दावी उक्त सम्झौता विपरीत हुने । (प्रकरण नं.५) § कार्यादेशअनुसारको समयसीमामा कार्य सम्पन्न हुन नसकेको मुनासिब कारण भएमा मात्र कार्य सम्पन्न गर्नको लागि सम्झौतामा पहिला निश्चित गरिएको अवधि पछि थपिएको म्यादको औचित्ययता सम्झौतापत्र तथा आर्थिक प्रशासनसम्बन्धी नियममा भएको त्यस्तो व्यवस्था तोकिएको कार्य सम्पन्न गर्न ठेकेदारले नसकेमा निजबाट क्षतिपूर्ति भराउने तथा जरीवाना नलगाउने सम्मका लागि हो । यसरी म्याद थप गरेको अवधिसमेतको हकमा निर्माण कार्य ठेक्का लिने त्यस्तो फर्म वा कम्पनी वा व्यक्तिको सुविधाको लागि निजीरुपमा प्रयोग भएका घरभाडा, कर्मचारीहरूको तलब सबै प्राप्त गर्न नसक्ने । (प्रकरण नं.६) § सम्पूर्ण खर्चसमेत लेखाजेखा गरी ठेक्का सम्झौताका लागि आव्हान भएको बोलपत्रमा वादीले सोमा भएका सम्पूर्ण प्रस्ताव स्वीकार गरी सम्झौता गरेपछि त्यसमा व्यवस्था नभएका थप सुविधा माग गर्न र पाउन सक्दैन यस्तो माग कानूनसम्मत नहुने । § शर्तबमोजिम निर्माण कार्य पूरा नगरी नोक्सानी भएको भनी दावी लिने पक्ष वादीले नै समयमा निर्माण कार्य शुरु नगर्ने, थप भएको म्यादमा पनि निर्माण कार्य सम्पन्न नगरी काम बीचमा नै छाडी दायित्व पूरा नगरी शर्तको परिपालना गर्न नसकेको अवस्थामा आफ्नै कारणले आफैलाई पर्न गएको आर्थिक व्ययभारको परिपालना प्रतिवादी पक्षबाट गराई नोक्सानी विगो भराइ माग्न नपाउने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेशकुमार थापा प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री त्रिलोचन गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः § आर्थिक प्रशासनसम्बन्धी नियमावली, २०४२ फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम कृषि विभागको तर्फबाट पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– कृषि प्रसार तथा अनुसन्धान आयोजना अन्तर्गत बर्दिया जिल्लाको मैनापोखर, वगनाहा, पशुपतिनगर र राजापुरमा जे.टी.क्वार्टर र ट्रेनिङ हल चारवटा २०४७ जेष्ठ मसान्तभित्रमा निर्माण गर्ने सम्बन्धमा म फ