निर्णय नं. ७२०८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२०८ - लेनदेन भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०२/२२ २७४६ निर्णय नं.७२०८ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत २०५७ सालको दे.पु.नं. ..६६९३ फैसला मितिः २०६०।२।२२।५ मुद्दा :– लेनदेन । पुनरावेदक प्रतिवादीः रौतहट जिल्ला अजगैवी गा.वि.स. वडा नं. ४ वस्ने वीरेन्द्र राय यादव बिरुद्ध विपक्षी वादीः रौतहट जिल्ला महमदपुर गा.वि.स. वडा नं. ७ वस्ने रामानन्द राय यादव § प्रतिवादीले म घरको मुख्य व्यक्ति भएकोले मेरो सहमति वेगर मेरो श्रीमतीले ऋण लिनुपर्ने अवस्था नभएको र उक्त लिखतमा मलाई साक्षी समेत नराखिएको हुंदा लिखत वमोजिमको सावा व्याज तिर्न वुझाउन पर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । दावीको लिखतलाई अ.वं. ७८ नं. वमोजिम पुनरावेदक प्रतिवादीलाई सुनाउँदा अन्यथा भन्न नसकेको र शान्ति देवीको मृत्यु पछि निजको नामको कि.नं. ३० को जग्गा समेत मालपोत कार्यालय रौतहटवाट मिति २०५५।९।२६ को निर्णय अनुसार आफ्नो र छोराको नाममा नामसारी गराई लिएको देखिन्छ । यसरी मृतक शान्ती देवीको अपुताली पुनरावेदक प्रतिवादीले खाएको देखिएकोले लेनदेन व्यवहारको २२ नं. वमोजिम हकवालाको हैसियतले ऋणीको अपुताली खाएपछि साहुको ऋण तिर्नुपर्ने कानूनी दायित्व पुनरावेदक प्रतिवादीमा सरेको हुंदा दावी वमोजिमको साँवा र ऐन वमोजिमको व्याज समेत वादी दावी वमोजिम प्रतिवादीवाट भराई दिने गरी पुनरावेदन अदालत हेटौडावाट भएको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत हेटौडाको मिति २०५६।१२।२ को फैसला उपर प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः २. म फिरादीसंग प्रतिवादीको एकासगोलको स्वास्नी शान्ती देवीले घर खर्च गर्न रु.८०,०००। कर्जा लिइ सैकडा १० का दरले व्याज लगाई सांवा व्याज २०५४ साल चैत्र मसान्तसम्ममा वुझाउने भाखा गरी २०५४।९।७।२ का दिन कपाली तपमसुक लेखी मलाई दिनु भएको र सांवा व्याज नवुझाउदै शान्ती देवी २०५५।२।१० गते परलोक भै निज शान्ती देवीको खती उपती खाने एका सगोलको हकवाला लोग्ने प्रतिवादी भएको र प्रतिवादीसंग ताकेता गर्दा आलटाल गरी पचाउने नियत गरेकाले साँवा व्याज रु.८३,८५०। र भोलिदेखि मुद्दाको अन्तिम फैसला भै विगो भरी पाउने दिनसम्मको व्याज कोर्टफि समेत भरी पाउं भन्ने वादी दावी । ३. मेरो स्व.श्रीमती शान्ती देवीको मृत्यु पूर्व हामी दुवै एकै घर सगोलमा नै वस्ने व्यक्तिहरु भएको हुंदा हामीहरुले गर्ने घर व्यवहार सम्वन्धी कार्य सम्वन्धमा हामी एक अर्कालाई थाहा जानकारी हुने कुरा विवाद हुन सक्दैन । मेरो श्रीमतीले विपक्षीवाट वादी दावी अनुसारको रकम यदि लिएको भए सो रकम शान्ती देवीले किन लिएको मलाई थाहा जानकारी गराई लिने थिइन तर मलाई सो को कुनै जानकारी नै नगराएकोले लिखत देखाउदा सद्दे कीर्तेतर्फ वयान गर्ने नै छु । फिराद दायर गर्ने हक अधिकार अ.वं. ८२ नं. ले विपक्षीलाई नभएको हुंदा खारेज गरी पाउं भन्ने प्रतिउत्तर पत्र । ४. कपाली तमसुक हेरी वाँची सुनी पाउं । ऋणी शान्ती देवी मेरो स्वास्नी हुन । २०५५ जेष्ठ महिनामा परलोक भएकी छिन । प्रस्तुत लिखतमा शान्ती देवीको सहिछाप हो, होइन निजले लिखत अनुसारको ऋण लिएको हो, होइन मलाई थाहा छैन । सद्धे, कीर्ते ज