निर्णय नं. ७२१० - भवितव्य ज्यान र गर्भपतन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२१० - भवितव्य ज्यान र गर्भपतन भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०१/२२ ४६०६ निर्णय नं.७२१० ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु सम्बत् २०५६ सालको दे.पु. नं. — २११८ फैसला मितिः २०६०।१।२२।२ मुद्दा :– भवितव्य ज्यान र गर्भपतन । पुनरावेदक प्रतिवादीः जिल्ला महोत्तरी वर्दिवास गा.वि.स .वडा न . ३ वस्ने सिताराम भन्ने मानवहादुर खत्री विरुद्ध प्रत्यर्थी वादीः जि.महोत्तरी वर्दिवास गा.वि.स. वा.नं. ३ वस्ने चन्द्रप्रसाद फुयलको जाहेरीले श्री ५ को सरकार § गर्वपतन गराउने कार्य यी प्रतिवादी मान बहादुर खत्रीले गरेको भन्ने नभई चिकित्सकहरुबाट गराएको भन्ने उल्लेख भएको र के कुन चिकित्सकको क्लिनिकमा के कसरी गर्वपतन गराएको भन्ने व्योहोरा खुल्न न आएको भन्ने प्रहरी प्रतिवेदन समेत मिसिल सङ्लग्न रहेको देखिंदा गर्वपतन गराएको तथ्य नै स्थापित नभई सकेको स्थितिमा यी प्रतिवादिलाई कसुरदार ठहराएको नमिलेकोले अभियोग दावीबाट सफाई दिनु पर्नेमा शुरु फैसला केही उल्टी गरी गर्वपतन गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा उल्टी भई सुरु जिल्ला अदालतले गरेको फैसला मनासिव भै सदर हुने पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री कुमारप्रसाद घिमिरे प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री पुष्पराज कोइलारा अवलम्वित नजिरः फैसला न्या.गोपालप्रसाद खत्रीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. मेरो भाई पुण्यप्रसाद फुयल गत साउन महिनामा विदेशमा गएको र निजका जहान परिवार घरमै रही आएकोमा निजकी श्रीमती खग कुमारी फुयल गत ५ दिन देखि विरामी परेकी र ज्यादै सिकिस्त हुन आएवाट निजको उपचारको लागी मिति ०४९।१२।१७ गते ज. अं अस्पतालमा लगी उपचार भैरहेकोमा निजसंग सोधपुछ गर्दा छिमेकमा घर हुने सिताराम भन्ने मान व. खत्रीसंग ३ महिना अगाडी यौन सम्पर्क भई गर्भ रहन गएकोले उक्त गर्भ पतन गराउन निमित्त निज मानवहादुरले मलाई एक हप्ता पहिले जनकपुरमा ल्याई गर्भ पतन गराएकाले सोही कारणवाट विरामी हुन गई सिकिस्त अवस्थामा रहेकी भनि वताएकी र आज निजको अवस्था ज्यादै चिन्ताजनक रहेको हंदा जानकारी गराएको छु भनि जि. म. वर्दिवास गा. वि. स. वा. नं. ३ वस्ने चन्द्रप्रसाद फुयालले कार्यालयमा आई मौखिक जानकारी गराएकाले सो सम्वन्धमा आवश्यक अनुसंधान कारवाहीको लागी सादर जाहेर साथै निज सितराम भन्ने मान व. खत्रीलाई खोज तलास गर्दा फरार रहेको वुझीएको र खो.त. कार्य जारी नै रहेको व्यहोरा समेत सादर जाहेर भन्ने इ .प्र.का. वर्दिवासले जि. प्र. का. महोत्तरीलाई ०४९।१२।१८ मा लेखेको संचार पत्र । ३. २०४९ साल कार्तिक देखि मेरो पेट दुख्ने र पेट पोल्ने गोला चल्ने रोग लाग्यो र सोहीवेला देखि साधारण उपचार गराउदै आएको छु । १०,१२ दिन पहिला सिताराम भन्ने मानवहादुर खत्रीलाई मेरो पेट पोल्छ, पेटमा गोला चल्छ, जनकपुर लगी पेट क्युरेट गरिदिनुहवस, म संग पैसा छैन, तपाईले नै पैसा पनि हाल दिनु हवस भन्दा हुन्छ भनि निजले भनेको हुंदा निजले चैत्र ११ गते जनकपुरमा ल्याई नाम नजानेका डाक्टर कहां लगी डाक्टरसंग निजले कुराकानी गरी मलाई सिटमा सुताई रेडियो वनाउन भनी निस्के, डाक्टरले पाखुरा र चाकमा सुई हाने पछि म वेहोस भएछु । पछि होसमा आउदा क्युरेट गरी पेट सफा गरी दिएछ डाक्टरले तपाईको साथमा आउने मानिस गै सक्यो, तपाई पनि