निर्णय नं. ७२११ - उत्प्रेषण परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२११ - उत्प्रेषण परमादेश समेत भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०२/२७ ३३०५ निर्णय नं.७२११ ने.का.प२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री बलिरामकुमार सम्बत २०५७ सालको रिट नं. ...४२७६ आदेश मितिः २०६०।२।२७।३ बिषय :– उत्प्रेषण परमादेश समेत । निवेदकः जुम्ला जिल्ला गज्र्याङकोट गा.वि.स. वडा नं. ७ घर भै हाल रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुमा स.ले.पा. पदमा कार्यरत नन्दप्रसाद पाण्डे बिरुद्ध विपक्षीः वढुवा समिति कोष तथा लेखा नियन्त्रकको कार्यालय मुगु समेत § नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० ले लेखा समूहको राजपत्र अनंकित प्रथम श्रेणीको पदको लागि व्यवस्थापन वा वाणिज्य शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको भनी विषय निर्धारण गरेको देखिन्छ । निवेदकले प्राप्त गरेको शैक्षिक योग्यताको विषय उपरोक्त वमोजिम नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० ले लेखा समूहको राजपत्र अनंकित प्रथम श्रेणीको पदको लागि निर्धारण गरेको विषय अनुरुपको भएको नदेखिंइ सो वापत अंक प्राप्त गर्न सक्ने नदेखिंदा निवेदकलाई शैक्षिक योग्यता वापतको अंक प्रदान नगरेको वढुवा समितिको निर्णय कानून अनुरुप नै देखिने। § विवादित का.स.मु. फारामको टिपेक्स लगाइएको ठाउंमा सो अंक प्रदान गर्ने सम्वन्धित मूल्यांकनकर्ताको दस्तखत भएको देखिंदा त्यसरी प्रदान गरेको अंकलाई अन्यथा भन्न नमिल्ने। § विवादित का.स.मु. फाराम २०५४ सालको भएको सो समयमा यी निवेदक र विपक्षी पदमबहादुर घर्ती वेग्लावेग्लै कार्यालयमा कार्यरसत रहेको देखिएकाले सो समयमा भरिएको का.स.मु. फाराममा निवेदकलाई वढुवाबाट वंचित गर्ने उद्देश्यले अंक थपघट गरेको भन्ने देखिन नआउने। § का.स.मु. फाराममा अंक प्रदान गर्ने कुरा सम्वन्धित पदाधिकारीको विवेकको विषय भएकोले त्यस्ता पदाधिकारीले का.स.मु.मा अंक प्रदान गर्दा विना पूर्वाग्रह अंक प्रदान गरिनुपर्ने विषय हो, त्यस्तो विवेकाधिकारको कुरामा यस अदालतले असाधारण अधिकारक्षेत्र अन्तर्गत औचित्य (Merit) मा प्रवेश गरी दिन नमिल्ने। निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शंभु थापा विपक्षी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः आदेश न्या.गोपालप्रसाद खत्रीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ । २. म निवेदकले लोकसेवा कार्यालय जुम्लाको सिफारिशमा २०४५।३।३० वाट राजपत्र अनंकित द्वितीय श्रेणीको खरीदार पदमा निजामती सेवामा स्थायी नियुक्ति पाई सेवारम्भ गरेको हुं। सेवा प्रवेश गरेपछि इमान्दारी तथा कर्तव्यनिष्ठ भै काम गरिरहेकै अवस्थामा जिल्ला विकास समितिको कार्यालय मुगु र कोष तथा लेखा नियन्त्रकको कार्यालय मुगुमा रिक्त रहेको लेखापाल पद दुइको वढुवाद्वारा पूर्ति गरिने भनी २०५५।७।११ को गोरखापत्रमा सूचना प्रकाशित भएकोमा म निवेदकमा पनि आवश्यक योग्यता पुगेकोले वढुवामा सामेल भएको थिएं । वढुवाको नामावली प्रकाशन गर्दा मेरो नाम समावेश नगरी विपक्षीहरु पदमबहादुर घर्ती र दिलबहादुर दाहालको नाम प्रकाशित भएकाले सो नामावलीमा चित्त नवुझि पुनरावेदन अदालत जुम्लाका रजिष्ट्रारज्यू समक्ष पुनरावेदन गर