निर्णय नं. ७२१२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२१२ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: असार अंक: ३ फैसला मिति :२०६०/०३/१६ ४१७३ निर्णय नं.७२१२ ने.का.प.२०६० अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत २०५७ सालको फौ.पु.नं. २६१० सम्वत २०५८ सालको साधक नं. २१६ फैसला मितिः २०६०।३।१३।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः दाङ जिल्ला विजौरी गा. वि. स. वडा नं. १ घर भै हाल कारागार शाखा तुल्सीपुर दाङमा थुनामा रहेको उमाभक्त वली बिरुद्ध विपक्षी वादीः विरवहादुर वस्नेतको जाहेरीले श्री ५ को सरकार वादीः विरवहादुर वस्नेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः दाङ जिल्ला विजौरी गा. वि. स. वडा नं. १ घर भै हाल कारागार शाखा तुल्सीपुर दाङमा थुनामा रहेको उमाभक्त ओली पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी. विपक्षी वादी तर्फवाटः अवलम्वित निजरः फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत पुनरावेदन र ऐ. ऐनको दफा १० अन्तर्गत साधक जाँचका लागी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. २०५१।७।१९ गते तिर ऋषिराम वस्नेतलाई मार्ने उद्देश्यले उमाभक्त समेतका जना ३ ले खोजी गर्दै हिडेकोले आफ्नो श्रीमती सहित नयावस्तीमा गएका छन् भन्ने थाहा पाई ससुरालीको घरमा गै ऋषिराम घर भित्र बसी रहेको अबस्थामा उमाभक्त वलीले कम्मरवाट छुरी निकाली हान्न खोज्दा निज ऋषिराम वस्नेत ज्यान वचाउन घरको तलामा गएको मौकामा अन्य २ जनाले ढोका कुरी भाग्न उम्कन नपाउने गरी घेरा दिई उमाभक्त वलीले ३–४ पटक छुरी प्रहार गरी २०५१।७।१९ गते ६.३० वजे घटना घटेपछि निज अपराधी झ्यालवाट हामफाली भाग्न सफल भएका र पहिले देखि मार्छु भन्ने धम्की दिई आएका भुषण अवस्थी समेत जना ५ र ज्यान मार्ने उमाभक्त वली समेत जना ८ लाई सजाय गरी पाउँ भन्ने विरवहादुर वस्नेतको जाहेरी दरखास्त । ३. मृतकले लगाएको पाईन्ट र कट्टु खोली हेर्दा वायाँ खुट्टाको जोर्नी देखि केहि माथी कम्मरको भागमा सवा १ ईन्च लम्वाई ६ इन्च काठको सिन्का जाने गहिराई भएको धारिलो हतियारले घोचेको जस्तो चोट भएको सो चोटवाट हल्का रगत वगी रहेको भन्ने समेत व्यहोराको मिति २०५१।७।२० को घटनास्थल प्रकृति मुचुल्का । ४. २०५१।७।२१ को लास जाँच रिपोर्ट । ५. प्रतिवादी उमाभक्त वली समेतले मृतकलाई कर्तब्य गरी मारेकोले निजलाई ज्यान सम्वन्धी महलको १३(१) नं. बमोजिम र प्रतिवादी झगवहादुर वस्नेत, छवी वि. क. वासुदेव डांगीलाई ऐ. महलको १७(२) नं. तथा भुषण अवस्थी, धनवहादुर, वीरेन्द्र डांगी, किरण डांगी समेत जना ४ लाई ऐ. को १६ नं. बमोजिम सजाँय हुन माग दावी लिइएको अभियोग पत्र । ६. प्रतिवादी झगवहादुर वस्नेत, छवी वि. क., भुषण अवस्थी, वासुदेव डांगी, धनवहादुर डांगी, वीरेन्द्र डांगी, किरण डांगी समेतले सफाइ पाउने र फरार रहेका प्रतिवादी उमाभक्त वलीको हकमा अ. वं. १९० नं. बमोजिम मुल्तवी राखी दिने ठहर्छ भन्ने मिति २०५३।६।१० को दाङ जिल्ला अदालतको फैसला । ७. निज प्रतिवादी उमाभक्त वलीको हकमा मुल्तवी राख्ने गरी भएको मिति २०५३।६।१० को दाङ देउखुरी जिल्ला अदालतको फैसला पुनरावेदन अदालतवाट सदर भएको । ८. फरार रहेका प्रतिवादी उमाभक्त वली पक्राउमा परी हाजिर हुन आएकोले प्रस्तुत मुद्दा मुल्तवीवाट जगाई दिएको छ भन्ने मिति २०५४।१२।१३ को दाङ देउखुरी जिल्ला अदालतको आदेश । ९. म २०५१।७।१९ गते साँझ ६.३० वजेको समयमा