निर्णय नं. ७२१५ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२१५ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०१/११ ४०७० निर्णय नं.७२१५ ने.का.प.२०६० अङ्क ५.६ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५८ सालको रि.पू.ई.नं. .....४९ आदेश मितिः २०६०।१।११।५ विषय :– उत्प्रेषण समेत । निवेदकः जिल्ला बारा कलैया न.पा.वडा नं. ७ घर भै हाल श्री सरस्वती ने.रा.प्रा.वि. वलहिया बारामा शिक्षक पदमा कार्यरत राम एकवाल साह विरुद्ध विपक्षीः जिल्ला शिक्षा कार्यालय बारा कलैया समेत § चलनचल्तीको अर्थमा नैतिक पतन भन्नाले स्वच्छ र असल नैतिक चरित्रको विपरीत चरित्र हुनु, इमान्दारिता रहित सामाजिक अस्मिता विरुद्धको चरित्र हुनु जस्तो कुरालाई जनाउँछ । यस शब्दावलीको प्रयोग विशेषतः नीच, अधम, चरित्रहीनता तथा दूराचारीताको लागि हुने गरेको भएतापनि यथार्थमा यस शब्द भित्र नैतिकतासंग सम्वन्धित व्यापक र विविध प्रकृतिको अवधारणाहरु पर्नसक्ने हुँदा सबै सामाजिक परिप्रेक्ष्य, सबै प्रयोजन र स्थितिको लागि यस शब्दलाई परिभाषित गर्न सम्भव नदेखिने । § मुलुकी ऐन ज्यान सम्वन्धीको महल अन्तर्गतको प्रत्येक मुद्दामा सो मुद्दासंग सम्वन्धित वारदातको स्वरुप तथा सन्दर्भतर्फ विचारै नगरी सो मुद्दासंग सम्वन्धित व्यक्तिको चरित्र वा नैतिकताको प्रश्न उठाउनु न्यायोचित नहुने । § रिट निवेदक पुर्पक्षको लागि थुनामा राखिएको व्यक्तिसम्म हुँदा निजलाई सामान्य नागरिक भन्दा घटिया चरित्रको व्यक्ति भनी कुनै किसिमको कलङ्क निज उपर रहेको नदेखिने । § कुनै नियोजित वा मनसाययुक्त किसिमले ज्यान मारेको वा आर्थिक वा अन्य कुनै उद्देश्य पूर्तिको लागि ज्यान मारेको भन्ने समेत नदेखिएको तथा अभियोग लागेको ज्यान मुद्दावाट निजले सफाइ समेत पाइसकेको स्थिति हुँदा निजलाई नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति मान्न नमिल्ने । § निवेदक नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा परेको नदेखिई श्री ५ को सरकारको अभियोजन सम्बन्धी त्रुटिको कारणले पुर्पक्षको निमित्त थुनामा बस्नु परेको अवस्था स्पष्ट देखिन आएको र बारा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा निवेदकले सफाइ पाउने ठहरी मिति २०५५।१०।२० मा फैसला हुनु अगाडि नै निलम्बन फुकुवा गरी रिट निवेदकलाई विद्यालयमा पुनस्र्थापित गरिसकेको स्थितिमा श्री ५ को सरकारको गलत अभियोजनको कारणले वाध्यतावस पुर्पक्षको लागि थुनामा रहनु परी आफू कार्यरत विद्यालयमा कार्यरत हुन नपाएको अवधिलाई नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा परेको भनी सो अवधिको तलव दिने सम्वन्धमा नियमावलीमा स्पष्ट व्यवस्था नभएको भन्ने विपक्षी शिक्षा मन्त्रालयको मिति २०५६।४।४ को निर्णय न्यायसंगत नदेखिने । (प्र.नं. १४ देखि १६) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजिरः आदेश प्र.न्या.केदारनाथ उपाध्यायः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा आदेश यसप्रकार छ :– २. म निवेदक २०३३।५।२२ मा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सिहासनी वैरीया बारामा शिक्षक पदमा नियुक्त भै शिक्षण गर्दै आएको र मिति २०४९।१।१ देखि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, इनर्वासिरा बारामा प्रधानाध्यापक भई शिक्षण गर्दै आएको थिएं । २०५३ वैशाखदेखि चलेक