निर्णय नं. ७२१८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२१८ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०१/२५ ३८२७ निर्णय नं. ७२१८ ने.का.प.२०६० अङ्क ५.६ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत् २०५९ सालको नि.नं ......६०० आदेश मितिः २०६०।१।२५।५ बिषय :– साधक सुन्दा मेरो छोराको हकमा समेत विचार गरी इन्साफ गरी पाउँ । मुद्दा :– कर्तव्य ज्यान । निवेदकः शंकरानन्द अरगरियाको हकमा राजाराम अरगरिया यादव विरुद्ध बिपक्षीः श्री ५ को सरकार § अदालतको आदेश वा फैसलालाई स्वीकार गरी पहिले आत्मसमर्पण गरेपछि मात्र निजको कुरा सुनवाई हुने हुंदा अदालतको आदेश वा फैसलालाई घुमाउरो पाराले छली बस्ने व्यक्तिलाई अदालतको आदेश वा फैसला स्वीकार गरी आत्मसमर्पण गर्न आउने व्यक्तिले पाए सरहको प्रष्ट कानूनी व्यवस्थाको अभावमा सुविधा पाउंछ भन्ने हो भने पुनरावेदन सम्वन्धी प्रचलित कानूनी व्यवस्था नै निरर्थक हुन जाने । § न्याय प्रशासन ऐन २०४८ को दफा १०(४) को व्यवस्था अनुसार परेको निवेदनमा मुद्दाको निरोपण हुंदा त्यस्तो निवेदनमा जिकिर लिएको कुरामा विचार सम्म गरी सुनुवाई गर्नुपर्ने भन्ने कुराले पुनरावेदन गरेको वा अदालतको आदेश वा फैसलालाई स्वीकार गरी थुनामा वसिरहेको व्यक्ति सरह अदालतको आदेश वा फैसला स्वीकार नगरी कानूनले दिएको सुविधा प्रयोग नगरी वा पालना गर्नुपर्ने कानूनी मार्ग नअपनाई अर्को माध्यमवाट अदालतमा प्रवेश गरेको कारणवाट पुनरावेदन गर्ने वा फैसला अनुरुप थुनामा रहिरहेका व्यक्तिले पाए सरह बहस पैरवी समेत गराउन पाउँछ भन्न सकिने अवस्था नदेखिने । § अदालतको फैसला स्वीकार गरी आत्मसमर्पण वा थुनामा वसी रीतपूर्वकको पुनरावेदन गरी थुनामा बसेको अवस्थामा पुनरावेदन सरहको जिकिर लिई आफै वा अरुद्वारा परेको निवेदनको अभावमा अन्य अवस्थामा उल्लेख भएका व्यक्तिहरुले पाए सरहको प्रक्रिया अवलम्वन गरी अदालतमा प्रवेश नगर्ने व्यक्तिको हकमा कानून व्यवसायीद्वारा वहस पैरवी गर्न गराउन पाउंछ भन्न नमिल्ने । (प्र.नं. ४ र ५) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्वित नजिरः फैसला यस्मा पौषनारायण विराजीको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध शंकरानन्द अरगरिया प्रतिवादी भएको सम्बत् २०५५ सालको फौ.सा.नं. ३६१ को कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत जनकपुरले प्रतिवादी शंकरानन्दलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरी मुलुकी ऐन अदालती वन्दोवस्तको १८६,२१३,२१४ नं. र न्याय प्रशासन ऐन २०४८ को दफा १० को कानूनी व्यवस्था वमोजिम मिति ०५४।११।२५ को फैसला अनुसार साधक जाहेरी भई यस अदालतमा ०५५ सालको फौ.सा.नंं ३६१ मा मिति २०५५।११।१४ मा दर्ता भई मुद्दा कार्यवाहीयुक्त अवस्थामा रहेको देखिन्छ । यसै वीचमा पुनरावेदन अदालतको फैसलाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर भएका शंकरानन्द अरगरियाको हकमा भनी राजाराम अरगरियाले साधक सुन्दा मेरो छोराको हकमा समेत विचार गरी इन्साफ गरी पाउं भनी ०५६।४।२८ मा नि.नंं ६०० को निवेदन परी निर्णयार्थ संयुक्त इजलासमा पेश भएकोमा पुनरावेदन अदालतको फैसला उपर रीतपूर्वकको पुनरावेदन पत्र दर्ता नगराएको प्रतिवादीको तर्फवाट वकालतनामा पेश गरी इजलास समक्ष वहस गर्न निज प्रतिवादीको तर्फवाट कानून व्यवसायी उपस्थित भएकोमा वादी श्री ५ को सरकारको तर्फवाट पुनरावेदन नगर्ने प्रतिवादीको तर्फवाट वह