निर्णय नं. ७२१९ - उत्प्रेषण तथा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२१९ - उत्प्रेषण तथा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०२/०८ ३३३७ निर्णय नं. ७२१९ ने.का.प.२०६० अङ्क ५.६ विशेष इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री वलिरामकुमार सम्बत् २०५८ सालको रिट नं. ... ८१ आदेश मितिः २०६०।२।८।५ बिषय :– उत्प्रेषण तथा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ । निवेदकः का.जि.का.म.न.पा.वडा नं. घर भई हाल श्री ५ को सरकार वन तथा भूसंरक्षण मन्त्रालय वन विभाग योजना महाशाखामा कार्यरत वर्ष ३८ को सन्तोषमणि नेपाल समेत विरुद्ध विपक्षीः मन्त्रीपरिषद् सचिवालय समेत § निजामती सेवा नियमावली, २०५० को दोश्रो संशोधनद्वारा संशोधित नियम १५(२) को व्यवस्था संविधानको धारा ८८ (२) वमोजिम अमान्य वदर घोषित गरि पाउं भन्ने माग गरी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । रिट निवेदकले अमान्य र वदर घोषित गरी पाउं भनी मांग गरेको नियमावलीको सोही व्यवस्था अमान्य र वदर गरी पाउं भनी समान प्रश्न उठाई दिएको सम्बत् २०५८ सालको रिट नम्वर ३८९२ निवेदक शान्तराज सुवेदी समेत विरुद्ध श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेत बिपक्षी भएको रिट निवेदनमा श्री ५ को सरकारले निजामती सेवाभित्र के कस्तो दक्षता र योग्यता हासिल गरेको उम्मेदवारहरुबाट प्रतियोगिता गराई रिक्त पद पूर्ति गरी निजामती प्रशासन संचालन गर्ने हो भन्ने बिषयमा निर्णय गरी ऐनले प्रदान गरेको अधिकार वमोजिम नियम वनेको देखिंदा शंशोधित नियमावलीको व्यवस्था संविधान कानून संग वाझिएको भन्न नमिल्ने देखिंदा सो बिषयमा पुनः विवेचना हुनपर्ने अवस्था विद्यमान नदेखिने । (प्र.नं. १०) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री उज्वल राजभण्डारी विपक्षी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ : – २. हामी निवेदकहरु मध्ये म सन्तोषमणि श्री ५ को सरकारको ०४६।१०।१३ को निर्णय अनुसार वन सेवा जनरल फरेष्ट्री समूहको सहायक वन अधिकृत पदमा म वावुराम भण्डारी ०४३।३।२४ को निर्णय अनुसार, म निवेदक राजेन्द्र काफ्ले ०४६।१०।१३ को निर्णयानुसार सहायक वन अधिकृत पदमा, म अनुजराज शर्मा ०४४।३।३ को निर्णय अनुसार वन सेवा जनरल फरेष्टी समूहको रा.प.तृ.श्रेणीमा कार्यरत रही आएको र वन बिषयमा स्नातकोत्तर गरिलो.से.आ.द्वारा संचालित ०५५।०५६ देखिको विज्ञापन अनुसार रा.प्र.प्रथम श्रेणी खुल्ला प्रतियोगितामा सम्मिलित हुंदै आएका छौं । ०५६।४।२६ को गो.प.मा. प्रकाशित सूचना अनुरुप प्रतिस्पर्धामा सहभागी भई आएका छौं । ऐनद्वारा प्रत्याभूत सुविधा ऐन संशोधन नगरी नियमद्वारा रोक्न सक्ने र त्यसले मान्यता प्राप्त गर्न सक्ने समेत नहुंदा प्राप्त सुविधा र हकमा आघात पर्ने होइन । नि.से.नि.मा भएको व्यवस्था २०५६ मा दोश्रो संशोधन गरी स्नातकोत्तर उपाधि प्राप्त गरीसकेपछि ५ बर्ष र ७ बर्षको सेवा समयावधि तोकी भएको संशोधन कार्य गैरकानूनी समेत भई ऐनले गरेको व्यवस्था प्रतिकूल हुन गएकोले प्रतिकूल हुन गएको हदसम्म वदर र अमान्य गरी पाउँ भनी ०५२।०५६।०५७ मितिमा प्रकाशित विज्ञापनको हकमा निवेदन गरेका थियौ । यसरी मुद्दा कार्यवाही रहंदैको अवस्थामा ०५८।११।१५ मा निकालेको