निर्णय नं. ७२२० - कार्यविधिमा एकरुपता सम्बन्धी टिप्पणी आदेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२२० - कार्यविधिमा एकरुपता सम्बन्धी टिप्पणी आदेश भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०४/३० ६३४५ निर्णय नं. ७२२० ने.का.प.२०६० अङ्क ५.६ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०६० सालको पू.ई. प्रतिवेदन नं. ७ आदेश मितिः २०६०।४।३०।६ बिषय :– कार्यविधिमा एकरुपता सम्बन्धी टिप्पणी आदेश । § विशेष अदालत ऐन २०५९ को दफा ११ मा विषेश अदालतले हेर्ने वा हेरेको मुद्दामा म्याद तारेख थाम्ने सम्बन्धमा छुट्टै व्यवस्था गरिएको र त्यसमा विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसला उपर परेको पुनरावेदनमा म्याद तारेख थाम्न कावु वाहिरको परिस्थिति परेको कारण र आधार खुलाई निवेदन परेमा सो व्यहोरा मनासीव ठहरिएमा एक पटक वढीमा १५ दिन सम्मको म्याद तारेख थाम्न सकिनेछ भन्ने व्यवस्था गरेको देखिई ऐ ऐनको दफा १२ मा मुद्दाको कारवाही र किनारा गर्दा यस ऐनमा लेखिए जतिमा यसै ऐन बमोजिम र सो वाहेकका अन्य कुरामा विशेष अदालतले प्रचलित कानून वमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार र कार्यविधि प्रयोग गर्न सक्ने व्यवस्था पाइदा विशेष अदालत ऐन २०५९ मा व्यवस्था नगरिएको विषयमा मात्र अन्य प्रचलित कानूनमा भएको व्यवस्था लागु हुन सक्ने । § विधायिकाले विशेष अदालतले हेरे छिनेका मुद्दामा पुनरावेदनको म्याद र सो म्याद गुजे्रमा थमाउने समेतको छुटैृ व्यवस्था गर्न खोजेको मनसाय प्रष्ट भै विशेष अदालत ऐन, २०५९ को प्रस्तावनामा खास किसिमका मुद्दाहरुको कारवाही र किनारा छिटो,छरितो तथा प्रभावकारी ढंगले गराउन सो कानूनी व्यवस्था गरिएको भन्ने उल्लेख भएबाट पनि ऐनको उद्देश्य र भावना अनुरुप कानूनको प्रयोग र व्याख्या हुनु आवश्यक हुने । § विशेष अदालत ऐन २०५९ मा पुनरावेदनको म्याद दिने र सो गुज्रेमा थमाउने छुटैृ व्यवस्था गरिएको, प्रस्तुत विशेष अदालत ऐन २०५९ सालमा वनी लागु भएको र सरकारी मुद्दा संवन्धी ऐन, २०४९ सालमा वनी लागु भएको अवस्थाबाट पनि पछि वनेको ऐनको भिन्न व्यवस्थाले अघिको ऐनको व्यवस्थालाई प्रतिस्थापन गरेको मान्नु पर्ने हुन्छ । यस स्थितिबाट विचार गर्दा पनि सरकारी मुद्दा संवन्धी ऐन, २०४९ को दफा २६(२) प्रस्तुत विषयमा आकर्षित हुने अवस्था नदेखिने । § मुलुकी ऐनको प्रारम्भिक कथनको ४ नं ले छुटृाछुट्टै वनेका कानूनमा लेखिए जतिमा सोही कानून वमोजिम हुने भन्ने सिध्दान्तलाई अगींकार गरेको समेतबाट पुनरावेदनको म्याद थमाउने प्रसंगमा विशेष अदालत ऐन २०५९ ले यस ऐन वमोजिम र अरु प्रचलित कानून वमोजिमको सुविधा समेत पाउन सक्ने भन्ने स्पष्ट व्यवस्था गरेको देखिन नआएको स्थितिमा विशेष अदालतले हेरे छिनेका मुद्दाहरुमा खास मुद्दाहरुको काम कार्यवाही छिटोछरितो किसिमले टुङ्गयाउने प्रयोजन र उद्देश्यवाट वनेको विशेष अदालत ऐन २०५९ को दफा ११ को व्यवस्था वाहेक अरु प्रचलित ऐन कानूनको कार्यविधि समेत आकर्षित हुने भन्न नमिल्ने । (प्र.नं. ५ देखि ७) श्री ५ को सरकार तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक विपक्षी तर्फवाटः अवलम्वित नजिरः आदेश १. नियम बमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत विषयमा श्री ५ को सरकारको तर्फवाट खटीई आउनु भएका विद्वान नायव महान्यायाधीवक्ता श्री नरेन्द्रप्रसाद पाठकले गर्नु भएको बहस जिकिर समेत सुनी हेर्दा विशेष अदालतको फैसला पश्चात विशेषअदालत ऐन २०५९को दफा ११ बमोजिमको म्याद गुज्रिएकोले स.मु.स.ऐनको