निर्णय नं. ७२२१ - दरपिठ आदेश वदर गरी पाँउ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२२१ - दरपिठ आदेश वदर गरी पाँउ भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०५/३१ ६८३३ निर्णय नं. ७२२१ ने.का.प. २०६० अङ्क ५.६ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायधीश श्री भैरवप्रसाद लम्साल २०५९ सालको पू.ई.नि.नं. ....... १/२ आदेश मितिः २०६०।५।३१।४ विषयः दरपिठ आदेश वदर गरी पाँउ । निवेदकः अधिवक्ता कलमवहादुर खत्री विरुद्ध विपक्षीः सम्माननीय प्रधानमन्त्री समेत § दरपीठ सम्बन्धी कार्यविधि, आधार र कारण एकमुष्टरुपमा सबै मुद्दामा यही हुन्छ र यसै हुन्छ भनी निर्क्योल गर्ने विषय जटिल र दुरुह हुने । § दरपीठ आदेश गर्नु पूर्व न्यायिक पदाधिकारीबाट न्यायका मान्य सिद्धान्त, कानूनको व्याख्या र प्रमाणको मूल्याकंन गरी गर्नुपर्ने प्रकृति, अवस्था विद्यमान रहेको छ, छैन हेरी त्यसलाई प्रभावपार्ने वा न्यायिक निर्णय गर्नुपर्ने प्रकृतिका विषय ठम्याएर मात्र यसको प्रयोग हुने । (प्र.नं. ६) § दरपीठ सम्बन्धी यसको प्रकृति प्रचलन अनुसार यसलाई एकरुपमा ढाली यसै हुने भनी भन्न मिल्ने अवस्था समेत नरहेबाट एक रुपता कायम हुनुपर्ने भनी व्यक्त रायसंग सहमत हुन नसकिने । § यस अदालतका रजिष्ट्रारले निवेदकले दर्ता गर्न पेश गरेको निवेदन नियमावलीको उपर्युक्त व्यवस्था वमोजिम भएको दरपीठ आदेश उपर परेको प्रस्तुत निवेदन सोही नियमावलीको नियम ७(ग) अनुसार एक न्यायाधीशको इजलासमा पेश गरिने भन्ने व्यवस्था अनुरुप एक न्यायाधीशको इजलासमा पेश भएकोमा सो आदेश सदर वा वदर तर्फ कुनै राय नै व्यक्त भएको देखिन नआउदा नियम ७(ग) अनुसार प्रस्तुत निवेदन हेर्ने क्षेत्राधिकार एक न्यायाधीशकै इजलास भित्र पर्ने देखिदा प्रस्तुत निवेदनको पूर्ण इजलासको लगत कट्टागरी निर्णयको लागि एक न्यायाधीशको इजलासमा पेश हुने । (प्र.नं. ८ र ९) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल, श्री दिनेश त्रिपाठी, निवेदक श्री कलमबहादुर खत्री विपक्षी तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक अवलम्वित नजिरः आदेश यस्मा निवेदक तर्फबाट विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, दिनेश त्रिपाठी, निवेदक स्वयं र विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठकले गर्नु भएको वहश समेत सुनी हेर्दा नेपाल अधिराज्यको संबिधान, २०४७ को प्रस्तावनाको मर्म र भावना वमोजिम जनताको सार्वभौमिकताको प्रयोग गर्ने थलो भनेको संसद हो । प्रतिनिधिसभा विघटन भई जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलो संसदको स्थायी सदन राष्ट्रियसभाको अधिवेशन नवोलाई मुलुकलाई प्रतिनिधिविहीन अवस्थामा चलाई राख्नु नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा १, ३, १२(२)(क), ४४, ५३(१), (२), ५४(१), (३) र ११५(६) को वर्खिलाप भएको भनी अधिवेशन आह्वान गराउन परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भनी दर्ता गर्न ल्याएको रिट निवेदन दर्ता गर्न नमिल्ने भनी रजिष्ट्रारले मिति २०५९।१०।७ मा सो रिट निवेदनमा दरपीठ आदेश भएकोले सो आदेश वदर गरी रिट निवेदन दर्ता गराई पाउँ भनी परेको प्रस्तुत निवेदनमा यस अदालत एकन्यायाधीशको इजलासबाट २०५९ सालको प्रतिवेदन नं.१०७ निवेदक अधिवक्ता ध्रुवलाल श्रेष्ठ समेत विरुद्ध सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय समेत भएको,निवेदक झंक कडेल विरुद्ध मन्त्रिपरिषद् सचिवालय समेत भएको २०५८ सालको प्रतिवेदन नं.७४ तथा निवेदक अधिवक्ता उपेन्द्र नन्दन तिमिल्सिना विरुद्ध मन्त्रिपरिषद् सचिवालय समेत भएको २०५