निर्णय नं. ७२२४ - जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२२४ - जग्गा खिचोला चलन भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०२/२६ २९५२ निर्णय नं. ७२२४ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ सम्बत् २०५७ सालको दे.पु.नं. ...६८७३ फैसला मितिः २०६०।२।२६।२ मुद्दाः– जग्गा खिचोला चलन । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ५ वस्ने प्रभादेवी उपाध्याय विरुद्ध बिपक्षी वादीः रौतहट जिल्ला गौर नगरपालिका वडा नं. ३ वस्ने नारायण भक्त सिंह § नक्सा मुचुल्कावाट वादीको कि.नं. २२७ को पूर्वतर्फ विभिन्न प्रतिवादीहरुको विभिन्न कित्ता जग्गाहरु रहेकोमा अन्य प्रतिवादीहरुले वादी दावी अनुसार खिचोला गरेको तथ्य प्रत्यक्ष वा परोक्ष रुपमा स्वीकार गरिरहेको अवस्थामा कि.नं. ३४६ को पश्चिमतर्फ र वादीको कि.नं. २२७ को पूर्वतर्फको सांधमा पुनरावेदन प्रतिवादीले खिचोला गरेको होइन भन्ने अवस्था नदेखिने । § सर्जमिनका अलग अलग व्यक्तिले परस्परमा वाझिने व्यहोरा लेखाएकोमा पुनरावेदक प्रतिवादी प्रभादेवी स्वयंले वादी दावी खण्डन गरी आफ्नो व्यहोरा उल्लेख गरी प्रतिउत्तर फिराउन नसकेको अवस्थामा अन्य ठोस प्रमाणको अभावमा सर्जमिनका मानिसहरुको परस्पर विरोधी भनाइलाई मात्र आधार मानी वादी दावी हदम्याद बिहीन भएकोले फिराद दावी खारेज हुनुपर्छ भन्ने पुनरावेदन जिकिर स्वीकार योग्य नदेखिने । (प्र.नं. १३) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत हेटौंडावाट भएको मिति २०५६।९।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :– २. मेरो नाम दर्ताको गा.वि.स. गौर वार्ड नं. ९ कि.नं २२७ को ०–४–१५ जग्गामा पोखरी भै पोखरी जग्गाको पूर्वतर्फ दक्षिण साईडमा प्रतिवादी देवप्रयाग गुप्ताको गौर गा.वि.स. वार्ड नं. ९ कि.नं. ३४९ को ०–०–१७ जग्गा भएको नीज देव प्रयाग गुप्ता भन्दा उत्तर तर्फ प्र.विनोदकुमार अग्रवालको स्वर्गीय वावु पुष्कर लाल अग्रवालको नाम दर्ताको ऐ.कि.नं. ३४८ को ०–०–१८ जग्गा भएको नीज स्व.पुष्करलालको नाम दर्ताको जग्गाको उत्तर तर्फ ऐ.कि .न. ३४७ को ०–०–१३ जग्गा प्र.दुर्गा देवीको नाम दर्ताको जग्गा भएको नीज दुर्गा देवी सो उत्तर प्रभा देवीको नाम दर्ताको ऐ.कि.नं. ३४६ को ०–०–१६ जग्गा भएको नीज प्र.प्रभादेवी सो उत्तर प्र.लीला देवी मानन्धरको नाम दर्ताको ऐ.कि.नं. ३४४ को ०–२–७ जग्गा भै नीज प्रतिवादीहरुले आ–आफ्नो जग्गामा घर वनाई भोगचलन गर्दै आएकोमा मेरो अपुपस्थितिमा प्रतिवादीहरुले ०५०।१।२५ गतेका दिन विहान अं.८, ९ बजेको समयमा आपसमा मिलोमतो गरी मेरो कि.नं. २२७ को पोखरी भएको जग्गा सदा सर्वदा देखि नक्सा ट्रेश अनुसार उत्तर मुख पूर्व पश्चिम १०८ फिट तथा दक्षिण मुख ८४ फिट गरी ०–४–१५ को पूर्वतर्फवाट सरदर अन्दाजी २० ( वीस )फीट जति चौडाई जग्गा च्यापी आ– आफ्नो जग्गामा मिसाई कसैले पर्खाल वनाई लिएको कसैले चर्पी बनाई आफ्नो भोग दखलमा लिएको ०५०।१।२५ गते थाहा पाई गौर न.पा.को प्रतिनिधिको राहेवरमा ०५०।२।२८ गते नाप नक्सा भएको मुचुल्का नापी शाखा गौरवाट खडा भएकोले सो को फोटोकपी पेश गरेको छु । प्रतिवादीहरुले मेरो कि.नं. २२७ को उत्तर मुखको पूर्व पश्चिम १०८ फिट हुनुपर्नेमा ९८ फिट मात्र भएको दक्षिण मुख ८४ फिट हुनुपर्नेमा ६६ फिट मात्र भएकोले