निर्णय नं. ७२२५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२२५ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०३/१६ ३१३५ निर्णय नं. ७२२५ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु सम्बत् २०५९ सालको फौ.पु.नं. ..२९२७ सम्बत् २०५९ सालको फौ.सा.नं. .. ३७८ फैसला मितिः २०६०।३।१३।६ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः गुल्मी नेशा गा.वि.स.वडा नं. १ घर भई कारागार शाखा गुल्मीमा थुनामा रहेकी वर्ष २५ की भिमकला वलाल विरुद्ध प्रत्यर्थी वादीः खड्ग सिं वलालको जाहेरीले श्री ५ को सरकार वादीः खड्ग सिं वलालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः गुल्मी नेश गा.वि.स. वडा नं. १ घर भई कारागार शाखा गुल्मीमा थुनामा रहेकी वर्ष २५ की भिमकला बलाल § लास जांच मुचुल्कामा घाटीमा कपडाको रस्सी वाँधिएको उल्लेख भएको र सव परीक्षण प्रतिवेदनमा डाक्टरको रायमा घाटी कसी (strangulation) मारिएको भन्ने उल्लेख हुंदा पुनरावेदिका वाहेक अरु कुनै व्यक्तिले नवजात शिशुको घांटी कसी मार्नुपर्ने स्थिति प्रमाण परिवन्धवाट देखिन नआएको समेत हुंदा पुनरावेदिका प्रतिवादी भीमकला वलाललाई अभियोग दावीको कसूरदार ठहराई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मनासीव ठहर्ने । § प्रतिवादी भीमकला वलाल वर्ष २२ की देखिएकी उमेर र अवस्थाले गर्दा परपुरुषको गर्भ रहन गएको र मौकैमा गर्भपतन गर्न गराउन नसकी महीना पुगेको जातक जन्मेको र लोकलज्जावाट वच्न ठहरे वमोजिमको अपराध गरेको देखिएतापनि सर्वश्वसहित जन्मकैदको सजाय अपराध अनुसारको सजाय नहुने भई चर्को पर्ने देखिएको र पुनरावेदन अदालत र शुरु अदालतले ७ बर्ष कैद सजाय गर्ने गरी राय लगाएको भएतापनि ४ बर्ष कैद सजाय गरेवाट एकातिर फौजदारी न्यायको मकसद पुरा हुने र अर्को तर्फ विवशताबस् कलिलो उमेरको मानवीय कमजोरीका कारणले सामाजिक लाजगालको स्वभाविक विवशताबाट हुन गएको अपराधको सजायवाट शेष जीवन व्यतित गर्न निज प्रतिवादी भीमकलाले त्राण पाउने देखिएकोले अ.वं. १८८ नं. वमोजिम निजलाई कैद वर्ष ४ (चार) मात्रको सजाय हुने । (प्र.नं. १७ र १८) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत वुटवलको मिति २०५८।१०।१७ को फैसला उपर न्यायप्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) र दफा १० अन्तर्गत पुनरावेदन परी र साधक जाहेर भई आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. मिति ०५६।४।१३ गतेका दिन मेरो माहिलो छोरा खुम बहादुर वलालको श्रीमती माहिली वुहारी भिमकला वलालले मेरो छोरा विदेश भारतमा गएको, घरमा निज बुहारीलाई छाडी गएकोमा, यहि ०५५ सालको माघे संक्रान्तिमा घरमा आई चैत्र महिनामा विदेश भारत तर्फ गएका हुन, निज बुहारी घरमा र माइतमा गरी आएकी थिइन,०५६।४।१३ गतेका दिन निज बुहारीले पुरा मास पुगेको छोरी जातकको नवजात शिशु जन्माई उक्त शिशुलाई कर्तव्य गरी मारी छाडेकिले निजलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त। ३. मृतक शिशुको दाहिने हात कुहिनाबाट खुम्चिएर घांटीतर्फ गएको, आन्द्राभुडी निस्केको र झिंगाहरु भन्की औंसा किराहरु परेको, मृतक शिशुको घांटीमा हरियो कपडाको रस्सि कसिएको अवस्थामा देखिएको र मृतक शिशुको लाश पूर्ण मांस पुगेको अवस्थाको देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।