निर्णय नं. ७२२६ - जग्गा हक कायम चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२२६ - जग्गा हक कायम चलन चलाई पाउँ भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/१२/१४ २९२८ निर्णय नं. ७२२६ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५५ सालको दे.पु.नं. ....४८१३ फैसला मितिः २०५९।१२।१४।६ मुद्दा :– जग्गा हक कायम चलन चलाई पाउँ । पुनरावेदक वादीः जिल्ला कपिलवस्तु रामघाट गा.वि.स.वडा नं. ३ डेर्वा वस्ने वामदेव ज्ञवाली समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.वार्ड नं. ९ औरहीया वस्ने इन्द्रमाया शर्मा समेत § वादीहरुवाट हक हस्तान्तरण भएको भनिएको मिति ०४२।१।१० र ०४२।६।२७ मा पारित लिखतहरुवाट विवादका जग्गाहरु मुक्तिधाम निर्माण गर्ने प्रयोजनको लागि हस्तान्तरण भएको भन्ने उल्लेखित लिखतहरुको व्यहोरावाट देखिन नआउंदा सो लिखतवाट यी वादीहरुको नामवाट हक स्वामित्व बिपक्षी शक्तिमाता भन्ने लिलादेवी खरालको नाममा हस्तान्तरण भै गएको कुरालाई अन्यथा भन्न सकिने स्थिति नदेखिने । § जुन लिखतवाट प्रत्यर्थी प्रतिवादी शक्तिमाता भत्रे लिलादेवीले विवादित जग्गामा हक प्राप्त गरेको हो सो लिखतहरुवाट वादीले दावी गरे जस्तो मुक्तिधाम निर्माण नगरे ती जग्गाहरु वादीहरुकै नाउंमा फिर्ता हुने भत्रे शर्त उल्लेख गरेको अवस्था नदेखिनुका साथै हक अधिकारमा असर पर्ने व्यक्तिको अनुपस्थितिमा अरु व्यक्तिका वीच भएको भनिएको शर्त वन्देजको ०४३।२।२९ को घरायसी कागजको व्यहोरावाट रीतपूर्वक प्राप्त भएको अचल सम्पत्ति फिर्ता हुन्छ भत्रु रजिष्ट्रेशनको १ नं. समेतले नमिल्ने र न्यायोचित नहुने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फवाटः वारेश श्री नारायणप्रसाद ज्ञवाली प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री वालकृष्ण न्यौपाने र श्री कृष्णकान्त ज्ञवाली अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत वुटवलको मिति ०५१।८।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत पर्न आएको निवेदनमा मुद्दा दोहर्‍याई हेर्ने निस्सा भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. वावु लोकराज र आमा जयन्ता देवीको तर्फवाट म समेतका ६ जना दाजु–भाई भएको, साविक नापी श्रेस्ता वमोजिम वावु लोकराजका नाउंमा ज.वि. ६०–१०–६ र मेरा नाउमा १०–१३–६ समेत गरी ज.वि.८५–११–१४ जग्गा मध्ये उखडा सर्पोट भई ज.वि. ४–८–१२ कट्टा गर्दा ज.वि. ८१–३–२ को २०२७ सालमा नापीमा ज.वि. ६९–१–२ मात्र ठहर्न आउंदा ज.वि. १२–२–० घटन गएको, वावु आमाको मृत्यु पछि हामी ६ जना दाजुभाईले बराबरका हिसावले लिनेदिने गरी कि.नं. नछुट्याई म नारायणप्रसादको माध्यमवाट भोगचलन गर्दै आएको, दाजु संभुप्रसादका हिस्सा को जग्गा निजका छोराहरुमा हक सर्न आई मेरा छोराहरुलाई वकसपत्र पारित गरी दिएका भाइहरुको अंशको आधी जग्गा मुक्तिधामको शिलान्यासका लागि २०४२।१।१० गते म भाई वामदेवको अधिकृत वारेस भई ज.वि. ०–९–७ जग्गा पारीत गरी दिई मुक्तिधामको शिलान्यास भएको, सो उद्घाटन पछि शक्तिमाता लिलादेवीबाट सो मुक्तिधामका लागि दैवीय शक्तिको आज्ञानुसार कम्तिमा ज.वि. १०–०–० चाहिने, सो जग्गा पछि फिर्ता हुने र त्यसको भोगचलन तिमीले नै गर्ने खाने र दैवीय श्रेस्तामा देखाउनु पर्ने भनी शक्तिमाताबाट आज्ञा हुंदा धर्मकार्यमा धोखा नहोला भन्ने संझी २०४२।६।२७ गते ज.वि. १०–१–१८.१र२ पुनः राजिनामा गरी दिएको, २०४३ सालको खेतीपातीको अवस्था मिलाउंदै थिए त्यत्तिकैमा जग्गा छुट्याई आ–आफ्नो भागमा पर्ने जग्गाहरु आ–