निर्णय नं. ७२२७ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२२७ - लेनदेन भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/१२/१२ ३६२२ निर्णय नं. ७२२७ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५४ सालको दे.पु.नं. .. ४७०० फैसला मितिः २०५९।१२।१२।४ मुद्दा :– लेनदेन । पुनरावेदक प्रतिवादीः सिदेनीसा को श्रीमती जिल्ला पर्सा विरगंज न.पा.वडा नं. १० गहवा वस्ने वर्ष ५१ की सावित्री देवी कनुइनको वारेस भै आफनो हकमा समेत ऐ.ऐ.वस्ने वर्ष ५२ को सिदेनीसा कानू विरुद्ध प्रत्यर्थी वादीः मुन्नी भन्ने भुटेलीको छोरा ऐ.वडा नं. १५ मुडली वस्ने अं.वर्ष ३३ को प्रभुसाह कानू § पेश भएको विवादको भरपाइको अन्तिम हरफमा रहेको मितिको २०४२।५ पछि रहेको गतेको २ पछिको ७ अंक मा मसी दोहरिएको र सचिएको अवस्था देखिनुका साथै उक्त भरपाइमा उल्लेख भएको सावित्री देवीको उमेरमा लेखिएको ७ को अंक र मिति पुछारको ७ को अंकको आकृति, बनोट र लेखन शैलीमा भिन्नता देखिएको स्थिति पनि रहेको देखिदा विवादको भरपाइ लिखत जांच गर्ने रेखा तथा लेखा विशेषज्ञवाट लिखत जांच गरी ०५८।६।११ गतेको २७ अंक मध्ये ७ अंक पहिले निलो मसी द्वारा लेखिएको ‘०‘ (शुन्य) को अंक माथिवाट कालो मसीको कलमद्वारा दोहोरो कलम चलाई ७ अंक लेखिएको भन्ने राय दिएको र प्रमाण ऐन, २०३१ वमोजिम सोको परीक्षण समेत भएको अवस्थामा भरपाइलाई सद्दे साँचो भन्न मिल्ने स्थिति नदेखिदा पुनरावेदन अदालतको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था देखिन नआउने । (प्र.नं. १९) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री उत्तमप्रसाद पन्त र जिवनाथ धिताल प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शंभु थापा अवलम्वित नजिर फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।३।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत प्रतिवादीको तर्फवाट पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको तथ्य् व्यहोरा एवं ठहर यसप्रकार छ :– २. घरखर्च गर्न र वन्दव्यापार गर्न भनी मसंग रु. २,५०,०००। अक्षरेपी दुई लाख पचास हजार रुपैया कर्जा लिई सो रुपैयाको सैकडा १० का दरले व्याज लगाई सांवा व्याज समेत ०४३ साल श्रावण महिना भित्रमा वुझाउने छु भनी भाखा गरी ०४२।५।२१।६ का दिन कपाली लेखी सहिछाप गरी बिपक्षी सावित्री देवीले ऋणीको सगोलको पति बिपक्षी सिदेनी साह कानू साक्षी वसी सहिछाप गरी दिनु भएकोमा बिपक्षीहरुसंग सांवा व्याज दिनुस भनी पटक पटक मांग गर्दा आज भोली भनी आलटाल गरी भाखा समेत नघाई सांवा व्याज पचाउने वदनियत चिताउनु भएको हुंदा सांवा रु. २,५०,०००। को लेखत मिति देखि आजसम्म ७।११।१६ दिनको व्याज रु. १,९९,०२७। ६७ समेत सांवा व्याज रु. ४,४९,०२७।६७ र विगो भरिभराउ हुने दिनसम्मको व्याज समेत दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावी अनुसार वादीलाई सांवा व्याज तिर्नु वुझाउनु पर्ने होइन छैन । वादी दावी अनुसारको लेखत गरी दिएको थिएँ । वादी दावी वमोजिमको सांवा रु. २,५०,०००। को भाखा पुग्दै वादीको एकासगोलको पिता मुन्नि भन्ने भुटेली साह कानूलाई घरसारमा ०४२।५।२७ मा वुझाई दिई भरपाइको कागज लेखाई सो भरपाइको कागजमा वादीको एकासगोलको छोरा प्रभु साह कानुलाई पनि साक्षी राखी वादीको पिताले भरपाइ मलाई दिनु भएको छ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र । ४. प्रतिवादीले पेश गरेको भरपाइ कागज ०४२ साल भाद« २० गते रोज ५ मा भएको भरपाइ कागज हो । यो भर