निर्णय नं. ८५५२ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५५२ - कर्तव्यज्यान । भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/१२/२४ ४०२५ निर्णय नं. ८५५२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय फौ.पू.इ.नं. ०६७–CF–००१५ फैसला मितिः २०६७।१२।२४।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः श्यामप्रसाद भट्टको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ. घर भई कारागार शाखा पर्सा वीरगञ्जमा थुनामा रहेको मुसाई भन्ने विवेक लामा शुरु फैसला गर्नेः मा.जि.न्या. गोपाल भट्टराई पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री गोविन्दप्रसाद पराजुली मा.न्या.श्री पोषनाथ शर्मा § अ.वं. १८८ नं. बमोजिम राय लगाई घटी सजाय गरेउपर वादी प्रतिवादी कसैलाई पुनरावेदन गर्ने अधिकार नहुने । § अ.वं. १८८ नं. बमोजिम भएको सजाय बढी भएको भनी प्रतिवादीहरूले अथवा सो घटी सजाय गर्ने रायविपरीत बढी सजाय हुनुपर्ने भनी वादीले पुनरावेदन गर्न पाउने हुँदैन । अ.वं. १८८ नं. को प्रयोगको विषय न्यायिक विवेकको विषय भएकाले त्यसलाई मुद्दाका कुनै पनि पक्षले चुनौती दिन वा सोसम्बन्धी विषयलाई अधिकारको रुपमा दावी गर्न नसक्ने । § न्यायिक विवेक प्रयोग गर्न पाउने गरी कानूनले अनुमति प्रदान गरेको अवस्थामा त्यसरी प्रयोग गरिने विवेकमाथि अङ्कुश लगाउने गरी मुद्दाका पक्षले नै चुनौती दिने हो भने त्यस्तो अधिकार निरर्थक हुन जान्छ । कसूरदार देखिँदादेखिँदै पनि विभिन्न परिस्थितिहरूको आकलन र विश्लेषणबाट कम सजाय हुनुपर्ने महसूस गरिएको अवस्थामा मात्र त्यस्तो स्वविवेकीय अधिकारको प्रयोग गरिन्छ । त्यसरी विवेक प्रयोग गर्दा समेत त्यसको स्पष्ट आधार र कारण खुलाउनु पर्ने व्यवस्था आफैंमा स्वविवेकीय अधिकारको स्वेच्छाचारी प्रयोग हुन नहुने मान्यताको उपज भएकाले त्यसमा पुनः पक्षहरूद्वारा आपत्ति जनाउने वा यस्तो हुनुपर्ने भनी आग्रह गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक/वादी तर्फबाटःविद्वान उपन्यायाधिवक्ता श्री शंकर राई प्रत्यर्थी/प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अ.वं.१८८ नं. § ऐ. ज्यान सम्बन्धी महलको १३(३) नं. § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) फैसला न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौंडाको २०६५।१।१७ को फैसलाउपर वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन परी संयुक्त इजलासको मिति २०६७।६।११ को आदेशअनुसार पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर देहायबमोजिम रहेको छः– मिति २०६२।२।१४ गते साँझ १८.०० बजेको समयमा गा.वि.स.पिपरा सिमरा वार्ड नं. ६ स्थित चिनी मिलको खाली जग्गामा वार्ड नं. ६ र ७ बीच फुटवल खेल्ने क्रममा सामान्य विवाद भै वार्ड नं. ७ को चौधरी टिमले मदनप्रसाद भटृलाई कुटपीट गरेकोमा निज घाइते भई सिमराको सञ्जिवनी हेल्थ केयर सेन्टरमा ल्याउँदा ल्याउँदै मृत्यु भएको मौखिक जाहेरी, सो हेल्थ केयर सेन्टरभित्र इमर्जेन्सी वार्डको खाटमाथि उत्तानो अवस्थामा रहेको लाश, गाला र आँखा बीच नीलडाम, अण्डकोषको दायाँपटिृको भाग सुन्निएको, मलद्वार सुखा भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । जिल्ला वारा गा.वि.स. पिपरा सिमरा वडा नं. ६ स्थित पूर्वमा बाउने खोला, पश्चिम एयरपोर्ट आउने बाटो, उत्तरमा घना जंगल, दक्षिणमा सुदर्शन राणाको फार्म, यति चार किल्लाभित्र रहेको खुल्ला चौरको दक्षिणतर्फको पोल नजि