निर्णय नं. ७२२९ - लिखत दर्ता वदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२२९ - लिखत दर्ता वदर दर्ता भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०४/०५ ३५८७ निर्णय नं. ७२२९ ने.का.प.२०६० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत् २०५६ सालको दे.पु.नं. .......५७३६ फैसला मितिः २०६०।४।५।२ मुद्दाः लिखत दर्ता वदर दर्ता । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ वस्ने भाइराजा शाक्य विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वस्ने लक्ष्मी चौधरी समेत § नावालकको नाउँमा दर्ता रहेको सम्पत्ति विक्रि हुँदा प्राप्त भएको रकम निजहरुको हक हितमा प्रयोग नभै सुरेश चौधरीले लगेको संरक्षकको तथाकथित भुमिका निर्वाह गर्ने चिनी देवीको प्रतिउत्तरवाट देखिइरहेकोले उक्त सम्पत्तिको व्यवहार नावालकको हकहितको वा निजहरुको शिक्षा दिक्षाको लागि गरिएको नदेखिने । § संरक्षक वा हिफाजतकर्ताले नावालकहरुको हित गर्नलाई होइन कि नावालकको अहित हुने कार्य भै रहेको देख्दा देख्दै सहमति जनाउने व्यवहार सदर नहुने लेनदेन व्यवहारको १८ नं. मा प्रष्टतया उल्लेख भएको देखिने । § उक्त ऐनको तल्लो वाक्यांशले त्यस्तो कार्य गर्ने संरक्षक वा हिफाजतकर्तालाइ थप जरिवानाको व्यवस्था गरेको देखिदा राजिनामा पास गरि दिने सुरोज, लक्ष्मी, सुलोचाना, सोना चौधरी समेत् जवान ४ नावालक भएको हुँदा मेरा सामुन्नेमा सहीछाप गरेको भन्ने हजुर आमा चिनीदेवी शाक्य भनी लेखिएकोले त्यस लेखाईमा संरक्षक वा हिफाजत गर्ने भन्ने लवज नपरेकोले संरक्षक वा हिफाजत गर्ने मानिसको रोहवरमा लिखत लेखि नावालकको सहीछाप भएको मान्न सक्ने अवस्था नरहेपनि लेनदेन व्यवहारको १८ नं. अनुसार लिखत वदर गर्न नमिल्ने भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसित सहमत हुन नसकिने । (प्र.नं. १६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री धु्रवलाल श्रेष्ठ र वावुराम कूंवर अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. का.जि. स्वयम्भु डल्लु गा.वि.स.वडा नं. ९(ख) कि.नं. ५६१ क्षे.फ. ०.३.० जग्गा मैले मिति २०४५।२।४ को र.नं. ६९१७(क) को राजिनामावाट रु. ३७,५००। मा प्राप्त गरेको उक्त जग्गा मेरो नाममा आएपछि का.न.पा.वाट मिति ०४६।२।१७ मा नक्सापास गराई घर वनाई वसी आएका थियौं । मेरा पति सुरेश चौधरीसंग केहि मनमुटाव हुन गएकोले मिति ०४८।२।२२ मा उक्त जग्गा मात्र मेरो छोरा छोरीहरुलाई घर व्यवहार मिलाउनको लागि र.नं. ७५४(क) वाट हक हस्तान्तरण गरेको थिएं । उक्त हक हस्तान्तरण भएको केहि दिन पछि मिति ०४८।५।२ मा र.नं. १११६(क) को राजिनामावाट विपक्षी भाइराजा शाक्यले रु.२४,०००। मोल राखी उक्त जग्गा लिनु भएको रहेछ । विपक्षी मेरो आमा चिनीदेवी शाक्य संरक्षकमा वसी सहीछाप गर्नु भएको रहेछ । सो कुरा २०४९।१०।४ मा मेरा मानिस मार्फत नक्कल सारी हेर्दा थाहा भयो । विपक्षी भाइराजाले राजिनामा गरी लिंदा संरक्षकमा म वा मेरा पतिलाई राख्नु पर्नेमा मलाई थाहा पत्तो समेत् नदिई मेरो नावालक छोराछोरीहरुको धन विगार्ने नियतले वेइमानी गरि गरिएको लिखत लेनदेन व्यवहारको १८ नं.को विपरीत छ । मेरो नावालक छोरा तथा छोरीहरुको पिता तथा माता हुँदाहुँदै निजहरुले घरखर्चको लागि