निर्णय नं. ७२३० - उत्प्रेषणयुक्त परमादेश एवँ अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२३० - उत्प्रेषणयुक्त परमादेश एवँ अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/१२/११ २७९९ निर्णय नं. ७२३० ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत २०५६ सालको रि.नं. ३८१८ आदेश मितिः २०५९।१२।११।३ विषयः– उत्प्रेषणयुक्त परमादेश एवँ अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ। निवेदकः जिल्ला रौतहट गरुडा वैरिया गा. वि. स. वडा नं ५ घर भै हाल सागरनाथ वन विकास परियोजना सर्लाहीमा सहायक वन अधिकृत पदमा कार्यरत जयलाल शाह विरुद्ध विपक्षीः श्री संचालक समिति, वन पैदावार विकास समिति, काठमाडौं समेत § संचालक समिति पुनरावेदकीय क्षेत्राधिकार प्रयोग गरी वढुवा सम्वन्धी विषयमा निर्णय गर्न पाउने निकायको रुपमा देखिएकोले विवादित वढुवालाई सदर, वदर वा रद्द गर्न सक्ने अधिकार निहित भएको मान्नु पर्ने हुंदा संचालक समितिको निर्णय अधिकारक्षेत्रविहिन भएको मान्न सकिने स्थिति नदेखिने । § वढुवाका लागि २ उम्मेदवार मात्र रहेकोमा दुवैको कार्र्य सम्पादन मूल्याङ्कन फाराममा त्रुटी भएको स्पष्ट देखिएको अवस्थामा त्यस्तो त्रुटीपूर्ण कार्र्य सम्पादन मूल्याङ्कनका आधारमा वढुवाको सिफारिश गर्न र सो उपर उजुरी सुनी सदर वा सशोधन गर्ने स्थिति नरहने । § त्रुटीपूर्ण वढुवा सम्वन्धी कारवाहीलाई मान्यता प्रदान गर्नु भन्दा सम्पूर्ण पदपूर्ति नै रद्द गर्ने गरेको संचालक समितिको ०५६।९।२९ को निर्णयलाई अन्यथा भन्न नमिल्ने हुंदा वन पैदावार विकास समितिको संचालक समितिले वढुवा सिफारिश उपर उजुरी लिई छानविन समेत गरी पदपूर्ति सम्वन्धी सम्पूर्ण काम कारवाही रद्द गर्ने गरेको निर्णय साधिकारयुक्त र कानूनसम्मत देखिने । (प्र.नं. १३ र १४) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्धय श्री ध्रुवनाथ पन्त र श्री उद्धव चौलागाई विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री वद्रीप्रसाद शर्मा अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान २०४७को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र यस अदालतको आदेश यसप्रकार छ । २. म निवेदक २०४८।४।९ देखि वन पैदावार विकास समिति अन्तर्गत सागरनाथ वन विकास परियोजना सर्लाहीको सहायक वन अधिकृत (अधिकृत तृतिय श्रेणी) पदमा कार्र्यरत रही आफ्नो योग्यता र क्षमताले भ्याए सम्म इमान्दारीपुर्वक सेवा गर्दै आइरहेको छु । यसै वीचमा मिति २०५४।१२।१ गते वन पैदावार विकास समितिले म कार्र्यरत रहेकै सागरनाथ वन विकास परियोजना अन्तर्गत रिक्त रहेको उप–परियोजना प्रमुख (उप सचिव सरहको) पदमा वढुवाद्वारा पूर्ति गर्ने भनी १।०५४–५५ को विज्ञापन प्रकाशित गरेकोले विज्ञापित पदमा वढुवा हुनको लागि सभाव्य उम्मेदवारको लागि चाहिने मेरो योग्यता एवं आधारहरु पुगिसकेको हुनाले मैले उक्त पदमा आवेदन पेश गरेको थिए । उक्त पदमा पदपूर्ति समितिले मैले ७७.८६८अंक प्राप्त गरेको भन्ने आधारमा मलाई वढुवाको सिफारिश गर्ने गरी ०५६। ५।३१मा निर्णय गरी ०५६।७।१२ को गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । उक्त निर्णय उपर विपक्षी विनोद कृष्ण मानन्धरले उक्त वढुवा निजले प्राप्त गर्नुपर्ने भनी विपक्षी संचालक समिति समक्ष उजुरी गरेकोमा उक्त समितिवाट वढुवा सम्वन्धी सम्पूर्ण काम कारवाही रद्द गर्ने भनी उक्त संचालक समितिवाट २०५६।९।२९मा निर्णय भएको भन्ने जानकारी ०५६।१०।९ को ग