निर्णय नं. ७२३१ - गर्भपतन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२३१ - गर्भपतन भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०४/३० ३१२६ निर्णय नं. ७२३१ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत २०५७ सालको स.फौ.पु.नं. २२३८ सम्वत २०५९ सालको साधक नं. ३१८ फैसला मितिः २०६०।४।३०।६ मुद्दाः – गर्भपतन । पुनरावेदिका प्रतिवादीः जिल्ला इलाम महमाई गा.वि.स. वडा नं. २ घर भै हाल कारागार शाखा, इलाममा कैदमा रहेकी फुलमाया मगर प्रत्यर्थी वादीः प्र.ना.नि. गोपाल गिरी समेतको जाहेरीले श्री ५ को सरकार वादी प्र.ना.नि. गोपाल गिरी समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः जिल्ला इलाम महमाई गा.वि.स. वडा नं. २ घर भै हाल कारागार शाखा,इलाममा कैदमा रहेकी फुलमाया मगर § प्रतिवादी फुलमायाले आफ्नो विवाहित लोग्ने संग नवसी माइती घरमा वसि आएको अवस्थामा परपुरुष देउकुमार थापामगर संगको करणीले अवैध गर्भ वोकी जिउदो छोरी जातक जन्माई सामाजिक भय र लाजको कारणवाट मारी जुवाले खोलामा फ्याकी छोडेको देखिन आउँदा अभियोग दावी वमोजिम निजलाई ज्यान सम्वन्धी महलको १३(३) नं वमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने । § विवाहित स्त्री कतिपय कारणवश माइतीमा वस्नु पर्ने अवस्था पर्ने र २४ वर्षकी यौवनावस्थामा माइती गाउँकै देउकुमार थापाले विवाह गर्छु भनि ललाई फकाई करणी लिनुदिनु गरेको र गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्नु पर्छ भनि भागी वेपत्ता भएको देखिंदा सामाजिक अनुशासन, लोकलाजवाट वच्न अवैध सम्पर्कको कारणवाट जन्मेको कारण नवजात शिशुलाई मारेको देखिदा ग्रामिण अवला स्त्रीले ती लोक लाजका अपगालवाट वच्न जन्मेको शिशुलाई जन्मेकै स्थान जुवाले खोलामा मारी छाडी हिडेको देखिन आउँदा ठहर भएको कसूर अनुसारको सजाय गर्दा चर्को पर्ने हुँदा प्रतिवादी फुलमाया मगरलाई अ.व. १८८ नं. वमोजिम कैद वर्ष ४।१०।१० (चार वर्ष दश महिना दश दिन) मात्र हुने । (प्र.नं. २१ र २२) पुनरावेदिका प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री अग्नी खरेल, श्री मीरा ढुंगाना, श्री लिलामणि पौडेल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.कृष्णकुमार वर्माः पुनरावेदन अदालत इलामको ०५७।२।९ को जाहेरी फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) वमोजिम पेश भएको साधक तथा ऐ ऐनको दफा ९(१) वमोजिम प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ:– २. ०५५।६।१४ गते साँझ १८.०० वजेको समयमा फुलमाया मगरले जुवाले खोल्सीमा अवैध रुपमा नवजात शिशु छोरी वच्चा जन्माई मृतक अवस्थामा फालेकोले निज फुलमायालाई पक्राउ गरी दाखेल गरेका छौं । अवैध रुपले फुलमायासंग यौन सम्पर्क गर्ने व्यक्तीको को हुन फुलमायावाटै खुलाई कानून वमोजिम कारवाही गरी पाउँ भन्ने समेत जाहेरी प्रतिवेदन । ३. जुवाले खोल्सीको वीच भागमा मृतकको लाश भएको मृतकको केश पुरा पलाई कालो भएको टाउकोको दाहिने भागमा केही छाला पिल्सिएको मृतकको मुखवाट कालो रगत वगी जमिनमा जमेको वार्याँ कान मुनी गर्धनमा चोट देखिएको मृतक नाङ्गगो अवस्थामा भएको मृतक छोरी जातीको पछाडि पट्टि ढाडमा छाला पिल्सिएको शरिरको वायाँ भाग ढुंगाले किचेको मौकाको घटनास्थल सहितको लाश प्रकृति मुचुल्का । ४. फुलमायाले जुवाले खोल्सीमा दिसा गर्न भनी जाँदा वच्चा जन्मिएको र सोही ठाउँमा फालिराखेको छु भनी भनेको र सो ठाउँमा गै हेर्दा मृतक वच्चा