निर्णय नं. ७२३३ - चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२३३ - चोरी भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०५९/१२/२१ ५०६७ निर्णय नं. ७२३३ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत् २०५६ सालको फौ.पु.नं. ..२००७ फैसला मितिः २०५९।१२।२१।६ मुद्धा: चोरी । पुनरावेदक प्रतिवादीः जिल्ला उदयपुर गा.वि.स. रिस्कु वडा नं. ड वस्ने सिंहवहादुर तमाङ विरुद्द प्रत्यर्थी वादीः बमवहादुर तमाङको जाहेरीले श्री ५ को सरकार § चोरी भएको भनिएको जाहेरी दरखास्तमा उल्लेखित गरगहना र ३८ समेतका मालवस्तु यी प्रतिवादीबाट वरामद भएको नदेखिंदा प्रतिवादी वा ६ वरामद भएको भनिएको नगद र सुनको तिलहरी चोरी भएको दशी भन्ने प्रमाणित हुन नसकेको अवस्थामा यी प्रतिवादीले चोरीको सामान बांडी लिएको कुरा स्वतन्त्र प्रमाण वा पुष्टी हुन नसक्ने । § चोरी भएको नगद तथा सामान बांडी खाएको भन्ने अपराध कायम गर्न बांडी खाएको भनिएको सामान कसले चोरी गरेको भन्ने कुरा स्थापित भएको हुनु पर्नेमा प्रस्तुत मुद्धामा जाहेरवालाको धनमाल कसले चोरी गरेको भन्ने कुरा नै स्थापित हुन नसकेको अवस्थामा चोरी ल्याएको माल यी पुनरावेदकले बांडी खाएको भन्ने कसूर कायम गर्न मिल्ने अवस्था नहुने । (प्र.नं. १६ र १७) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का प्रत्यर्थी वादी तर्फबाट: विद्वान उप न्यायाधिवक्ता श्री शरद खड्का अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५४।५।५ को फैसला उपर प्रतिवादीले मुद्धा दोहर्‍याई पाउं भन्ने निवेदन यस अदालतमा दिई यस अदालतबाट मुद्धा दोहर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्धाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मेरो घर निर्माण कार्यमा सहयोग गर्दै आएका सिंहवहादुर तामाङले मेरो घर निर्माण गर्न लागेको अवस्थामा वौद्धस्थित डेराको कोठाबाट सु६केशमा राखेको रु.९,०००००। नगद, रु.५१,०००। पर्ने सुनको नेकलेस, रु.२५,५००। पर्ने सुनको नेकलेस, रु.१७,०००। पर्ने कानको रिङ दुईवटा, रु.१७,०००। पर्ने पुतली औठी, रु.५१,०००। पर्ने सुनको वाला, रु.८,५००। पर्ने सुनको लकेट, रु.१०,०००। पर्ने हिरा जडित सुनको औंठी, रु.८,५००। पर्ने वच्चाको सुनकेो रिङ, र रु.१५,०००। पर्ने सिको घडी थान ५ समेत जम्मा विगो रु.११,०३५००। निज सिंहवहादुर तामाङ र निजको साथी निमा डण्डी टेककवहादुर दाहाल समेत भै मिति २०५२।१।१८ गते दिउसो चोरी गरेकोले आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. मिति २०५२।६।२३ मा सिंहवहादुर तामाङलाई पक्राउ गरी खानतलासी गर्दा रु.१०,०००। नगद र ४ आनाको सुनको तिलहरी फेला परेको भन्ने समेतको वरामदी मुचुल्का । ४. म जाहेरवालाको घरमा घर वनाउने कार्यमा सहयोग दिने र निजकै घरमा खाना खाने गरेको र निजको घरको राखन धरन समेत थाहा भएकोले चिनजानको साथी निमा डेण्डी र टेकवहादुर दाहाललाई मिति २०५२।१।१८ मा जाहेरवाला घरमा नभएको मौका पारी चोरी गर्न लगाई निजहरुले चारी गरेको धनमालबाट मलाई रु.१,४०,०००। निमाले दिएकोमा रु.२२,०००। रत्न पोखरेललाई,रु.३०,०००। खगेन्द्र पोखरेललाई र रु.३०,०००। खगेन्द्रकुमार राइलाई दिएको हुं । रु.१०,०००। र सोही चोरीको पैसाबाट खरिद गरेको ४ आनाको सुनको तिलहरी मबाट वरामद भएको छ। वांकी रकम घरखर्च गरी सकियो भन्ने समेतको प्रतिवादी सिंहवहादुर तामाङले प्रहरीमा गरेको वयान। ५. संकलित सवुद प्रमाणहरुबाट प्रतिवादी सिंहवहा