निर्णय नं. ७२३४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२३४ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०५/१२ ३६२२ निर्णय नं. ७२३४ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्बत् २०५८ सालको फौ.पु.नं.२८२४ सम्बत् २०५८ फौ.सा.नं.३६३ फैसला मितिः २०६०।५।१२।६ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला झापा खुदुनावारी वडा नं.६ घर घै हाल कारागार शाखा झापामा थुनामा रहेकी नामगेल छुमु परियार बिरुद्ध प्रत्यर्थी वादीः काजीमान बर्देवाको जाहेरीले वादी श्री ५ को सरकार वादीः काजीमान बर्देवाको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध प्रतिवादीः जिल्ला झापा खुदुना वारी वडा नं.६ घर भै हाल कारागार शाखा झापामा थुनामा रहेकी नामगेल छुमु परियार § Post Mortem Report, लाश जाँच मुचुल्का र किटानी जाहेरी दरखास्त, नावालक साजन पांचकोटी र सरीता दर्जीको बकपत्र समेतबाट प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई श्रृंखलाबद्ध रुपमा पुष्टी गरी रहेको देखिंदा घटनाको चस्मदित गवाह नभएकोले सजाय पाउन पर्ने होइन भनी लिएको पुनरावेदन जिकिर न्यायसंगत नदेखिने । (प्र.नं. २५) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत, इलामको मिति २०५७।११।१९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :– २. मिति २०५६।४।३१ गतेका दिन म लगायत घरमा कोही नभएको मौका पारी वर्ष ६ को छोरा राजेश वर्देवालाई कर्तव्य गरी मारी कोलाधारीमा फालेको अबस्थामा फेला परेकोले मानिस पत्ता लगाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत जाहेरी दरखास्त । ३. मृतक राजेश वर्देवाको अनुहार सुनिएको घांटीमा चोट पटक देखिएको भन्ने लाश जांच मुचुल्का। ४. १५/१६ दिन अगाडि मेरी श्रीमती मुना वर्देवा र छुमा भन्ने नामगेल छुमु बीच झगडा पर्दा नामगेल छुमुले पछि देख्लास भनि दागा धरेको हुँदा छोरा राजेश वर्देवालाई कर्तव्य गरी मारी कोलाघारीमा फालेको शंका लाग्छ, कारवाही गरी पाउँ भन्ने २०५६।५।९ को जाहेरी दरखास्त । ५. जाहेरवालाको श्रीमती मुना वर्देवा र नामगेल छुमु बीच झगडा भएकोले सोही इवि लिई जाहेरवालाको छोरा राजेश वर्देवालाई कर्तव्य गरी मारेको बुझिन आएकाले पक्राउ गरी दाखेला गरेको छु भन्ने समेत प्रहरीको प्रतिवेदन । ६. जाहेरवालाको श्रीमतीले मलाई रुपैया चोरी गरेको आरोप लगाई भोटेनी, रण्डी भनी गाली गरेकीले रिस उठी जाहेरवालाको छोरालाई २०५६।४।३१ गते मेरो घर भित्र बोलाई घांटी थिची कर्तव्य गरी मारी प्लाष्टिकको वल (आरीमा) मृतकलाई हाली कपडाले छोपी कोलाघारीमा लगी फालेको हुँ भन्ने समेत प्रतिवादी नागेल छुमुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज । ७. २०५६।४।३१ गते सोतर काट्न जाँदा कोलाघारीमा जाहेरवालाको छोरा राजेश वर्देवाको लाश देखि हो हल्ला गरेको हुँ । जाहेरवालाको श्रीमती र नामगेलका बीच झगडा भएकोले निज नामगेल छुमुले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत गजेन्द्रनाथ पौडेलले प्रहरीमा गरेको कागज। ८. जाहेरवालाको श्रीमती र नामगेलको बिच झगडा भएकोले सोही कुराको रिसइवि लिई प्रतिवादीले जाहेरवालाको छोरालाई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत यामवहादुर रानामगरले प्रहरीमा गरेको कागज । ९. २०५६।४।३१ गते दिनको ५ बजे जाहेरवालाको छोरा राजेश वर्दे