निर्णय नं. ७२३७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२३७ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०५/२४ ३३३८ निर्णय नं. ७२३७ ने.का.प.२०६० अङ्क ५.६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत २०५९ सालको रिट नं. ३२१५ आदेश मितिः २०६०।५।२४।४ विषय :– उत्प्रेषण समेत । निवेदकः का.जि.का.म.न.पा. वडा नं. १३ वाफल स्थित नेपाल रिक्रिएशन सेन्टर प्रा.लि.द्वारा संचालित का.जि.का.म.न.पा. वडा नं. १ स्थित दरबार मार्ग स्थित क्यासिनो अन्नाका अख्तियार प्राप्त महाप्रबन्धक महेन्द्र राजकर्णिकार विरुद्ध प्रत्यर्थीः क्यासिनो अन्नाको सेवाबाट हटाइएका का.जि.का.म.न.पा. वडा नं. ३३ ज्ञानेश्वर बस्ने उत्तमप्रसाद सिलवाल समेत § श्रम ऐन, २०४८ को दफा ५३(१) ले व्यवस्था गरे वमोजिम खराव आचरण गरेको भनेको मितिले दुई महिना भित्र नैं स्पष्टिकरण माग गरिएको र सोही ऐनको दफा ५३(२) ले व्यवस्था गरे वमोजिम स्पष्टिकरण माग गरेको मितिले दुई महिना भित्र नै सजाय गरिएको देखिंदा निवेदकले कानूनको हदम्याद नघाई विपक्षीवाट स्पष्टीकरण माग गरी सजाय गरेको भनी भन्न नमिल्ने । § निवेदकले ऐनको म्याद भित्र नै प्रत्यर्थीसंग स्पष्टीकरण माग गरी सजाय गरेको देखिंदा निवेदक क्यासिनो अन्ना होटल डेला अन्नपूर्णले प्रत्यर्थीलाई कानूनको हदम्याद नघाइ कारवाही गरी सेवावाट हटाउने निर्णय गरेको नमिलेको भन्दै प्रत्यर्थीलाई पुर्नवहाली गर्ने ठहराएको श्रम अदालतको मिति २०५९।९।११।५ को फैसला कानूनको व्यवस्था विपरीत हुंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १३ र १४) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षीलाई यस क्यासिनोमा सवारी शाखामा ड्युटीमा राखिएको र विपक्षीले त्यहाँ रही गर्नुपर्ने काम मध्ये क्यासिनोले आफ्नो कामदार कर्मचारी ल्याउन पुर्याउन विभिन्न सवारी साधन राखेको र ति सवारी साधनलाई चाहिने पेट्रोल डिजेल चोरी नहोस र जति तेल हालिन्छ त्यतिको मात्र भूक्तानी होस भनि हेर्ने नियन्त्रण गर्ने काममा विपक्षीलाई लगाइएको । यसप्रकार क्यासिनोले ठूलो विश्वास गरी विपक्षीलाई जिम्मेवारी सुम्पेकोमा विपक्षी समेतले चोरी गरेको छन् भन्ने हल्ला सुनिएपछि ५ अगष्ट २००० देखि २४ सेप्टेम्बर २००१ सम्म निरन्तर रुपमा निजले पेश गरेको ५०० थान विल र सोही विलकै मितिमा माथि उल्लेख गरिए मुताबिक सोही सवारी शाखामा रेकर्ड गरिएको तेल हालेको परिमाण मिसाउँदा हालिएको तेल भन्दा विपक्षीले पेश गरेको र भुक्तानी लगेको परिमाण फरक र बढी पाइएको, कुनै बेलामा जुन गाडीमा तेल हालेको भनिएको हो सो गाडी बिग्रेर कारखानामा थन्की रहेको र तेल नै नहालेको इत्यादि पाइयो र यसप्रकार २४ सेप्टेम्बर २००१ सम्ममा विपक्षीले पेट्रोल र डिजेल गरी रु. २,३१,९९९।६० बढीको विल गरी चोरी गरेको प्रारम्भिक छानविनबाट प्रमाणित भयो । यसरी निजले २४ सेप्टेम्बर २००१ सम्म निरन्तर रुपमा गर्दै आएको चोरीको विषयमा किन सेवाबाट नहटाउने भनि श्रम ऐन, २०४८ को दफा ५१(ग) को खराब आचरणमा दफा ५२(४) अनुसार सजाय प्रस्ताव गरी दफा ५३(१) अनुसार ७ दिनको म्याद दिई मिति २० नोभेम्बर २००१ मा स्पष्टीकरण सोधिएको हो । सो स्पष्टीकरणमा विपक्षीले यसरी वास्तविक तेल हालेको परिमाण र आफूल