निर्णय नं. ८५५३ - आगो लगाई कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५५३ - आगो लगाई कर्तव्य ज्यान भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/०८/०९ ४६९८ निर्णय नं. ८५५३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री रणबहादुर बम सम्वत् २०६७ सालको २०६७–CF–०००९ फैसला मितिः २०६७।८।९।५ मुद्दाः आगो लगाई कर्तव्य ज्यान । पुनरावेदक वादीः नर्मदा लामा समेतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला नवलपरासी, सुनवल गा.वि.स.वडा नं १ बस्ने दलबहादुर चोख्याल शुरु फैसला गर्नेः मा.जि.न्या. श्री रामेश्वरनाथ अमात्य पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री पुरुषोतम पराजुली मा.न्या.श्री केशरमान पती सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री अवधेशकुमार यादव § लामो समयान्तरपछिको अभिव्यक्ति पुनः व्यक्त गर्दा सामान्य विविधता हुँदैमा निजको वास्तविक उल्लेखन विरोधाभाषपूर्ण रहेको भनी तर्क गरी अपभ्रंस व्याख्यान गर्नु न्यायोचित नहुने । § आमाको पक्षमा लागी बाबुलाई सजाय गराउनु पर्दछ भन्ने कलुषित भावनाको प्रार्दुभाव भै कुनै एक पक्षप्रति दुराषययुक्त भावना राखी वास्तविक तथ्य अपभ्रंस पारी उजागर गर्नुपर्ने कुनै कारण र आधार नदेखिएको स्थितिमा उसको बकपत्र वास्तविक खुल्ला किताव जस्तो हो जसलाई सत्यता र यथार्थताको ऐना झै स्पष्टदर्षी मान्नुपर्ने । (प्रकरण नं.३) § पहिला कुटपीट गरी त्यसपछि आमाको शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष लेखाई अदालतमा आई सो कुरा पुष्टि हुने गरी बकपत्र गरिदिएको कथन अन्यथा प्रभावित नभएसम्म काल्पनिक र मिथ्या भनी अनुमान गर्न मिल्ने नदेखिँदा प्रस्तुत वारदात भवितव्य हो भन्न नसकिने । § अत्यन्त सहज र स्वभाविकरूपले बाबु आमाबीच वादविवाद भएको र बाबुले आमालाई मट्टितेल खन्याई आगो लगाएको कुरा आफूले खाटमुनि बसेर देखेको भनी अदालतमा आई बकपत्र गरेको र अदालतको बकपत्रमा प्रतिवादीको कानून व्यवसायीबाट भएको जीरहमा समेत आफूले देखेको कुरालाई सहज र सरल ढंगले प्रस्तुत गरेको देखिएको हुँदा प्रमाण ऐन, २०३१ को दफा ३८ अनुसार अदालतबाट सोधिएको प्रश्न बुझ्न सक्ने र युक्तियुक्त जवाफ दिन सक्ने व्यक्तिले अदालतसमक्ष व्यक्त गरेको सो कुरा पहिला मौकामा व्यक्त गरेको मूलभूत कुरासँग मेल खाएको देखिँदा उक्त बकपत्र अदालतले प्रमाणमा ग्रहण गर्न नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं.७) § कुनै पनि प्रकारको ज्यानसम्वन्धी अपराध सिद्ध गर्नु पूर्व रीसइवी, मनसाय नै स्पष्ट देखिनु पर्ने भन्ने अकाट्य मान्यता रहे पनि सदासर्वदा सोही मापदण्ड नै हरेक घटना वारदातमा अकाट्य मापदण्डभित्र पर्दछ भनी आश्वस्त र विश्वस्त भै सधै एउटै निष्कर्ष विन्दुमा पुग्नु कदाचित् सर्वमान्य नहुने । § घटनाको अवस्था तथा तत्काल विद्यामान परिस्थितिलाई पुनरमूल्याङ्कन गरी परिस्थितिजन्य प्रमाणको अस्तित्वलाई नकार्न उचित हुन आउँदैन । तसर्थ परिस्थितिजन्य प्रमाणको भूमिका तथा अस्तित्वलाई विश्लेषण र विवेचना गर्नु पनि त्यतिकै सान्दभिर्क देखिने । (प्रकरण नं.११) § होस नपुर्याई वा हेलचेक्रयाँईपूर्वक कुनै काम गरेको अवस्थामा वारदात घटित हुन गएको अवस्था न भै रक्सीको विषयमा विवाद उठी रक्सीको नसामा रहेका प्रतिवादीले कुटपीट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाई दिएको अवस्था देखिएको र सोही आगोबाट शरीरको विभिन्न भाग जली मृत्यु भएको भन्ने शंकारहित रुपमा पुष्ट्याँई भएको अवस्थामा ज्यानसम्बन्धी मह