निर्णय नं. ७२४० - उत्प्रेषण परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२४० - उत्प्रेषण परमादेश समेत भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/१८ ४०३९ निर्णय नं. ७२४० ने.का.प.२०६० अङ्क ७.८ विशेष इजलास माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री बलिराम कुमार संवत् २०५९ सालको रिट नं. ......११३ आदेश मितिः २०६०।८।१८।५ विषय :– उत्प्रेषण परमादेश समेत । निवेदकः कपिलवस्तु जिल्ला ठुलोनन्दनगर गा.वि.स.वडा नं. ५ घर भै हाल जिल्ला स्वास्थ्य कार्यालय, अर्घाखांची अन्तर्गत कार्यरत कविराज गौतम समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय, रामशाहपथ काठमाण्डौं समेत § नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२(२)(ङ) मा सबै नागरिकलाई कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता हुने प्रत्याभूति गरी सो संग सम्बन्धित प्रतिवन्धात्मक वाक्यांश खण्ड (५) मा कुनै उद्योग, व्यापार, पेशा वा रोजगार गर्नको लागि कुनै शर्त वा योग्यता तोक्ने गरी कानून बनाउन रोक लगाएको मानिने छैन भनि कुनै खास खास सेवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यता समेत तोक्न सक्ने अख्तियारी प्रदान गरेको देखिन्छ । सो अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को कानूनी व्यवस्थाको अधिनमा रही स्वास्थ्य सेवाको हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहमा बढुवाको लागि आवश्यक पर्ने भनि तोकिएको योग्यता आफैमा संविधानको धारा १२ (२)(ङ) संग वाझिएको मान्न मिल्ने अवस्था नदेखिने । § स्वास्थ्य सेवामा कार्यरत सबै कर्मचारीहरुका लागि समान रुपमा लागू हुने देखिएको अनुसूचिको व्यवस्थाबाट संविधानको धारा ११ द्वारा व्यवस्थित समानताको हक तथा धारा १७ द्वारा व्यवस्थित सम्पत्ति सम्बन्धी हकमा कानून विपरीत अनुचित बन्देज लगाएको मान्न मिल्ने समेत नदेखिंदा विवादित व्यवस्थाहरु संविधानको धारा ११, १२(२)(ङ) तथा १७ संग वाझिएको भन्ने निवेदन जिकिरसंग सहमत हुन नसकिेन । § नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ७ को क्रम संख्या २१ मा रहेको विवादित व्यवस्था निजामती सेवा ऐन, २०४९ को दफा ५८, निजामती सेवा नियमावली २०५० को नियम ७५ (क)(२), नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को नियम ७ अनुसूचि ३ को क्रम संख्या २२(ग) को प्रतिकूल रहेको भन्ने जिकिरका सम्बन्धमा कुनै ऐन अन्तरगत बनेको नियमको व्यवस्थासंग अर्को ऐन अन्तर्गत बनेको नियमको व्यवस्था वाझिएको छ छैन ? भन्ने सम्बन्धमा विवेचना गरी निर्णय गर्ने विषय संविधानको धारा ८८(१) को अधिकारक्षेत्र भित्र पर्ने नदेखिदा सो विषय यस इजलासबाट निरोपण हुन नसक्ने । § निवेदकहरु राजपत्र अनंकित प्रथम श्रेणीमा बढुवाको लागि उम्मेदवार हुन योग्यता पुगिसकेको देखिएको परिप्रेक्ष्यमा नेपाल स्वास्थ्य सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को अनुसूचि ३ अनुसार सि.अ.हे.व. पदको लागि योग्यता पुगिसकेको भन्ने निवेदन जिकिर समेत रहेको देखिदा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९० को खण्ड (क) को उपखण्ड (६) बमोजिम सहायक पांचौं तहमा तह मिलान भइसकेका निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ मा नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्शन समूहको सहायक पांचौ तहको पद भनि उल्लेख गरिएको सि.अ.हे.व. पदमा पद मिलान हुन नसक्ने भन्नु कानूनसम्मत देखिन आएन । तसर्थः निवेदकहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचि ३ मा नेपाल स्वास्थ