निर्णय नं. ७२४२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२४२ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०५/०४ २२८३ निर्णय नं.७२४२ ने.का.प.२०६० अङ्क ७.८ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राम नगिना सिंह सम्बत् २०६० सालको फौ.पू.ई.नं. ..१२ फैसला मितिः २०६०।५।४।५ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जि.बारा फेटा गा.वि.स. वडा नं. २ वस्ने गोपिचन साह कलवार विरुद्ध प्रत्यर्थी वादीः जलेश्वर राउत अहिरको जाहेरीले श्री ५ को सरकार § तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतवाट फैसला भएको, सो फैसला उपर तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(३) (ग) ले यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको र सोही ऐनको व्यवस्था समेत अनुरुप पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दामा ऐनको दफा १४(२) ले क्षेत्रीय अदालतले मृत्युदण्ड, सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने ठहराएको मुद्दामा सर्वोच्च अदालतमा साधक जाहेर गर्नुपर्ने व्यवस्था गरेको र सो दफा १४(३) ले साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेको रहेछ भने साधकको लगत कट्टा गरी पुनरावेदनको रोहवाट मुद्दा हेर्नु पर्छ भन्ने व्यवस्था गरेको देखिन्छ । साधक जाहेरी भै आएको अवस्थामा पनरावेदन परेमा पुनरावेदनवाट हेर्नु पर्ने भन्ने साविकको व्यवस्था कै प्रकृतिको व्यवस्था प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) ले गरेको पाइदा पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहवाट हेरी निर्णय गरि सकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निस्प्रभावी वनाउन नमिल्ने भनी प्रकाशित सिद्धान्त समेतवाट प्रस्तुत पुनरावेदन हेरी न्याय निरोपण गर्न वाधा पर्ने अवस्था देखिन नआउने । § प्रतिवादीको पुनरावेदनको रोहवाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएवाट यी पुनरावेदकका हकमा सम्म साधकको रोहवाट हेरी गरेको यस अदालतको मिति ०४९।२।७ को फैसला स्वतः वदर हुने । (प्र.नं. २४) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४६।१०।१० को फैसला उपर तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) (ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ : – २. मिति २०४२।३।३० गते बिहान छोरा अमलदेव खेतमा पानी लगाउन जांदा छोरा अमलदेवलाई जि.वारा फेटा गा.पं. वडा नं. २ बस्ने झापस कलवार, लखिचन साह समेतका मानिसले कुटपिट गरी अचेत अवस्थामा छाडेकोले निजलाई उपचार गर्न लैजादा वाटैमा मृत्यु भएकोले त्यसमा आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जलेश्वर राउत अहिरको जाहेरी दरखास्त । ३. लासको वायां तिघ्राको भित्री भागमा केही टाटो निलो डाम देखिएको, लासको मलद्वारवाट मल निस्कीएका, लिङ्गवाट विर्य निस्किएको, मृत्युको कारण स्वास रोकिई मृत्यु भएको भन्ने समेत व्यहोराको डाक्टरको राय समेत भएको लासजांच प्रकृती मुचुल्का । ४. जि.बारा फेटा गा.पं. वडा नं. २ वस्ने झापस शाह कलवार, ऐ.वस्ने लखिचन शाह कलवार ऐ.वस्ने गोपिचन शाह कलवार, ऐ.वस्ने सखिचन शाह कलवार ऐ.वस्ने श्याम कृष्ण शाह कलवार तथा मर्ने व्यक्ति बीच आपसमा भनाभन भै रहेको थियो । त्यसको केही छिनपछि गोपिचन र लखिचन समेतले मर्नेको मुख थुनी उल्लेखित सबै पाँचै जनाले बोकी लास लगेको देखी सोद्धा अस्पताल लगेको भनी भनेका थिए । सो अवस्थामा झापस साह