निर्णय नं. ७२४४ - जोत कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२४४ - जोत कायम भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०७/२७ २६३४ निर्णय नं.७२४४ ने.का.प.२०६० अङ्क ७.८ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत् २०५९ सालको पुनरावलोकन नं.२४ फैसला मितिः २०६०।७।२७।५ मुद्दा :– जोत कायम । निवेदक पुनरावेदकः काठमाडौं जि.का.म.न.पा.वडा नं. ३० भोटाहिटि बस्ने बिष्णुकुमारी श्रेष्ठ विरुद्ध बिपक्षी वादीः ऐ.फुटुङ्ग गा.वि.स. वडा नं. ७ वस्ने नावालक महेश्वर प्रधानको संरक्षक शान्ति प्रधान § निवेदीका विष्णु कुमारीले विवादीत कि.नं. १५३ को जग्गाको मोही हक मिति २०३७।१२।२७ मा इश्वरीवहादुर प्रधानलाई छोडपत्र गरी दिएकी र सो छोडपत्रको आधारमा महेश्वर प्रधानको संरक्षक शान्ति प्रधानले आफ्नो नाउमा मोही कायम गराई पाउं भनी कारवाई चलाएपछि मात्र मोहियानी हक छाड्न मञ्जुर छैन भनी जिकिर लिएको अवस्था देखिएकाले मोही पजनी मुद्दा र प्रस्तुत मुद्दामा रहेको तथ्यमा समानता देखिन नआउने । § प्रस्तुत मुद्दामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६क आकर्षित हुने नभै ऐ.ऐनको दफा २५(४)(क) को व्यवस्था नै आकर्षित हुने हुंदा पुनरावलोकनको निस्सा दिने आदेशमा उल्लेख गरिएको प्रतिपादित सिद्धान्त प्रतिकूल यस अदालत संयुक्त इजलासवाट फैसला भएको भन्न सकिने अवस्था नरहेकाले पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको यस अदालत संयुक्त इजलासको मिति २०५९।६।२ को आदेश संग सहमत हुन नसकिने । § न्याय प्रशासन ऐन, २०४८ को दफा १३ मा दफा ११ बमोजिम मुद्दा पुनरावलोकन गर्दा जुन आधारमा पुनरावलोकन गर्ने आदेश गरेको हो, सोही आधार र सम्बद्ध बिषयमा मात्र सीमित रही मुद्दा किनारा गर्नुपर्ने कानूनी व्यवस्था समेत देखिएकाले प्रस्तुत मुद्दामा निस्सा प्रदान गर्दा आधार लिइएको नजीर सान्दर्भिक नदेखिने । § पुनरावलोकनको निस्सा प्रदान गर्दा लिइएको आधार नै सान्दर्भिक नदेखिई पुनरावलोकनको निस्सा दिएको परिधि भीत्र प्रस्तुत मुद्दा परेको नदेखिएकोले उक्त ऐनको दफा १३ बमोजिम मुद्दाको औचित्य र विषयवस्तुमा प्रवेश गरी यस अदालतको संयुक्त इजलासको मिति ०५७।२।१८ को फैसला पुनरावलोकन गरी हेर्न नमिल्ने । (प्र.नं.२६ र २७) निवेदक पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री वालकृष्ण न्यौपोन, श्री अग्नि खरेल, श्री राम राउत र श्री राजन अधिकारी विपक्षी वादी तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासको मिति २०५७।२।१८ को फैसला पुनरावलोकन गरी पाउं भनी न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम निवेदन परी सोहि आधारमा निस्सा प्रदान भै आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर देहाय वमोजिम छ ::– २. फुटुङ्ग गा.वि.स. वडा नं. ६ कि.नं. १५३ क्षे.फ.१–११–३ जग्गाको जग्गाधनी काठमाडौं जिल्ला.मरुहिटि टोल बस्ने गोविन्द राजवाहकको मृत्यु भै सो जग्गाको हक खाने निजको छोरा ऋषभप्रसाद राजवाहक र जग्गाको जोताहा का.जि.ज्याबहाल बस्ने बिष्णुकुमारी श्रेष्ठ भएकोमा निज विष्णु कुमारीले जग्गाधनीको रोहवरमा मेरा पिता इश्वरीवहादुर प्रधानलाई जोताहा कायम गरी दिनु भनी २०३७ साल चैत्र २७ गते मोहियानी छोडपत्रको लिखत गरी दिएकोले लिखतको मिति देखि नै उक्त जग्गा पिता इश्वरीवहादुर प्रधानले नै जोतभोग चलन गरी आउनु भएकोमा पिता आफ्नो कालगतिले परलोक भएदेखि मृतकको हकखाने हामी हकदा