निर्णय नं. ७२४५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२४५ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/२२ २९७८ निर्णय नं. ७२४५ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०६० सालको साधक नं. ३४० फैसला मितिः२०६०।८।२२।२ मुद्दा :– कर्तव्य ज्यान । वादीः दुर्गावहादुर अहिरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः जिल्ला रुपन्देही एकला गा.वि.स.वडा नं. ९ घर भई हाल कारागार शाखा रुपन्देहीमा थुनामा रहेको कल्लु धोवी § वारदातको दिन अर्थात मिति २०५८।१२।२१ का दिन यि प्रतिवादी कल्लु धोवी ज्यालादारी मजदुरीको रुपमा जाहेरवालाकै खेतमा यिनै मृतक चिनक अहिर निज चिनकको श्रीमती र छोरी समेत भई गहुं काटेको कुरामा विवाद देखिएन । यसरी दिनभरी सगसाथै मिलिजुली काम गरेका यि पीडित र पिडकको बीचमा कुनै पूर्व रिसइवी अदावत रहेकोे वा निज प्रतिवादीले मृतकलाई मार्नुपर्ने सम्मको अन्य कुनै कारण भएको भन्ने कुरा मिसिल संलग्न कागजातबाट देखिदैन । § त्यसका अतिरिक्त यी प्रतिवादीले कर्तव्य गरेको कुरालाई किटानीसाथ जाहेरी दरखास्तमा उल्लेख गरेको भएता पनि कारणको सम्बन्धमा अनभिज्ञता व्यक्त गरेको देखिन्छ । अनुसन्धान तहकिकातको क्रममा भएको बयान कागजमा निज प्रतिवादीले दिनभर जाहेरवालाकै खेतमा निज मृतक र आफू समेत मिलिजुली गहूं काट्ने काम गरेको र सांझपख निज मृतकसंग जग्गा सम्बन्धी विवाद भएकोले हंसियाले १ पटक प्रहार गरेको भनि गरेको बयानलाई अदालतमा समेत स्वीकार गरी यी प्रतिवादीले न्यायिक प्रक्रियालाई जटिल वनाउन तिर नलागी सहज बनाएको देखिने । § दिनभर संगसाथै मिलिजुली काम गरेको व्यक्तिलाई मार्नुपर्ने सम्मको कारण नदेखिएको र जग्गा सम्बन्धी विषयमा सामान्य विवाद उत्पन्न भई हसियाले एकपटक प्रहार गरेको मार्ने सम्मको रिसईवी नभएको र सो कुरा अदालतमा समेत स्वइच्छा पूर्वक बयान गरेको अवस्थामा निज प्रतिवादी कल्लु धोवीलाई कानूनले तोकेको हदसम्म सजायं गर्दा चर्को पर्ने देखिंदा इन्साफको रोहबाट कसूर अनुसार अ.वं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद सजायं हुने । (प्र.नं. १५ र १६) वादी तर्फवाटः प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.गोपालप्रसाद खत्रीः पुनरावेदन अदालत वुटवलको मिति २०५९।१०।८ को फैसला अनुसार न्याय प्रशासन ऐन, २०४८ को दफा १० समेत बमोजिम साधक जाहेरी भई दायर हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. जि.रुपन्देही एकला गा.वि.स.वडा नं. ९ पकडीहवा मेरो खेतमा गहुं छरी पाकेको हुंदा ०५८।१२।२१ गते छोरा वर्ष ३० को चिनक अहिर, निजको श्रीमती, छोरी मिरा र प्र.कल्लु धोवीलाई ज्याला मजदूरीमा बोलाई गहूं काटेका, अं. सांझ ७ बजेको समयमा के कस्तो मनसायले विपक्षी कल्लु धोवीले गहूं कटान गर्न लगेको हँसियाले एक्कासी छोरा चिनकको कोखमा प्रहार गरी रगताम्बे अवस्था पारी भागेका, छोरी र श्रीमतीले गुहार गुहार गरेकाले गाउंका मानिसहरु घटनास्थलमा गै उपचारार्थ अस्पतालमा लगी उपचार हुंदाहुंदै रातको २ बजे छोरा चिनकको मृत्यु भएको हुंदा प्रतिवादीलाई पक्राउ गरी कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. हात अर्ध खुम्चिएको, नाकबाट सेतो तरल पदार्थ निस्केको, मुख खुल्ला, मलद्वारबाट रगत निस्केको कम्मरमा ४ इन्च गहिरो १ इन्च लम्वाई घाउचोट भएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का । ४. जि.रुपन्देही एकला गा.वि.स.वडा नं. ३ बस्ने दुर्गा अहिरले मलाई गहुं काट्न बोलाएकोमा ०५८।१