निर्णय नं. ७२४६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२४६ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/२६ २९०९ निर्णय नं. ७२४६ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्बत् २०५९सालको फौ.पु.नं. ..३३०७ फैसला मितिः २०६०।८।२६।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला केलाली दोदोधारा गा.वि.स.वडा नं. ७ घर भै हाल कारागार शाखा कैलालीमा थुनामा रहेकी लक्षीमा वादि विरुद्ध बिपक्षी वादीः लालवहादुर वादीको जाहेरीले श्री ५ को सरकार § अपराध गर्दाको अवस्था र निजले लाश अन्यत्र लगी राख्नु तथा लुगा र घटनास्थलमा लागेको रगतहरु पखाल्ने गरेको कारणवाट निजले आफ्नो अपराध दवाउन छिपाउन खोजेको हो कि भन्नलाई निज प्रतिवादी अदालतमा समेत आफ्नो कसूरमा सावित भई वयान गरेकोले न्यायिक प्रक्रियामा अपराधवाट वच्न खोजेको भन्न मिल्ने स्थिती नदेखिने। § प्रतिवादीहरु मागी खाने आर्थिक दुरावस्थाका भएका र ८, ८ जना छोराछोरी हुँदा पनि त्यस्तो मगन्ते परिवारको जीविकाको कुनै फिक्री नगरी विवाह भएको समय २३ बर्ष देखि नै सधै रक्सी खाई झै झगडा कुटपिट गरी रहने, कुनै कमाई धमाई नगरी आफ्नो परिवार प्रतिको कुनै जिम्मेवारी वोध नगर्ने, छोराछोरीलाई समेत विना कारण कुटपिट गरी घरवाट लखेटिदिने एक प्रकारले मानिसको अनुहारमा दानव र पशुतुल्य व्यवहार रहेको लोग्ने सुकुवादीको सधैको उपरोक्त वमोजिमको व्यवहारवाट ८,८ वटा छोरा छोरीकी आमा एक अवला महिला प्रतिवादी लक्षीमा वादीमा मृतक लोग्ने प्रति असाध्यै घृणा उत्पन्न हुनु स्वभाविक देखिन आएको र त्यस्तो दुःखदाई जीवनवाट बिरक्तिई असन्तुलित मनस्थिति रहेको अवस्थामा प्रस्तुत अपराध हुन गएको देखिन आउँदा निज प्रतिवादीले कुनै नियोजित तरिकाले प्रस्तुत अपराध गरेको नदेखिने । § आफ्नो र आफ्नो छोराछोरीलाई जीवन पर्यन्त दुःख दिने गरेवाट त्यस किसिमको मनस्थिति उत्पन्न भै सो अपराध गरेको र निजका स–साना छोराछोरी समेत भएको स्थितिमा निजलाई ऐनले तोके वमोजिम सजाय गर्दा चर्को पर्ने भै अपराध गर्दाको पारीवारिक अवस्था, प्रतिवादीको विरक्तिपूर्ण दुःखदाई जीवन, नावालक छोराछोरी समेत भएको र मागी खाने निम्नस्तरको महिला मनस्थितिलाई समेत विचार गर्दा निज प्रतिवादीलाई ७ बर्ष सम्म कैदको सजाय गर्दा न्यायोचित देखिन आउने । (प्र.नं. २४) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री यमुना भटृराई विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला प्र.न्या.केदारनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : – २. परिवार सहित मागी खान भनि जि.कैलाली पन्डौन गा.वि.स. वडा नं. ९ मा गएको मेरो छोरा सुकुवादी को मिति २०५०।११।२१ गते राती मृत्यु भएको भन्ने थाहा पाई घटनास्थल गई हेर्दा निज छोरा सुकुवादीलाई कर्तव्य गरी मारेको शंका लागि आवश्यक कारवाही गरि पाउं भन्ने समेत व्यहोराको जाहेरी । ३. मृतक सुकुवादीको शरीर सडिगली किरा परेको लासको घाटीमा एकै ठाउँमा २ पटक काटेको, रुद्रघण्टी समेत काटिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का तथा लास प्रकृति मुचुल्का । ४. मागी खाने भनी परिवार सहित मेरो घरमा आई बसेका सुकुवादीले मदिरा सेवन गरी झगडा भएवाट निजको श्रीमती लक्षीमा वादीले मिति २०५७।११।२१ गते राती सकुवादीलाई हसियाले काटी मारेकी र लास बोकी लगेको समेत देखेकी हुं भन्ने श्रीमती जितेनी कामी र कौशिला कामी समेतले मौकामा ग