निर्णय नं. ७२४७ - हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२४७ - हक कायम समेत भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०७/१७ २६८८ निर्णय नं.७२४७ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास का.मु. सम्माननीय प्रधानन्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री राम नगिना सिंह संवत् २०५७ सालको दे.पु.नं. ..६५२६ फैसला मितिः २०६०।७।१७।२ मुद्दा :– हक कायम समेत पुनरावेदक वादीः: नुवाकोट जि.महाकाली गा.वि.स.वडा नं. ८ बस्ने कमान सिंह तामाङ्ग विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने विसुमाया तामाङ्ग § पुनरावेदक वादीले मिति २०३४।१।३१ को घरसारको राजिनामाबाट विवादित जग्गामा आफ्नो हक हुन आएको भनि दावी जिकिर लिएपनि सोही जग्गा २०३७ सालमा प्रतिवादी विसुमायालाई कागज गरी फिर्ता दिएको देखिएबाट निजको फिराद माग दावी विश्वसनीय नदेखिने। § राजिनामाको लिखत मिति २०३४।१।३१ पछि २०३४।९।२७ मा नापी हुंदाका अवस्था फिल्डबुक उतारमा विवादित जग्गाको जग्गाधनीमा प्रतिवादी विसुमायाको नाउं उल्लेख भएको तथ्य समेत मिसिल प्रमाणबाट देखिन आएको स्थितिमा विवादित जग्गामा यि पुनरावेदक वादीको हक कायम हुन सक्ने नदेखिंदा वादी दावी अनुसार हक कायम भै दर्ता समेत हुने ठहर्याएको जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिदा सदर हुने। (प्र.नं. २०) पुनरावेदक वादीका तर्फवाट : विद्वान अधिवक्ता श्री जगतबहादुर कार्की विपक्षी तर्फवाटः अवलम्वित नजिरः फैसला का.मु.प्र.न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५७।३।२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर निम्न छ :– २. प्र. विसुमाया तामाङ्गको बाबु कृष्णबहादुर तामाङ्गको छोरा नभई छोरी विपक्षी विसुमाया तामाङ्गनी मात्र हुंदा बाबु कुष्णबहादुरको मृत्यु पश्चात विपक्षीको हक हुन आएको कृष्णबहादुरको बाबु विपक्षीको बाजे जगासिंग तामाङ्गको नाउंमा ०९ साल देखि बाली आउने गरी १४ सालमा नम्बरी भएको पूर्व मानबहादुरको बारी पश्चिम मानबहादुर समेतको बारी दक्षिण ऐ.को वारी उत्तर मानबहादुरकै हिलेबारी ४ किल्ला भित्रको विरौटो खेत ।४ विपक्षी बिसुमाया तामाङ्गले म फिरादीलाई घरसारमा मिति २०३४।१।३१ मा रु.९९।– मा राजिनामा गरी जग्गाको हक छाडी दिएकोले २०३४ सालदेखि अविछिन्न रुपमा जग्गा उपभोग गरी आएको छु । सो जग्गा मेरा नाउंमा नापी हुन छुट भै फिल्डबुकमा विपक्षीको नाम लेखिन गई कि.नं. ४०९ क्षेत्रफल ३–८–१–१ कायम हुन आएकोले छुट जग्गा दर्ता गरी पाउं भनि गा.वि.स.को सिफारिश समेत राखि मिति ०४७।१।१९ मा मा.पो.का.मा. निवेदन दिएको थिएं । सो निवेदनको सिलसिलामा विपक्षीलाई झिकाई बयान गराउंदा ०३४।१।३१ को राजिनामामा किर्ते हो सो जग्गा जगतबहादुरले कमाएको छ भनि बयान गरेकीले सद्दे किर्ते र हक बेहक तर्फ हेर्ने क्षेत्राधिकार यस कार्यालयलाई नभएकोले ३५ दिन भित्र नुवाकोट जिल्ला अदालत जानु भनि सुनाएकोले फिराद गर्न आएको छु । मिति २०३४।१।३१ को राजिनामा अनुसारको कि.नं. ४०९ क्षेत्रफल ३–८–१–१ को जग्गा हक कायम गरी दर्ता समेत गरी पाउं भन्ने वादी कमान सिं तामाङ्गको फिराद पत्र । ३. मिति २०३४।१।३१ मा राजिनामा गरि लिएको भन्ने कुरा झुठृा हो । सो जग्गा तिम्रो नाउंमा दर्ता गरी दिएको छ । लालपूर्जा राखि दिएको छु भन्नु भएको थियो । २०३४ सालमा वादीले राजिनामा गरि लिएको भए सो जग्गा वादीकै नाउंमा दर्ता गराउनु पर्ने थियो । विपक्षीले उक्त जग्गा एकलौटी खाने मनसाय गरी मालपोत कार्यालयमा दर्