निर्णय नं. ७२४८ - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२४८ - लिखत वदर भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०५/२५ २५२२ निर्णय नं.७२४८ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५७ सालको दे.पु.नं. ...६९७० फैसला मितिः२०६०।५।२५।५ मुद्दाः लिखत वदर । पुनरावेदक प्रतिवादीः भ.पु.जि. चित्तपोल गा.वि.स.वडा नं.१ वस्ने सीता थापा विरुद्ध विपक्षी वादी : ऐ.ऐ. वस्ने नरेन्द्रवहादुर थापा समेत § दाता तोरणवहादुर थापाले प्रतिवादी सीता थापालाई ०५१।१०।१३ मा राजिनामा गरि दिएको विवादित सम्पत्ति पैत्रिक होइन भन्ने र तोरणवहादुर थापाले आफुखुस गर्न पाउने स्वआर्जनको सम्पत्ति हो भन्ने कुराको मिसिल संलग्न कागजातवाट पुष्टि समर्थन हुन नआएकोले र सगोलको त्यस्तो पैत्रिक सम्पत्ति सीता थापालाई राजिनामा गरि दिंदा निज तोरणवहादुर थापाले अन्य अंशियारहरुको मन्जुरी लिएको भन्ने कुरा पनि देखिन नआएकोले उक्त सम्पत्ति घर व्यवहार चलाउन विक्री गरेको उल्लेख गरेको भएता पनि के कस्तो घर व्यवहार चलाउनका लागि सो सम्पत्ति विक्रि गर्नु परेको हो भन्ने जस्ता मुलभूत कुराहरुको पुष्टि समर्थन हुन नसकिरहेकोले दाता तोरणवहादुरवाट पुनरावेदिका सीता थापाले राजिनामा गराई लिएको जग्गाको लिखतवदर नहुने भन्न मिल्ने स्थिति नदेखिने । (प्र.नं. ९) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत, पाटनको मिति ०५४।११।२९ को फैसला उपर प्रतिवादी सीता थापाको मुद्दा दोहोर्याई हेरी पाउन यस अदालतमा निवेदन परी यस अदालतवाट मिति ०५७।२।३ मा निस्सा प्रदान भै पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यसप्रकार छ । २. हामी वादी प्रतिवादीहरु वीच हाल सम्म रीतपूर्वक अंशवण्डा भएको छैन । हामी समेतको अंश हक लाग्ने भ.पु.जि. चित्तपोल गा.वि.स. वडा नं. १(ग) कि.नं. ७३६ क्षे.फ. १(०(०, ऐ.ऐ. कि.नं. ७२८ क्षे.फ. ०(३(० र ऐ.ऐ. कि.नं. ८५४ क्षे.फ. ०(६(२ समेतका तीन कित्ता जग्गा हामीलाई थाहा पत्तै नदिई मन्जुरी वेगर तोरणवहादुरले आफ्नी मन परेकी वुहारी सिता थापालाई मिति २०५०।१०।१३ का दिन राजिनामा लेखी मा.पो.का. भक्तपुरवाट र .नं. २९५० को लिखत गरि दिएको कुरा मिति २०५१।८।५ मा थाहा भएको । उक्त तिन कित्ता जग्गाको मिति २०५०।१०।१३ मा भएको लिखत मध्ये हामीहरुको हकमा कित्तै पिच्छे पाँच खण्डमा तीन खण्ड लिखत वदर गरी पाउँ भन्ने मिति २०५१।८।१५ को चिनिमैया थापा, लक्ष्मी थापा, तथा नरेन्द्रवहादुर थापाको संयुक्त फिरादपत्र । ३. घर गृहस्थी र व्यवहार समेत चल्न नसक्ने भई वाध्य भएर व्यवहार चलाउन दर्ता भएको उक्त जग्गा राजिनामा पारित गरी लिनु दिनु गरेको हो । जस अनुरुप पिता पिुर्खाका पालाको सम्पत्ति मध्ये अचल सम्पत्तिमा आधासम्म कसैको मन्जुरी वेगर आफूखुस गर्न पाउने छ। आफूखुस गर्न पाउने सम्पत्ति मध्येवाटै मैले प्र. मध्येकी सीतालाई राजिनामा पारित गरी दिएको लिखत वदर हुन नसक्ने हुंदा दावि खारेज गरी पाउँ भन्ने समेत व्यहोराको तोरणवहादुर थापा र सीता थापा समेत जना २ को संयुक्त प्रतिउत्तर पत्र । ४. वादीको माग दावी वमोजिम ५ भागको ३ भाग लिखत वदर हुने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको मिति २०५२।३।२०।३ को फैसला । ५. ५ खण्डको ३ खण्ड लिखत वदर हुने भनि भ.पु.जि.अ.वाट भएको फैसला वदर गरी लिखत वदर नहुने ठहर गरी पाउ भन्ने समेत व्यहोराको सिता थापाको पुनरावेदन अदालत, पाटनम