निर्णय नं. ७२४९ - बन्दिप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२४९ - बन्दिप्रत्यक्षीकरण भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/२४ २५०३ निर्णय नं.७२४९ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०६० सालको रिट नं. ......७५ आदेश मिति२०६०।८।२४।४ बिषयः बन्दिप्रत्यक्षीकरण । निवेदिकाः का.जि.का.म.न.पा.वडा नं. ७ डेरा गरी वस्ने र हाल सुरक्षा फौजले कव्जामा लिएको भनीएका सि.एन. (चेतनाथ) ढुंगानाको हकमा ऐ.ऐ. वस्ने निजकी श्रीमती अनु प्रधान ढुंगाना विरुद्ध विपक्षीः श्री ५ को सरकार रक्षा मन्त्रालय, सिंहदरवार समेत § निवेदिकाले निजको श्रीमानलाई प्रत्यर्थी मध्येको कुन निकायले पक्राउ गरी कुन स्थानमा वन्दी वनाएको हो भन्ने कुराको स्पष्ट निवेदन दावी लिन नसकी डिल्लीवजार कालिकास्थान पिपलवोट नजिकवाट एक दुव्लो पातलो व्यक्तिलाई सादा पोशाकका मानिसहरुले समाति लगेको भनी स्थानिय व्यक्तिहरुले वताएको भन्ने आधारवाट प्रस्तुत रिट निवेदन दिएको पाईयो । प्रत्यर्थी निकायहरुले निवेदिकाको श्रीमानलाई पक्राउ नगरिएको र हिरासतमा नराखीएको भन्ने लिखित जवाफ जिकीर लिएको सन्दर्भमा निवेदिकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई कस्ले कहाँ पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखीएको हो स्पष्ट खुलाई कागज गराउनु भनी यस अदालतवाट भएको आदेश वमोजिम निवेदिकाले ०६०।७।२६ मा गरि दिएको कागजमा ‘विपक्षीहरुको बिभिन्न हिरासत तथा ठाउँ परिवर्तन गरिएको भन्ने सुनेकी छु, विभिन्न हिरासत तथा जेलमा वुझ्न जाँदा कुनै व्यहोरा थाहा जानकारी नभएको भन्ने सम्बन्धित अधिकारीहरुको भनाई भएको’ भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । यसरी निवेदिकाका पतिलाई कसले पक्राउ गरी कुन ठाउँमा कस्का हिरासतमा राखिएको भन्ने सम्बन्धमा निजले गरि दिएको उक्त कागजवाट खुलाउन सकेको नदेखिएको स्थितिमा निवेदीकाका पति सि.एन. (चेतनाथ) ढुंगानालाई यो यसले पक्राउ गरी यस ठाउँमा हिरासतमा राखिएको होलाभनी अदालत आफैले अनुमान गरी वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १५) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रबहादुर कार्की अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. मेरा श्रीमान सि.एन. (चेतनाथ) ढुंगानालाई ०६०।५।४ गते २ वजेको समयमा डिल्लिवजार कालिकास्थानको पिपलवोटवाट सादा पोशाकमा आएका सुरक्षाकर्मीहरुले समातेर लगेको भन्ने स्थानिय व्यक्तिहरुले वताएपछि थाहा पाएं । नजिकैको वडा प्रहरी कार्यालय सिंहदरवारमा वुझ्दा पक्राउ गरी नल्याएको वताइएको र जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा गई वुझ्दा समेत भेटघाट गर्न नमिल्ने र भित्र पस्न नमिल्ने भनी फर्काइयो । भाद्र ९ गते एक प्रहरी अधिकृतले मेरा श्रीमानलाई छानविनका लागि छाउनी व्यारेक लगिएको भनी मौखिक जानकारी दिनु भएकाले राष्ट्रिय मानव अधिकार आयोग तथा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा उजुरी दिई श्रीमानको यथास्थिति वारे जानकारी राख्ने प्रयत्न गरी राखेको छु । हालसम्म पनि निजको अवस्था अज्ञात नै छ । श्रीमानको गिरफ्तारी र अज्ञात स्थितिको अवस्था संवैधानिक, कानूनी र मानव अधिकारका अन्तर्राष्ट्रिय प्रावधान विपरीत हुँदा निजलाई अदालतमा उपस्थित गराई हिरासतको कानूनी वैधता स्पष्ट गरी थुनावाट मुक्त गराई पाउँ । ३. निवेदिकाको श्रीमानलाई विपक्षीहर