निर्णय नं. ७२५१ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२५१ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/०२ २६१० निर्णय नं.७२५१ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५७ सालको रिट नं. ४३४२ आदेश मितिः २०६०।८।२।३ विषय : – उत्प्रेषण समेत । निवेदकः घरेलु तथा साना उद्योग विकास समितिमा कार्यरत काठमाडौं जि.का.म.न.पा. मा कार्यरत काठमाडौं जि.का.म.न.पा.वडा नं. ३० बस्ने नविनलाल श्रेष्ठ विरुद्ध विपक्षी प्रतिवादीः श्री ५ को सरकार, उद्योग मन्त्रालय समेत § निवेदक स्वयंको निवेदन पत्रको प्रकरण नं. १ हेर्दा २०४० सालमा आफू सहायक अधिकृत तह ६ (लेखा समुह) पदमा नियुक्ति भएको र त्यस पछाडि सातौं तथा आठौं तहमा बढुवा हुँदा सहायक अधिकृत तह (प्र) पदमा बढुवा भई आएको भन्ने व्यहोरा उल्लेख गरेको हुँदा निवेदक शुरुमा नियुक्ति हुँदा लेखा शाखामा नियुक्ति भएतापनि प्रशासन सेवाको भनि निजले फाराम भरेको समेत देखिएको हुँदा निजलाई सेवा समेत परिवर्तन गरि सरुवा गरिएको भन्न नमिल्ने । § मिति २०५६।६।४ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार विपक्षीले २०५६।६।१० मा क्षयरोग लागेको कारणबाट सरुवा भएको स्थानमा जान नसक्ने भनी स्पष्टीकरण पेश गरेको देखिन्छ र निजलाई पुन सरुवा भएको स्थानमा गइ काम गर्न ताकेता गर्दा २०५६।९।२६ मा क्षयरोग निको भइ मधुमेह रोग लागेको भनि दुइ दुइ पल्ट स्पष्टीकरण दिएको कुरा निवेदन लेख र मिसिल संलग्न अन्य कागजातहरुबाट समेत खुलेको हुँदा सफाइको मौका प्रदान नभएको भन्न सक्ने अवस्था नदेखिने । (प्र.नं.८) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी र श्री सिताराम के.सी. विपक्षी तर्फवाटःविद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक र अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ अवलम्वित नजिरः ने.का.प.२०५६, नि.नं. ६७०१, पृ. २७६ आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) अनुसार पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. म निवेदक २०४०।१२।९ गतेको विपक्षी समितिको पत्रबाट सहायक अधिकृत तह ६ (लेखा समुह) पदमा नियुक्ति भई समितिको लेखा शाखामा सेवा गर्दै आइरहेको थिए । यसरी मैले नियुक्ति पाएदेखि इमान्दारी, अनुशासित, एंव निश्पक्ष साथ आफ्नो पदीय दायित्व निर्वाह गरे अनुरुप म निवेदक मिति २०४३।७।२८ मा सहायक अधिकृत तह ७(प्र.) पदमा र मिति २०५३।५।१६ मा सहायक वरिष्ठ अधिकृत तह ८(प्र) पदमा बढुवा भई आएको थिए । यसरी बढुवा भए पश्चात पनि म निवेदकले विपक्षी घरेलु तथा साना उद्योग विकास समितिको केन्द्रिय कार्यालयको साविकको लेखाको प्रमुखको रुपमा रही आफनो पदीय दायित्व पुरा गरि आएको थिएँ । मैले आफू क्षयरोगको बिरामी भएको र पछि मधुमेहको रोग समेत लागेको भनि विपक्षी समक्ष निवेदन गरेकोमा मेरो निवेदनहरुलाई समेत वास्ता नगरी विपक्षीबाट म लेखा समुहको कर्मचारीलाई कानून विपरीत घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा कार्यालय डोटी स्थित प्रमुख उद्योग अधिकृतको पदमा सरुवा गरियो । यसरी मलाई कानूनतः सरुवा गर्न पनि नमिल्ने र आफूलाई लागेको रोगको सम्बन्धमा डाक्टरको सर्टिफिकेट समेत पेश गरेकोमा सोलाई समेत विचार नगरि २०५६।६।४ को गोरखापत्रमा हाजिर हुन जानु भन्ने सूचना प्रकाशित गरियो । सो प्रकाशित सूचना पश्चात पनि विपक्षीलाई जानकारी गराउँदा मलाई सफाइको मौका समेत दिइएन र मिति २०५७।१।७ को पत्रबाट म निवेदकलाई भविष्यमा सरकारी नोकरीको लागि अय