निर्णय नं. ८५५५ - उत्प्रेषणयुक्त प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५५५ - उत्प्रेषणयुक्त प्रतिषेध भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/११/१६ ३०७१ निर्णय नं. ८५५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६७ सालको रिट नं. ०५२९ आदेश मितिः २०६७।११।१६।२ मुद्दा :– उत्प्रेषणयुक्त प्रतिषेध सहितको परमादेश । निवेदकः ल.पु.न.पा. वडा नं. १९ स्थित श्री ज्वाला हाइड्रोपावर प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त ऐ.का अध्यक्ष भई आफ्नो हकमा समेत श्री सुगत वैद्य विरुद्ध विपक्षीः नेपाल सरकार, ऊर्जा मन्त्रालय समेत § प्रशासकीय प्रकृतिको नवीकरण जस्तो कार्य गर्दा तहतहबाट टिप्पणी उठी Work Schedule अनुसारका कार्यहरू कम्पनीले पूरा नगरेको भन्ने आधारमा गरिएको निर्णय तथा कामकारवाहीलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) § सर्वेक्षण अनुमतिपत्रको शर्तमा उल्लेख भएबमोजिमको आफ्नो दायित्व समयमै पूरा गर्न नसकी दायित्वबाट विचलित भएको र शर्तबमोजिमको आफ्नो दायित्व पूरा नगरेको भनी अघिल्लो वर्ष म्याद थप गर्दा नै सचेत समेत गराइसकेको अवस्थामा केवल निवेदन जिकीरकै आधारमा मात्र सर्वेक्षण अनुमतिपत्रमा उल्लेख भएबमोजिमको कामकारवाही समयमै पूरा गरेको अर्थात् कामकारवाही सन्तोषजनक रहे भएको भनी भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.७) § कम्पनीले पेश गरेको प्रगति रिर्पोटको तथ्यको विश्लेषण र मूल्याङ्कन गर्ने लगायतका सम्पूर्ण कार्यहरू रिट क्षेत्रबाट हेरिने नभई कानूनबमोजिम सम्बन्धित निकाय तथा अख्तियारवालाबाट हेरिने विषय हुने । (प्रकरण नं.८) निवेदकको तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ताहरू श्री टीकाराम भट्टराई, श्री भीमार्जुन आचार्य विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री धर्मराज पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § विद्युत ऐन २०४९ को दफा ५(१), (३), ८, ८(३) § विद्युत नियमावली, २०५० आदेश न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ एवं १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ ट्ठ– म निवेदक समेतले उल्लिखित प्रा.लि. दर्ता गरी सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी विपक्षी विभागबाट मिति २०६५।५।२० मा माछा खोला जल विद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरेका थियौं । यसरी अनुमतिपत्र प्राप्त गर्दाकै अवस्थामा आयोजनाले पालना गर्नुपर्ने शर्तहरू अनुमतिपत्र साथमै उपलब्ध गराइएको थियो । आयोजनास्थल गोर्खा जिल्लाको गुम्दा गा.वि.स. मा रहेको यो आयोजनाबाट प्रारम्भमा ४.९ मेघावाटको विद्युत उत्पादन गर्ने अनुमति प्राप्त भएकोमा हाल स्थलगत अध्ययनबाट करिब १२.५ मेघावाट उत्पादन हुने देखिएको छ । यसरी अनुमति पत्र प्राप्त गरेपश्चात् कानूनबमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गरी सर्वेक्षणको कार्य तीव्र रुपमा अघि बढिरहेको छ । आयोजनामा गत ०६७ आश्विन मसान्तसम्ममा कुल लगानी १ करोड ३२ लाख ८७ हजार दुईसय लगानी भइसकेको छ । यसै बीच विपक्षी विभागले निवेदक कम्पनीलाई मिति २०६७।७।११ मा एक्कासी एक पत्र पठाई मिति २०६७।७।५ को विपक्षी सचिवस्तरको निर्णयानुसार भनी हाम्रो अनुमतिपत्र नवीकरण नगर्ने र थप अध्ययन विभाग आफैले गर्ने भन्ने जानकारी गराएको छ । उक्त जानकारी पत्रमा के कारणले किन हाम्रो अनुमति पत्र नवीकरण नगरिएको हो सो सम्बन्धमा केही पनि उल्लेख नगरिएकोले उक्त निर्णयको प्रतिलिपि पाऊँ भनी निवेदक कम्पनीले मिति २०६७।७।२९