निर्णय नं. ७२५२ - वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२५२ - वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/१२ २५७७ निर्णय नं. ७२५२ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायधीश श्री मीनवहादुर रायमाझी संम्वत २०६० सालको रिट नं.७२ आदेश मितिः २०६०।८।१२।६ विषयः वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ । निवेदकः डोलानाथको छोरा जिल्ला चितवन रत्ननगर न.पा. वडा न. १३ जयमंगल घर भई हाल का.जि.का. म.न.पा.वडा न. ७ चावहिलमा डेरा गरी वस्ने वर्ष ३५को ज्ञानेन्द्र त्रिपाठीको हकमा ऐ.ऐ वस्ने वर्ष ३३ की शर्मिला त्रिपाठी (पन्त) विरुद्ध विपक्षीः श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय, सिंहदरवार समेत § कुनै व्यक्तिलाई राज्यको के कुन निकायले कसरी वैयक्तिक स्वतन्त्रताको अपहरण गरी के कुन स्थानमा राखेको छ भन्ने कुराको यकिन जानकारी अदालतलाई उपलव्ध हुन नसकेको अवस्थामा अदालतले स्पष्ट र यकिन आधार वेगर अनुमानकै आधारमा कुनै निष्कर्षमा पुग्नु न्यायको रोहमा उपयुक्त नहुने । § निवेदकले निश्चित भै वताईदिएको स्थानमा वन्दी रहे नरहेको वारेमा सर्च वारेण्ट समेत जारी गरी वन्दीको खोजी अदालतले गर्न सक्दछ तर त्यस्को निमित्त निवेदकले नै अदालतलाई वन्दी रहेको स्थान निश्चित रुपमा वताई सहयोग पुर्याउनु पर्ने र त्यस्तो आधार विश्वसनीय समेत हुनु पर्ने । § वन्दी रहेको स्थान वारे निवेदिका र निजतर्फका कानून व्यवसायीले समेत निश्चित रुपमा वताउन सकेको अवस्था नहुदा वन्दी रहेको स्थान यकिन भएपछि पुनः निवेदन दिई वन्दीप्रत्यक्षीकरणको निवेदनद्वारा वन्दीको मौलिकहकको संरक्षणका निमित्त अदालतमा प्रवेश गर्न संविधानतः वाधा नपर्ने । (प्र.नं. १६ र १७) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्की विपक्षी तर्फवाटः अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतको क्षेत्राधिकार भित्र दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । २. मिति २०६०।६।९ गते दिनको १०–११ वजेको समयमा मेरो श्रीमान् ज्ञानेन्द्र त्रिपाठी कोटेश्वर तीनकुनेवाट वानेश्वर शान्तिनगरतर्फ गइरहेको अवस्थामा सादा पोशाकमा आएका सुरक्षा कर्मीहरुले तपाईसंग केही कुरा वुझ्नु परेकोले माथिवाट वोलाइएको छ भनी गिरफ्तार गरी अज्ञात स्थलतर्फ लिई गएका र उक्त समय देखि घर परीवार, साथीहरुसंग सम्पर्क गर्न नदिएको, कुन ठाउमा कस्तो अवस्थामा राखिएको छ, कुनै जानकारी छैन । निज पतिको खोज तलास र जीवन रक्षाको लागि मानव अधिकार संगठनहरुमा निवेदन दिएकी छु । मानव अधिकार संगठनको तर्फवाट यस अदालतमा यस्तै रिट दायर भई कारण देखाउ आदेश जारी भएको छ । ३. भेटघाट गर्न र थुनामा राखिएको स्थान समेत जानकारी नगराइएको हुँदा निज पतिलाई शारीरिक र मानसिक यातना एवं क्रुर र अमानवीय व्यवहार विपक्षीहरुवाट गरिने प्रवल संभावना छ । पक्राउ गरिएको र थुनामा राखिएको आधार र कारण समेत जानकारी नगराउनुको साथै पक्राउ गरेका मितिले २४ घन्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई थुनामा राख्ने अनुमति समेत नलिई संविधानको धारा १४ को उल्लंघन गर्दै विपक्षीहरुवाट निज पतिलाई थुनामा राखेका छन् । ४. अतः माथि उल्लेख भए अनुसार विपक्षीहरुले गैरकानूनी थुनामा राखेको हुँदा त्यस्तो थुनावाट निज पति ज्ञानेन्द्र त्रिपाठीलाई मुक्त गरी निजको संविधानको धारा १२,१४र १५ समेतद्वारा प्रदत्त हकको संरक्षण र प्रचलन