निर्णय नं. ७२५३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२५३ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०६/०९ २७१७ निर्णय नं. ७२५३ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५८ सालको फौ.पु.नं. २५०३ सम्वत २०५९ सालको साधक नं. २८८ फैसला मितिः २०६०।६।९।६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः धनुषा जिल्ला हरिहरपुर गा.वि.स. वार्डनं. ५ घर भै हाल कारागार शाखा जलेश्वरमा थुनामा रहेको रामवहादुर महतो समेत विरुद्ध प्रत्यर्थी वादीः राम नारायण महतोको जाहेरीले श्री ५ को सरकार वादीः राम नारायण महतोको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः रामवहादुर महतो समेत § चोरहरु आई मृतकलाई मारेको भन्ने प्रतिवादीहरुको भनाईतर्फ विचार गर्दा चोरहरु आएपछि आफूसंग भएको घरको सांचो दिई आफू भागेको भनि प्र. रामवहादुरले अदालत समक्ष वयान गरेको पाइन्छ । आफू भाग्दा बुहारीलाई मारी सकेका थिए भन्ने निजको भनाई रहेकोमा घरको मुल ढोकानेर सुतेका यि प्रतिवादीलाई केही नगरी केही नभएकी बुहारीलाई मात्र मारे भन्ने निजको भनाई स्वाभाविक नदेखिने । § चोर आएपछि गाँउमा हल्लागरी गुहार माग्नु पर्नेमा त्यस्तो केही भएको देखिदैन । चोरहरुले वन्दुक पड्काए भनेकोमा वन्दुकको आवाज आई हल्ला भएको कसैले सुनेको देखिदैन । घरमा ३ ठांउमा सेन खनेको भनेकोमा वन्दुक वोकी ३ पटक फायर गर्दै आएको डाँकाहरुले सेन खने होलान भनी अनुमान गर्न नसकिने । § प्रतिवादीहरुको घटना घटेको रात मृतकसंग झगडा भएको र सवै प्रतिवादी सो दिन घरमानै भएको भन्ने कुरा मौकामा कागज गर्ने अजव कुमार शर्मा, रामकुमार महतो, राम उदागर महतोको वकपत्रवाट देखिन आँउछ । यस्तो अवस्थामा प्रतिवादीहरु अन्यत्र रहेको भन्ने नदेखिने । § मृतकको मृत्यु प्रतिवादीहरुको कर्तव्यवाट वाहेक अरु कारणवाट भएको भन्ने नदेखिएको र उक्त दिन चोर डाकाहरु आएको भन्ने पनि कुनै प्रमाणवाट नदेखिएको अवस्थामा प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति वयानलाई शवपरीक्षण प्रतिवेदन जाहेरी दरखास्त, मौकामा वुझिएका राम उदागर महतो समेतको वकपत्र समेतले समर्थन गरेको देखिंदा निजहरुको अदालतमा भएको इन्कारी वयान लाई पुष्टि हुने अवस्था नदेखिने । (प्र.नं. २९ र ३०) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अविधक्ता श्री लभकुमार मैनाली प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मीति २०५७।११।८ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (ग) वमोजिम प्रतिवादीको तर्फवाट पुनरावेदन र ऐ. ऐनको दफा १० वमोजिम साधक जांचको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ । २. मेरो छोरी कुशमी देवीलाई ज्वांई सत्तेन्द्र कुमार महतो, रामवहादुर महतो, मखन महतो, विन्देश्वरी देवी, वद्री महतो समेतले कर्तव्य गरी मारेका हुंदा कारवाही गरी पाँउ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. मृतकको भूंडी खुल्ला रहेको, वीच हत्केलामा कालो लागेको, खुट्टामा पायल चप्पल लगाएको, निधारमा सानो छाला खुइलिएको, आंखाको कोषवाट पानी वगी सुकेको, घांटीमा थिची छाला घसारिएको, घांटीमा दांया वांया साइडमा थिचेको र छाला खुइलिएको कपडाहरु च्यातिएको र छाला घिसारिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. २०५३।७।२१ गते म तथा दाजु सतेन्द्र कुमार महतो, वावु रामवहादुर महतो, आमा विन्देश्वरी देवी र दाजुले ल्याएका २ जना व्यक्ति समेतभै कुशमी द