निर्णय नं. ८६९९ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६९९ - उत्प्रेषणसमेत भाग: ५३ साल: २०६८ महिना: माघ अंक: १० फैसला मिति :२०६८/०८/०८ ४५५१ ने.का.प. २०६८, अङ्क १० निर्णय नं. ८६९९ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री भरतराज उपे्रती रिट नं. ०६६–WS– ००३० आदेश मितिः २०६८।८।८।५ विषयः– उत्प्रेषणसमेत । निवेदकः प्रहरी प्रधान कार्यालयको आ.त.भौ.प. महाशाखाको रा.प. तृतीय श्रेणी (प्रा.) प्रहरी निरीक्षक पदमा कार्यरत् रसकमल यंगोल समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § प्रहरी नियमावली, २०४९ र प्रहरी प्राविधिक नियमावली, २०५८ ले प्रहरी सेवाभित्र दुई अलग–अलग सेवाहरूको गठन गरी ती सेवाअन्तर्गतका पदहरूमा नियुक्ति र बढुवाका लागि समेत छुट्टाछुट्टै योग्यता निर्धारण गरेको र उक्त नियमावलीहरूले गरेको सो वर्गीकरणको तर्कसंगत र बोधगम्य आधार रहेको भन्नेसमेत देखिन आएको अवस्थामा नियुक्ति र बढुवाका सम्बन्धमा प्रहरी नियमावली, २०४९ ले गरेको व्यवस्थाको सापेक्षतामा प्रहरी प्राविधिक नियमावली, २०५८ को नियम ८(ख) र १४(३) ले गरेको व्यवस्था असमान र भेदभावपूर्ण रहेको भन्न नमिल्ने । (प्रकरण नं.१०) § राज्यका तर्फबाट समानहरूका बीच समान व्यवहार गरिनु पर्दछ र असमानहरूका बीच एउटै व्यवहार गरिनु हुँदैन भन्ने नै समानतासम्बन्धी अवधारणाको सार भएकाले प्रहरी सेवाभित्र गठित “सामान्य प्रहरी सेवा” र “प्रहरी प्राविधिक सेवा” छुट्टाछुट्टै उद्देश्य र प्रयोजनका लागि गठन गरिएकाले उक्त दुवै समूहका प्रहरी कर्मचारीहरू समान अवस्थाका छन्, त्यसैले उनीहरूका बीच नियुक्ति तथा बढुवासम्बन्धी विषयहरूमा समान योग्यता निर्धारण गरिनु पर्दछ, फरक–फरक योग्यता निर्धारण गर्नु भेदभावपूर्ण हुन्छ भन्न नमिल्ने । § सामान्य “प्रहरी सेवा” र “प्रहरी प्राविधिक सेवा” अन्तर्गत नियुक्ति वा बढुवा हुने प्रहरी कर्मचारीहरू समान अवस्थाका नहुने हुँदा परस्पर असमान अवस्थाका कर्मचारीहरूका बीच समान व्यवहार गरिनु पर्दछ भन्ने दावी आफैमा समानतासम्बन्धी अवधारणाको विपरीत र भेदभावपूर्ण हुने । (प्रकरण नं.११) निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान अधिवक्ता कृष्ण थापा विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रमेश शर्मा पौडेल तथा विद्वान अधिवक्ता शरदकुमार कोइराला अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रहरी नियमावली, २०४९ को नियम २४ § प्रहरी प्राविधिक नियमावली, २०५८ को नियम ३, ८(ख) र १४(३) आदेश न्या.गिरीश चन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) र (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः– निवेदकहरूमध्ये रसकमल यंगोलले I.E. र शम्मुकुमार थापाले I.E. तथा B.Com. को शैक्षिक योग्यता हासिल गरेका छौं । निवेदकहरू प्रहरी नियमावली, २०३३ बहाल रहेको अवस्थामा मिति २०४३।१०।१२ मा खुला प्रतियोगिताबाट छनौट भई प्रा.प्र.ना.नि. सिभिल ओभरसियरको पदमा नियुक्ति भई प्रहरी सेवा प्रवेश गरेका हौं । निवेदकहरूलाई मिति २०५०।४।१० को पत्रबाट मिति २०५०।४।१ देखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा बढुवा गरी जिम्मेवारी दिइएकोले सो बमोजिमको कार्य गरिआएका छौं । निवेदकहरू प्रहरी निरीक्षक पदमा कार्यरत् रहिआएको अवस्थामा प्रहरी प्राविधिक नियमावली, २०४७ खारेज गरी मिति २०५८।२।८ मा प्रहरी प्राविधिक नियमावली, २०५८ जारी भएको छ । उक्त नियमावलीको नियम ३ ले प्रह