निर्णय नं. ७२५४ - वकसपत्र वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२५४ - वकसपत्र वदर भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०२/०७ २९१५ निर्णय नं. ७२५४ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०६० सालको दे.पु.नं. ७१०३ फैसला मितिः २०६०।२।७।४ मुद्दा: वकसपत्र वदर । पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु वस्ने सरीता महर्जन विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. घ वस्ने कृष्णवहादुर महर्जन समेत § वकसपत्रको लिखत प्रतिवादी कृष्णवहादुर महर्जनले प्रतिवादी लक्ष्मी थापालाई मिति २०५३।४।१५ मा गरी दिएको देखिन्छ । यी वादीहरुले आफ्नो ससुरा र लोग्ने समेत उपर मिति २०५४।९।१० मा अंश मुद्दा दिएको र यी वादीहरुका पतिहरुले आफ्नो वावु कृष्णवहादुर उपर मिति २०५४।९।१६ मा अंश मुद्दा दिएको देखिन्छ । यसबाट सो विवादको लिखत मिति २०५३।४।१५ मा गरी दिदाको अवस्थामा यी वादीहरु सरीता महर्जनको पति रवि कुमार र राधिका महर्जनको पति अमित कुमार आफ्नो वावुसंग र वादीहरु आफ्नो लोग्नेसंग एकासगोलमा रहेको देखिन आउने । § मुलुकी ऐन अंशबण्डाको १९ नं. को देहाय ज्ञ मा अचलमा आधिभन्दा वडी व्यवहारै चलाउन परे पनि एक्काइस बर्ष नाघेका स्वास्नी, छोरा र विधवा वुहारीहरुको मंजुरी लिई मात्र खर्च गर्न सकिने व्यवस्था गरेको पाइन्छ । उपरोक्त कानूनी व्यवस्था वमोजिम अचल सम्पत्ति हक हस्तान्तरण गरी दिंदा प्रत्यक्ष अंशियारा स्वास्नी, छोरा वा विधवा वुहारीको मंजुरी लिनुपर्ने व्यवस्था भएको पाइदा अचल सम्पत्ति हक छाडी दिंदा सधवा वुहारीको मन्जुरी लिनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था भएको नपाइने । § विवादको हालै देखिको वकसपत्रको लिखत गरी दिने दाता कृष्णवहादुर महर्जनको यी वादीहरु सधवा वुहारीहरु भएकोले निज कृष्णवहादुरले आफ्नो अचल सम्पत्ति हक हस्तान्तरण गरी दिंदा आफ्नो लोग्नेसंग एकासगोलमा रहेका वुहारीहरुले वादीहरुको मन्जुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था नभएकोले वादीहरुको मंजुरी नभएको कारणले निजहरुको ससुराले गरी दिएको हालै देखिको वकसपत्रको लिखत वदर हुनसक्ने अवस्था नदेखिने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५७।९।२८ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहर्‍याई पाउं भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी कृष्णवहादुर महर्जन हाम्रो ससुरा र निजका २ छोराहरु रवि कुमार महर्जन र अमित कुमार महर्जन हामी फिरादीका पतिहरु हुनुहुन्छ । हामी एकासगोलमा रहेको अवस्थामा पतिहरुले कुटपिट तथा दुरव्यवहार गर्ने, सम्पत्तिहरु वेचविखन गर्ने गर्दा पनि सहदै आएकोमा हामी फिरादीको अंश भाग लाग्ने पति अमित कुमार महर्जन र ससुरा कृष्ण वहादुर महर्जनका नाममा रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका साविक वडा नं. २२(ग) कि.नं. १७८ को १(१४(० मध्ये पूर्व तर्फबाट कित्ताकाट गरी कि.नं. ८५० क्षे.फ. ०(९(३ जग्गा कित्ता १, ऐ ऐ. कि.नं. १७९ को ०(६(१ हामीलाई कुनै जानकारी नदिई मालपोत कार्यालय डिल्ली वजारबाट र.नं. ४६५ मिति २०५३।४।१५ मा हा.व. लिखतबाट लक्ष्मी थापालाई हक हस्ता