निर्णय नं. ८७०० - लेनदेन.
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७०० - लेनदेन. भाग: ५३ साल: २०६८ महिना: माघ अंक: १० फैसला मिति :२०६८/०५/१५ ५७५५ ने.का.प. २०६८, अङ्क १० निर्णय नं. ८७०० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री प्रकाश वस्ती दे.पु.नं. २०६६–CI–०९५० फैसला मितिः २०६८।५।१५।५ मुद्दाः– लेनदेन । पुनरावेदक वादीः दाङ्ग जिल्ला, बिजौरी गा.वि.स. वडा नं. ४ बस्ने देवमणि देवकोटा विरुद्ध प्रत्यर्थी प्रतिवादीः दाङ जिल्ला मानपुर गा.वि.स. वडा नं. ७ बस्ने अनोदकुमार देवकोटा शुरु फैसला गर्ने : मा.न्या. श्री वीरेन्द्रकुमार बाटाजू पुनरावेदन फैसला गर्ने (तेस्रो राय): मा.न्या.श्री तेजबहादुर के.सी. § कुनै पनि लिखतको आसय निरोपण गर्नु पर्दा लिखतमा प्रयोग भएका भाषालाई केन्द्रबिन्दूमा राखी मानवीय व्यवहार, मानसिकता र स्वाभाविकताको परिप्रेक्ष्यमा न्यायिक विवेचना गर्नुपर्ने । § अघिल्लो दिन लेनदेनको कागज गरी भोलिपल्ट मिलापत्र गर्दा सो कागज बाहेकका अन्य कागज मात्र निष्क्रिय भनियो होला भनी मान्न मानवीय व्यवहार र मानसिकताका दृष्टिकोणबाट स्वाभाविक देखिँदैन । सो लिखतलाई निष्क्रिय नबनाउने अभिप्राय रहेको भए यसलाई प्रष्ट शब्दमा बाँकी नै राखिएको व्यहोरा लेखिन्थ्यो भन्ने अनुमान सहजै गर्न सकिने । § मिलापत्र गर्नुको तात्पर्य नै सबै विवादको समाधान गर्नु हो । एउटा विवाद अन्त्य गरी अर्को विवाद यथावत् कायम राखिएको होला भन्ने अर्थ गर्न मानवीय व्यवहार र मानसिकताका दृष्टिकोणबाट स्वाभाविक नदेखिने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता अर्जुनप्रसाद कँडेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता शालिकराम आचार्य अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः– विपक्षीले मबाट मिति २०५२।८।२० गते रु. ५३६५६।– कर्जा लगी तमसुक गरी दिनुभएकोमा उक्त रुपैयाँ नदिएकाले साँवा र व्याज गरी जम्मा रु. ७९९०१।८० र भरी भराउ हुँदासम्मको व्याज र कोर्टफी समेत दिलाई पाऊँ भन्ने फिरादपत्र । फिरादी र मेरोबीचमा लेनदेन मुद्दा परी २०५२।८।२१ गतेभन्दा अगाडिका घरसारका लिखतहरूलाई निष्क्रिय पार्ने शर्तमा २०५२।८।२१ मा हामीबीच भएका सबै लिनुदिनु गरी मिलापत्र गरेकाले फिराद दावी खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र । यिनै वादी प्रतिवादीवीच पहिले लेनदेन मुद्दा परी सो लेनदेन मुद्दामा मिति २०५२।८।२१ गते अघिका हामीवीच भएका घरसारको सम्पूर्ण कागज निष्क्रिय हुने गरी मिति २०५२।८।२१ गते दुवै पक्षबीच मिलापत्र भएको प्रमाण मिसिलबाट देखिएकोले मिति २०५२।८।२० गतेको लिखतबाट भराई पाऊँ भन्ने फिराद दावी उक्त शर्तनामा गरी भएको मिलापत्रले निष्क्रिय भैसकेको अवस्थामा वादी दावी पुग्न सक्दैन भन्ने दाङ्ग देउखुरी जिल्ला अदालतबाट २०५८।३।१७ मा भएको फैसला । फिराद दावी नपुग्ने गरी दाङ्ग देउखुरी जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो फिराद दावीअनुसार दिलाई भराई पाऊँ भन्ने वादी देवमणि देवकोटाको पुनरावेदनपत्र । यसै लगाउको जालसाज मुद्दा दाङ्ग देउखुरी जिल्ला अदालतमा कारवाही भैरहेकोले उक्त मुद्दा किनारा भै आएपछि वा पुनरावेदन परेपछि साथै राखी किनारा गर्ने गरी दायरीको लगत कायमै राखी अ.वं. १२ नं. बमोजिम मुलतवी राखी दिएको छ भन्ने पुनरावेदन अदा