निर्णय नं. ८७०१ - अंश मिलापत्र लिखत बदर चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७०१ - अंश मिलापत्र लिखत बदर चलन भाग: ५३ साल: २०६८ महिना: माघ अंक: १० फैसला मिति :२०६८/०४/३२ ७५०० ने.का.प. २०६८, अङ्क १० निर्णय नं. ८७०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री तर्कराज भटृ संवत् २०६५ सालको CI–०९०५ फैसला मितिः २०६८।४।३२।४ मुद्दाः– अंश मिलापत्र लिखत बदर चलन । । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ ठाकुरवाडी रोड बस्ने विन्दुदेवी श्रेष्ठ समेत विरुद्ध प्रत्यर्थी वादीः जि.मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. २२ वस्ने सनम श्रेष्ठ समेत शुरु फैसला गर्नेः– मोरङ्ग जिल्ला अदालत मा.न्या.श्री महेशप्रसाद पुडासैनी पुनरावेदन फैसला गर्नेः पुनरावेदन अदालत विराटनगर मा.न्या.श्री विनोदप्रसाद ढुंगेल मा.न्या.श्री केदारप्रसाद चालिसे § बाबु, पतिले कानूनबमोजिम पाउने न्यायोचित् अंश नबुझी कानूनी रुपमा अंश छोडपत्र गरेको वा लिँदै नलिएको अंश लिएको भनी लिखत खडा गरेको अवस्थामा त्यस्तो अंश छोडपत्र गर्ने वा नलिएको लिखतबाट अंश लिएँ पाएँ भनी अंश भरपाई गर्नेका पत्नी छोराछोरीले आफूहरूले पाउनु पर्ने अंश पति पिता बाहेकको सगोलका अंशियारउपर दावी गर्न नसक्ने भन्न नमिल्ने । § अंश हक नैसर्गिक हक हो । कसैले आफ्नो हक छोडपत्र गर्दा अरुको अंश हक पनि गुमेको अर्थ गर्ने हो भने नैसर्गिक हकबाट बञ्चित हुन पुग्दछ । के कति अंश बुझेको छ र समस्त सम्पत्तिको तुलनामा उसले बुझेको सम्पत्ति न्यायोचित् छ भने मात्र उसका श्रीमती छोराछोरीले अरु अंशियारबाट दावी गर्न नसक्ने । § तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिको तुलना गर्दा अंश भपाई न्यायोचित् नदेखिएको अवस्थामा उसले गरेको अंश छोडपत्र तथा अंश मुद्दाको मिलापत्रले कानूनतः मान्यता पाउन नसक्ने । (प्रकरण नं.२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री निरञ्जन आचार्य प्रत्यर्थी वादीतर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अंशबण्डा महलको ३, ४ र ५ नं. फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालतको फैसलाउपर पुनरावेदन दायर भै पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– स्व.बालकृष्ण र विपक्षी विन्दु देवीका ३ भाइ छोराहरूमा जेठा हाम्रो पति पिता विपक्षी सुवोध श्रेष्ठ, माहिलो विपक्षी संजीव श्रेष्ठ र कान्छो विपक्षी सुमित श्रेष्ठ हुन । ससुरा हजुरवुवा बालकृष्णको मिति २०५५।२।२ मा देहान्त भएको थियो । म मनुकुमारी र विपक्षी सुवोधका बीच २०४६ सालमा अन्तरजातीय प्रेम विबाह भएकोले विपक्षी सासू देवरहरूले हेलाहोचो गरी चुलो मानुसम्म गर्न दिएनन् । पति सुवोधको के कहिलेदेखि लागू औषध सेवन गर्ने आदत वसेको रहेछ । वहांको कुनै रोजगारी नभएको र घरको सम्पूर्ण व्यवहार तथा व्यवसायिक फर्म समेत विपक्षी सासू देवरहरूले चलाई आएकोले आर्थिक अभाव नै थियो । छोरी सनम र छोरा शुभमको जायजन्म भएपछि पनि सासू देवरहरूले हेलाहोचो गरी स्कूलको फि नतिर्ने तथा लुगाफाटो समेत नकिन्ने गर्नु हुन्थ्यो । मिति २०५९।९।२ मा कान्छी छोरी साक्षीको जन्म हुँदा पनि विपक्षीहरूले कुनै हेरविचार उपचार समेत नगरी मिति २०५९।९।२५ मा सुत्केरी अवस्थामै घरबाट निकाला गरेकाले छोराछोरी समेत माइतीमा शरण लिन पुग्यो । विपक्षी सुवोधले पनि लागू औषध सेवन गर्दै बारम्वार रकम माग्ने गरेपछि मिति ०५९।१२।१५ मा विपक्षी सासू देवरहरूले घरबाट निकाला गरेपछि निज सुवोधले विपक्षी सासू देवरहरू उपर यसै अद