निर्णय नं. ७२५५ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२५५ - अंश चलन भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०२/०७ ४४५१ निर्णय नं.७२५५ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५८ सालको दे.पु.नं. ७१०४ फैसला मितिः २०६०।२।७।४ मुद्दा: अंश चलन । पुनरावेदक वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु वस्ने सरीता महर्जन समेत विरुद्ध प्रत्यर्थी प्रतिवादी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ वस्ने कृष्णवहादुर महर्जन समेत § यी वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै वादीहरुको अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन। तसर्थ घर वसोवास भएको सो कि.नं. २७० को घर जग्गाबाट वादीहरुले कानून वमोजिम अंश पाउनु पर्ने अवस्था देखिन आउने । § भूमि सम्वन्धी ऐन, २०२१ प्रारम्भ हुनु अगावै कुनै मोहीले जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्की घर वनाएको रहेछ भने सो घरवारीको जग्गा विक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ क. को प्रतिवन्धात्मक वाक्यांशमा भएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम पक्की घर वनाई मोही वसोवास गरी आएको सो कि.नं. २७० को घर जग्गा हक हस्तान्तरण हुन सक्ने अवस्थाको भई उक्त घर जग्गामा वादीहरु समेतको वसोवास भएको कुरालाई प्रतिवादीहरुले अन्यथा भन्न नसकेको हुंदा सो जग्गा मोहियानी हकको भए पनि अंशबण्डा गर्न मिल्ने अवस्थाको देखिने । § वादीहरुको पतिहरुले आफ्नो वावु उपर यो मुद्दा भन्दा पछि दिएको अंश मुद्दामा निजहरुले सो जग्गाबाट अंश नपाएको सम्वन्धमा निजहरुले चित्त वुझाई वसेको देखिए तापनि सो घर वसोवास भएको जग्गामा सोही कारणबाटै यी वादीहरुको् अंश हक नलाग्ने भन्न मिल्ने देखिदैन। तसर्थ घर वसोवास भएको सो कि.नं. २७० को घर जग्गाबाट यी वादीहरुले कानून वमोजिम अंश पाउनु पर्ने अवस्था देखिने । § प्रस्तुत मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेकोमा विवाद नभई प्रस्तुत मुद्दा परी तायदाती फां६वारी समेत पेश भइसकेपछिको अवस्थामा मोही र जग्गाधनीको वीचमा वांडफाड भई मानो छुट्टिएको मिति भन्दा पछि प्रतिवादी कृष्ण वहादुरको नाममा प्राप्त भएको अवस्थामा ती जग्गाहरु यो मुद्दा परि सकेपछि वाडंफाड भएको कारणले ती जग्गाहरुबाट वादीहरुले अंश पाउन सक्ने अवस्था नदेखिने । (प्र.नं. १५ देखि १७) पुनरावेदक वादी तर्फबाट:विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री रामप्रसाद पोखरेल र श्री युवराज भण्डारी प्रत्यर्थी प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५७।९।२८ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहर्याई पाउं भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. हामी फिरादीहरु सरीता महर्जन र राधिका महर्जनका पतिहरुले हामीलाई वारम्वार कुटपिट गर्ने गरेको र हामीहरुले थाहा नपाउने गरी हाम्रो समेत हक लाग्ने जग्गा विक्री वितरण गरेको सम्वन्धमा सल्लाह गर्दा केही पनि वास्ता नगरी अपशव्द प्रयोग गरी धम्कीपूर्ण जवाफ दिई सोही दिन देखि घर