निर्णय नं. ७२५६ - उत्प्रेषण, परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२५६ - उत्प्रेषण, परमादेश समेत भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०७/२५ ३०७६ निर्णय नं. ७२५६ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५० सालको रिट नं. ३०९४ आदेश मितिः २०६०।७।२५।३ विषयः उत्प्रेषण, परमादेश समेत । निवेदकः काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वा.नं. १७ ठहिटी स्थित ग्रीनलाइन इन्टरनेशनल प्रा.लि विरुद्ध विपक्षीः श्री ५ को सरकार, अर्थ मन्त्रालय, काठमाडौ समेत § मदिराको तस्करी रोक्न राजश्व चुहावट नियन्त्रण गर्न तथा तत्काल विमानस्थलको सुरक्षाको कारण समेतका आधारमा विमानस्थलमा रहेका कर मुक्त पसल वन्द गर्ने गरी श्री ५ को सरकारले निर्णय लिएको र सुरक्षा समेतको दृष्टिले आवश्यक संरचना पुनर्निमाण गरी सोही दृष्टिकोणवाट उपयुक्त स्थानमा करमुक्त पसल संचालन गर्न युनिभर्सल सप्लाई एजेन्सी प्रा.लि.लाई अनुमति दिने गरी भए गरेको निर्णय श्री ५ को सरकारको नीतिगत विषय भएको देखिदा नीतिगत विषयका सम्वन्धमा रिटको क्षेत्रवाट हेर्न सिद्धान्ततः नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फवाटः विद्वान अविधक्ता श्री अनिलकुमार सिन्हा विपक्षी तर्फवाटःविद्वान नायम महान्यायाधिवक्ता श्री नरेन्द्र पाठक अवलम्वित नजिरः आदेश न्या.चन्द्रप्रसाद पराजुलीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ । २. वाणिज्य मन्त्रालयको मिति ०५५।८।१८ को निर्णय तथा भन्सार विभागको ०५६।२।१४ श्री ५ को सरकार मन्त्रीस्तरको मिति ०५६।१।२३ को निर्णय बमोजिम वण्डेड वेयर हाउस तथा कर मुक्त पसल खोली पैठारी गर्न पाउने सामानको नाम विक्री गर्ने प्रक्रिया आयात गर्ने परिमाण समेत उल्लिखित उक्त विभागको ०५६।२।२१ को पत्र प्राप्त भएको तथा त्रिभूवन विमानस्थल नागरिक उड्ययन कार्यालयसंग अन्तर्राष्ट्रिय टर्मिनल भवनमा करमुक्त पसल संचालन गर्न टर्मिनल भवनको आगमन कक्ष र प्रस्थान कक्षमा ५ वर्षका लागि भाडामा लिन मिति ०५६।८।१७ मा सम्झौता भै हालसम्म वहाल रकम वुझाई आएका छौ । वण्डेड वेयरहाउस र करमुक्त पसल खोल्न कुनै निश्चित अवधि तोकिएको छैन । सोही बखत विमान अपहरण काण्ड भएको हुंदा सुरक्षाको कारण तथा टर्मिनल भवन पुनः निर्माण गर्न थालेको कारण देखाई उक्त कार्य समाप्त नहुन्जेलसम्मको लागि यस प्रा.लि.को सामान हटाउन मिति ०५७।४।२६ मा आदेश दिइएको थियो। तर मिति ०५७।४।३ को सचिवस्तरको निर्णय भनी आगामी नोभेम्भर २ देखि करमुक्त पसल संचालन गर्न नदिने भनी भन्सार विभागको च.नं. १६३ मिति ०५७।४।२३ को पत्र वुझाइयो। मेरो रिभल्विङ्ग वैंक ग्यारेन्टी रिन्यू भै ३ नोभेम्भर २००१ सम्म जारी रहेको अवस्था छ । उचित आधार र कारण वेगर मलाई वण्डेड वेयर हाउस तथा कर मुक्त पसल संचालन गर्न रोक्ने आदेश दिनु पूर्व मलाई सुनुवाइको मौका दिइएको छैन । पुनः नविकरण हुने वैंक ग्यारेण्टीको म्याद सकिएको आधारमा उक्त निर्णय गर्न मिल्दैन । उक्त निर्णयले हाल सम्म मैले लगानी गरेको ठूलो रकम डुव्ने स्थिति छ । अतः विपक्षीहरुको कार्यले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ (२) (ङ) धारा १७ द्वारा निवेदकलाई प्रदत्त हकमा आघात पुग्न गएको हुंदा ०५७।४।३ को सचिवस्तरको निर्णय, ०५७।४।२३ को भन्सार विभागको निर्देशनात्मक पत्र लगायत वण्डेड वेयरहाउस तथा करमुक्त पसल संचालन गर्न नपाउने गरी भएका सम्पूर्ण निर्णय र काम कारवाही