निर्णय नं. ७२५७ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२५७ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०७/०४ २६४२ निर्णय नं. ७२५७ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री वलिराम कुमार सम्वत् २०५८ सालको रिट नं. २६७५ आदेश मितिः २०६०।७।४।३ विषयः उत्प्रेषण समेत । निवेदकः काठमाडौ जिल्ला काठमाडौं म.न.पा.वडा नं. ३ वालुवाटार वस्ने भवानी देवी भट्टराई विरुद्ध विपक्षीः भूमिसुधार कार्यालय बानेश्वर काठमाडौ समेत § तामेली व्यहोरामा पटक पटक वुझाउन जाँदा वुझी नलिएको भन्ने उल्लेख भएकोमा टाँस गर्दा घरमा जेठानीहरु मात्र भएको निजी घर नरहे नभएको भन्ने उल्लेख गरेको देखिन्छ । तर निज जग्गाधनीको वतन काठमाडौं महानगरपालिका वा.नं. ३ वालुवाटार रहे भएको भन्ने निज ज.ध. निवेदिकाकै निवेदनवाट दोखिन आउँछ । यसरी फरक ठेगानामा विवादास्पद तवरले लेखिएको तामेली व्यहोरालाई रितपूर्वक म्याद तामेल गरे भएको भन्न नमिली प्रत्यर्थिको जग्गा वाँडफाँडको सम्वन्धमा कानून बमोजिम सूचना दिई उचित सुनुवाईको मौका दिइएको भन्न मिल्ने नदेखिने । § जग्गाधनीको जग्गा वाँडफाँड गर्नु पूर्व निजको कानून बमोजिम सुनुवाईनै नगरी प्राकृतिक न्यायको सिद्धान्त विपरीत जग्गा वाँडफाँड गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय काठमाडौको मिति ०५६।६।११ को निर्णय त्रुटीपूर्ण देखिंदा उक्त निर्णय सो हदसम्म उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. ७) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजिरः आदेश न्या.वलिरामकुमारः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ । २. का.जि.कपन गा.वि.स.वा.नं. ६ (क) कि.नं. १३९ को क्षेत्रफल १–१–० र कि.नं. १०४ को क्षे.फ. १–४–२ जग्गा मेरो निर्विवाद हक स्वामित्वको भएकोमा विपक्षी सेन विक्रम खड्काको निवेदन माग बमोजिम विपक्षी भूमिसुधार कार्यालयले मेरो दुवै कित्ताको दक्षिण तर्फ आधा जग्गा जग्गाधनीलाई र उत्तर तर्फ आधा जग्गा मोहीलाई कायम हुने गरी जग्गा बाँडफाँड गरी दिने र भूमि सम्वन्धी ऐन २०२१ को दफा २६ (६) १,२,३ बमोजिम वाँडफाँड भएको जग्गा ज.ध. मोहीका नाउँमा दा.खा. गरी मोही लगत कट्टा गरी दिने भनी सम्वन्धित मा.पो.का. चावहिलमा र लगत शाखालाई जानकारी पठाई दिने ठहर्छ भनी ०५६।६।११ मा निर्णय भएको नक्कल सारी थाहा पाएं। विपक्षीहरुको निर्णय भूमि सम्वन्धी ऐनको व्यवस्था र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) एवं १७ द्वारा प्रत्याभूत हक मा गम्भीर आघात पुगेको हुँदा भु.सु.का. काठमाडौंको २०५६।६।११ को निर्णय उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन पत्र । ३. यस्मा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएको मितिले वाटाको म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुका नाउँमा म्याद जारी गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५८।४।१६ को आदेश । ४. भूमिसुधार कार्यालय काठमाडौवाट मिति २०५६।६।११ को निर्णयानुसार लेखि आए बमोजिम कि.नं. ३५३ र ३५५ जग्गा धनीका नाउंमा र ३५२ र ३५४ मोहीका नाउँमा कायम भै ३५२ र ३५४ कृषि विकास वैंक चावहिलको च.नं. ८५६ मिति ०५७।१।१२ को पत्रले रोक्का रहेको हुंदा रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको मालपोत कार्यालय चाव