निर्णय नं. ७२५८ - सम्वन्ध विच्छेद

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२५८ - सम्वन्ध विच्छेद भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०२/०९ ४०५७ निर्णय न. ७२५८ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत २०५८ सालको फौ पु. नं. ..३०२५ फैसला मितिः २०६०।२।९।६ मुद्दाः सम्वन्ध विच्छेद । पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा.वडा नं. ३३ डिल्ली वजार वस्ने सन्तोष वस्नेत विरुद्ध प्रत्यर्थी वादीः का.जि.का.म.न.पा.वडा नं. १४ वस्ने सर्मिला के.सि.( वस्नेत ) § मुलुकी ऐन अ.वं. १८४ क नं. मा प्रतिउत्तर परी झगडियाहरुको उपस्थितिको निमित्त तोकिएको तारीखमा दुवै पक्षको रोहवरमा फिरादपत्र र प्रतिउत्तरपत्र तथा दाखिल भएको सवै लिखत हेरी देखाई वादी प्रतिवादी संग आवश्यक कुरा सोधपुछ समेत गरी त्यसवाट दुवै थरको कुरा मिले नमिलेको अड्डाले विचार गरी कुरा मिलेको देखिन आएमा तुरुन्त निर्णय सुनाउनु पर्छ भन्ने उल्लेख भएकोमा उल्लेख भए बमोजिम तोकिएको पेशीको दिनमा वादी प्रतिवादी दुवै पक्षको रोहवरमा मुद्दाको सुनुवाई हुन सक्ने स्थितिनै नरहेकोले तत्काल अ.वं. १८४ क नं. बमोजिम निर्णय हुन सक्ने अवस्था नदेखिने । § प्रस्तुत मुद्दामा शुरुवाट वादी दावी पुग्न नसक्ने गरी फैसला भएको र त्यस उपर प्रतिवादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालतवाट शुरु फैसला सदर भएको अवस्थामा प्रतिवादीकै यस अदालतमा मुद्दा दोहर्‍याउन निवेदन परेको स्थिति छ । वस्तुतः वादी दावी मै सीमित रहेर मुद्दामा निर्णय गर्नुपर्ने न्यायिक सिद्धान्त र परंपरा हो भने वादी दावी नपुग्ने गरी फैसला भएकोमा प्रतिवादी जिकिर बमोजिम हुनपर्ने भनी पुनरावेदनमा आउने अवस्था पुनरावेदकीय सिद्धान्त र न्यायिक प्रक्रियाले पनि नमिल्ने । (प्र.नं. १२ र १३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री सुधानाथ पन्त र श्री रोशनी सिग्देल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनवाट मिति २०५८।२।५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) र (ख) को आधारमा प्रतिवादी तर्फवाट परेको निवेदनमा दोहोर्‍याई दिने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । २. विपक्षीसंग २०४५ साल मंसिर महिनामा जातीय परम्परा अनुसार विवाह भएकोमा २०४६।९।२२ मा छोरी सिल्पीको जायजन्म भयो तत्पश्चात देखि नै म र छोरी प्रति अत्याचार एवं अमानवीय व्यवहार गर्दै रही मिति ०५१।८।३ मा हातपात कुटपिट गर्दै हामी आमाछोरीलाई घरवाट निकाला गरेकोले सोही मिति देखि दुवै जना का.जि.का.म.पा.वा.नं. १४ स्थित माइतीघरमा वसेको र माइतिवाटै लालन पालन र शिक्षा दिक्षा हुदै आएको छ । त्यस्तो लाक्षी व्यक्तिको सम्पत्ति लिई जीवन विताउनु भन्दा आफ्नै पौरखले जीवन विताउनु श्रेयस्कर सम्झेकोले अंश मुद्दा समेत दायर गरेको छैन । मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३(२) नं. बमोजिम छोरी सिल्पीलाई म आमा संगै राख्न पाउने ठहर निर्णय गरी ऐ. को १(२) नं. बमोजिम विपक्षी संगको सम्वन्ध विच्छेद गरी पाउं भन्ने समेत व्यहोराको निवेदन पत्र । ३. विपक्षी निवेदकलाई खान लाउन दिदा दिदै आफैं माइत जाने घर नवस्ने गर्दै आएकोमा अहिले निवेदकले अंशमा दावी नगर्ने केवल सम्वन्ध विच्छेद मात्र माग गरेको हुंदा विपक्षीले जे निवेदनमा माग गरेको हुन सो बमोजिम सम्वन्ध विच्छेद गर्न म प्रतिवादीको पनि मन्जुर छ मेरो छोरी सिल्पीलाई उमेर नपुगे सम्म म पिताले वेला वेलामा भेटघाट