निर्णय नं. ७२५९ - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२५९ - लिखत वदर भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०२/२६ ३२७२ निर्णय नं. ७२५९ ने.का.प. २०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५७ सालको दे.पु.नं... ६२४२ फैसला मितिः २०६०।२।२६।२ मुद्दा: लिखत वदर । पुनरावेदक वादीः का.जि. गोठाटार गा.वि.स. वडा नं. ३ वस्ने शालिकराम दाहाल विरुद्ध विपक्षी प्रतिवादीः भ.पु.जि. कटुन्जे गा.वि.स. वडा नं. ४ घर भै हाल का.जि. गोठाटार गा.वि.स. वडा नं. ३ वस्ने चिनु तिमिल्सिना समेत § आफ्नो अंश भागमा आउने सम्पत्ति शेषपछि खान पाउने गरि वकसपत्र गरि दिन कानूनले वन्देज लगाएको नदेखिएकोले छोरी चिनु तिमिल्सिनालाई गरि दिएको शेषपछिको वक्सपत्र कानूनसम्मत देखिने । § मुलुकी ऐन, स्त्री अंशधनको २ नं. मा भिन्न भएका सधुवा वा विधुवा स्वास्नीमानिसले आफ्नो हकको चलमा सवै र अचलमा आधासम्म आफूखुस गर्न पाउने, सधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मन्जुरी लिई अचल सवै आफूखुस गर्न पाउंछन भन्ने कानूनी व्यवस्था गरेको पाइदा विपक्षी चिनु तिमल्सिनालाई शेषपछिको वकसपत्र गरिदिंदा आमा क्षेत्र कुमारीले पुनरावेदक वादीको मन्जुरी लिएको भन्ने नदेखीदा निजको हक सम्म विवादीत शेषपछिको वकसपत्र वदर हुने । § अंश मुद्दामा कायम भएको ३ भागको १ भाग मध्ये आधा आमा क्षेत्र कुमारीले आफूखुस गर्न पाउने वाहेक आधामा आमा क्षेत्र कुमारी, फिराद नगर्ने छोरा झंकप्रसाद र यि पुनरावेदक वादी समेतको ३ भाग मध्ये पुनरावेदक वादीको १ भाग मात्र विवादीत मिति २०५१।१०।११।४ को शेषपछिको वकसपत्र वदर हुने । (प्र.नं. १३ र १४) पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री शंभु थापा विपक्षी प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी मध्येकी चिनु तिमिल्सिना म फिरादीकी दिदी हुन । निजको विवाह भै सकेको भएतापनि निज माईती गाउंमानै वसि आएकी छिन् । आमा क्षेत्र कुमारी र भाई झंकप्रसादले म फिरादी उपर यसै अदालतमा अंश मुद्दा दिएकोमा घ अंशियार कायम भई मिति ०४०।११।१५ मा मानो छुट्टिएको मिति कायम भै बण्डागर्नु पर्ने श्रीसम्पत्तिको तायदाती फांटवारी पेश भएको छ । मुद्दा किनारा हुन वांकीकै अवस्थामा आमा क्षेत्र कुमारीको २०५१ साल चैत्र ५ गते देहान्त भएकोले यस अवस्थामा जम्मा २ अंशियार मात्र वांकी रहेको हुंदा मृत आमाको अंश भाग नलाग्ने निश्चितै थियो । आमा क्षेत्र कुमारीबाट मर्नु भन्दा अगावै विपक्षी चिनु तिमिल्सिनाले शेषपछिको वक्सपत्र पारित गराई लिएको र सो वक्सपत्रको नाताले आमा क्षेत्र कुमारीको मुद्दा सकार गर्न अदालतमा निवेदन दिएकी छन भन्ने हल्ला सुनि २०५२।३।१२ मा नक्कल सारी हेर्दा असक्त विमारी आमाबाट विपक्षी मध्ये मोज राज रिमाल लेखक साक्षी हुने विपक्षी मध्येका हेमराज भण्डारी र देवराम भण्डारी फडके साक्षी वस्ने भई मिति २०५१।१०।११ मा आमाबाट शे.व. पारित गराई सोको शे.व. को प्रतिलिपि राखी ३५ दिन भित्रै उक्त आमाको अंश मुद्दा सकार गर्न धरौटी तारेखमा वसेको थाहा हुन आएको छ । नाताकायमको र मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि पेश गरेपनि विपक्षी चीनुले मुद्दा सकार गर्न पाउने होइन अंश मुद्दा किनारा हुन वांकी नै छ