निर्णय नं. ८७०२ - दूषित दर्ता, कित्ताकाट, नामसारी बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७०२ - दूषित दर्ता, कित्ताकाट, नामसारी बदर भाग: ५३ साल: २०६८ महिना: माघ अंक: १० फैसला मिति :२०६८/०३/२४ ४२०१ ने.का.प. २०६८, अङ्क १० निर्णय नं. ८७०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री बैधनाथ उपाध्याय २०६७–CI–०३४४ फैसला मितिः २०६८।३।२४।६ मुद्दाः— दूषित दर्ता, कित्ताकाट, नामसारी बदर । पुनरावेदक प्रतिवादीः जिल्ला कञ्चनपुर, श्रीपुर गा.वि.स.वडा नं. ७ बस्ने रामप्रसाद राना विरुद्ध प्रत्यर्थी वादीः जिल्ला कञ्चनपुर, रैकवार बीचवा गा.वि.स.वडा नं. ६ बस्ने लालबहादुर बुढा शुरु तहमा फैसला गर्नेः मा.न्या.श्री पदमराज भट्ट पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री बमकुमार श्रेष्ठ मा.न्या.श्री बाबुराम रेग्मी § दाखिल खारेजी गरिदिनुपर्ने अड्डाको कर्तव्य समेत रहेको अवस्थामा दाखिल खारेज नगराएकै कारणले मात्र कुनै व्यक्तिले राजीनामाबाट लिएको जग्गाबाट हक स्वतः समाप्त हुन्छ भन्न नमिल्ने । § राजीनामाअनुसार दा.खा ढिलो भएको कारणबाट राजीनामा नै बदर भएको अथवा निष्क्रिय भएको मान्न नमिल्ने । (प्रकरण नं.४) § एकपटक कानूनबमोजिम राजीनामा पास गरी हक हस्तान्तरण गरिसकेको जग्गा पुनः नापीमा आफ्नो नाममा गैरकानूनी तवरबाट नापी दर्ता गराएको अवस्थामा त्यस्तो हक नपुग्ने हदको दर्तालाई दूषित दर्ता मान्नुपर्ने हुँदा त्यस्तो कार्यलाई मान्यता दिइनु उपयुक्त नहुनुका साथै दूषित दर्ताबाट प्राप्त गर्नेको हक सिर्जना हुन नसक्ने । (प्रकरण नं.५) § कुनै व्यक्तिको हक अधिकार हनन् भई वा अन्यायमा परी अदालतमा उजूरी गर्नुपर्ने भएमा कुन कानूनको हदम्यादको आधारमा उजूरी दायर गर्ने भनी हदम्यादसम्बन्धी ब्यबस्थाको छनौट गर्ने अधिकार उजूरकर्तामा निहीत रहेको हुन्छ । वादीले फिराद दायर गर्दा आफूलाई उपयुक्त लागेको हदम्यादसम्बन्धी कानूनको छनौट गरी अदालत प्रवेश गरेको कुरामा विवाद उठाउन पाउने हक अन्य व्यक्तिमा हुन नसक्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता रामहरि ढकाल प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § जग्गा पजनीको महलको १७ नंं. § रजिष्ट्रेशन महलको ३० नं. फैसला न्या.बैद्यनाथ उपाध्यायः पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६७।२।३१ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदन पत्र न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– प्रतिवादीमध्येकी डम्बरकुमारी भण्डारीबाट म फिरादीले निजका नाउँदर्ताको जिल्ला कञ्चनपुर, रैकवार बीचवा गा.वि.स. वडा न. ६ क कि.नं २०१ को क्षेत्रफल ज.वि. ०–१५–५ जग्गामध्ये पूर्वतर्फबाट कित्ताकाट हुने गरी ज.वि. ०–५–० जग्गा खरीद गरी लिई मालपोत कार्यालय कञ्चनपुरबाट मिति २०५३।९।२१ मा र.नं ११०० बाट राजीनामा रजिष्ट्रेशन पारीत गराई लिएको र दाखिल खारेजी (दा.खा) गराउने कार्यसम्म बाँकी रहेको थियो । उक्त जग्गा प्रतिवादी डम्बरकुमारी भण्डारीले पुनः आफ्ना नाउँमा नापी दर्ता गराई कि.नं २५४ कायम भएको पूरै कित्ता जग्गा मिति २०५९।३।२७ गते विपक्षी रामप्रसाद रानालाई राजीनामा गरी बिक्री गरी दिएकी हुँदा मलाई हक छाडी राजीनामा गरिसकेपछि सोही जग्गालाई पुनः आफ्ना नाउँमा दर्ता कायम गराई विपक्षी रामप्रसाद रानालाई बिक्री गरी दिने कार्यले जग्गा पजनीको कानूनले संरक्षित मेरो हकमा आघात परेकोले विपक्षी रामप्रसाद रानाका नाउँमा दर्