निर्णय नं. ७२६० - जीउमास्ने वेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२६० - जीउमास्ने वेच्ने भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०५/२६ २८७८ निर्णय नं. ७२६० ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५८ सालको फौ.पु.नं. २४२२ फैसला मितिः २०६०।५।२६।६ मुद्दाः– जीउमास्ने वेच्ने । पुनरावेदक प्रतिवादीः वादीः मकवानपुर जिल्ला पदम पोखरी घर भै केन्द्रीय कारागारमा थुनामा वस्ने प्रेमवहादुर मोक्तान विरुद्ध विपक्षी वादीः शान्तमाया मोक्तानको जाहेरीले श्री ५ को सरकार § वारदात हुंदाका अवस्थामा वहाल रहेको मुलुकी ऐन, जिउमास्ने वेच्नेको महलको १ नं. वमोजिम सजायको मागदावी लिएको देखिएपनि जाहेरवालीको जाहेरी दरखास्त २०४९ सालमा मात्र परेको देखिंदा जाहेरी दरखास्त पर्दा वहाल रहेको ऐनमा व्यवस्था भएको कार्यविधि अपनाई अनुसन्धान तहकिकात गर्न नमिल्ने र सो अनुसन्धानवाट संकलित सवुद प्रमाणले प्रमाणको स्थान ग्रहण गर्दैन भन्न नमिल्ने । § आफ्नै दाजु नाताका यि पुनरावेदक समेत भई ललाई फकाई भारत वम्वैको वेश्यालयमा लगि भा.रु.२५,०००।– मा विक्री गरी १० बर्ष सम्म वेश्यावृत्तिगर्न वाध्य वनाएको भनि किटानी साथ अदालतवाट प्रमाणित भएको वयानमा उल्लेख गरेका कुरा प्रमाणमा लिन नहुने भन्न नमिल्ने । § प्रमाणित वयानमा उल्लेख भएका कुरा झुठा हो भन्ने कुराको निज पुनरावेदक तर्फवाट कुनै ठोस सवुद प्रमाण पेश हुन नसकेको स्थितिमा अभियोग मागदावी वमोजिम मुलुकी ऐन जिउमास्ने वेच्नेको १ नं. वमोजिम २० बर्ष कैद गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विगत २०३९ साल चैत्र महिनामा मेरो दाजु प्रेमवहादुर मोक्तानले काममा लगाई दिन्छु भनि घरवाट वीरगंजसम्म लगि वीरगंजवाट अर्को नाम थाहा नभएको एकजना समेत २ जनाले मलाई भारत बम्बैको पिल हाउस भन्ने ठाउंमा माया तमाङनीको वेश्याकोठीमा भा.रु.२५,०००।– मा विक्री गरेको र यही २०४९ साल जेष्ठ २ गते घरमा फर्कि आई यो जाहेरी दिएको छु निजहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरी दण्ड सजाय समेत गरी पाउं भन्ने समेत व्यहोराको शान्तमाया मोक्तानको जाहेरी दर्खास्त । ३. प्रेमवहादुर मोक्तानले मलाई राम्रो काममा लगाई दिन्छु भनि बारम्वार फकाई २०३९ साल चैत्र महिनामा घरवाट वीरगंजमा लगी त्यंहाबाट मैले नाम थाहा नभएको निजको साथी १ समेत भै मलाई भारतको बम्बै स्थित पिल हाउस भन्ने ठाउमा माया तमाङनीको बेश्याकोठीमा पुर्याई भा.रु.२५,०००।– मा विक्री गरि निजहरु फर्केको र मलाई उक्त कोठीमा जवरजस्ती बेश्या धन्दामा लगाएको र यही २०४९ जेष्ठ २ गते घरमा आएकी हुम, निजहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरि सजाय समेत गरि पाउं भन्ने समेत व्यहोराको जाहेरवाली एवं पिडित शान्तमाया मोक्तानको बयान कागज । ४. जाहेरवाली शान्तमाया मोक्तान मेरो काकाको छोरी हुन निजलाई महेन्द्र थिङलामा र म समेत भै भारत बम्बैमा लगी २०३९ साल चैत्र महिनामा विक्री गरि बिक्रि गर्दा आएको भा.रु. २५,०००।– मध्ये महेन्द्र थिङले मेरो भाग भनि भा.रु. ५,०००।– दिएको हो उक्त पैसा खाई मासी सके भन्ने समेत व्यहोरा