निर्णय नं. ७२६१ - उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२६१ - उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/०२ २६८४ निर्णय नं.७२६१ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल माननीय न्यायाधीश श्री राम नगिना सिंह सम्वत् २०५८ सालको रिट नं. ३१७३ आदेश मितिः२०६०।८।२।३ बिषयः– उत्प्रेषण, परमादेश आदेश जारी गरी पाउँ । निवेदकः दार्चुला जिल्ला, मालीकार्जून गा.वि.स. वडा नं. १ वस्ने वीरसिंह धामी विरुद्ध विपक्षीः इलाका प्रहरी कार्यालय, भिग्री, प्यूठान समेत § रिट निवेदक जस्तै समान अवस्था र परिस्थितीका प्र.ह. डम्वर वहादुर पुनको हकमा पुनरावेदन तहवाट निर्णय गर्दा निजलाई तल्लो पदमा घटुवा गर्ने गरी र रिट निवेदकलाई नोकरीवाट वर्खास्त गर्ने गरी भएको निर्णयमा असमानता र भेदभाव भएको देखिन आउने । § निवेदक सरहको कसैलाई कम सजाय कसैलाई वढी सजाय गर्ने गरी पुनरावेदकीय तहवाट निर्णय गर्दा सोको तथ्ययुक्त मापदण्ड र आधार कारण निर्णयमा खुलेको हुनुपर्छ तर प्रस्तुत निर्णयमा सो कुरा खुलेको नपाइदा निवेदकको सन्दर्भमा हेर्दा निवेदक समेतको पुनरावेदन उपर निर्णय गर्दा समान अवस्था र परिस्थितिका व्यक्तिहरुका वीचमा समान रुपमा निर्णय नभै भेदभावपूर्ण निर्णय भएको देखिने । § निवेदक उपर कानूनको प्रयोग भेदभावपूर्ण तरीकावाट गरी निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरी भएको निर्णयलाई कानूनसम्मत भन्न नमिल्ने हुंदा मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायव महानिरिक्षकको निवेदकलाई नोकरीवाट वरखास्त गर्ने गरेको निर्णयलाई सदर गरेको मिति २०५७।६।१० को निर्णय एवं सोमा उल्लेखित २०५६।२।११ को निर्णय कारवाही समेत त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्धारा वदर हुने । § निवेदकलाई पनि प्र.ह. डम्वर वहादुर पुनको सरहको प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) वमोजिम तल्लो पदमा घटुवाको सजाय कायम गरी प्र.ज. पदमा पुनर्वहाली गर्नु भन्ने विपक्षीहरुको नाउंमा परमादेश समेत जारी हुने । (प्र.नं. १४) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ । २. म निवेदक मिति २०४०।१०।१ मा नेपाल प्रहरीको परिचर पदमा शुरु नियुक्ति हुनुको साथै मिति २०४१।८।२३ मा प्रहरी जवान पदमा मिति २०४७।१।१ देखि लागू हुने गरी प्रहरी हवल्दार पदमा पदोन्नति भई हाल सशस्त्र प्रहरी गण मुख्यालय धनगढीको दरवन्दीमा रही विपक्षी जिल्ला प्रहरी कार्यालय प्यूठान मातहतको इलाका प्रहरी कार्यालय भिंग्री, प्यूठान अन्तर्गतका स्ट्राइकिंग प्रहरी फोर्समा काजमा कार्यरत रही आएको थिएं । मैले यस अघि आफ्नो सम्पूर्ण नोकरी अवधिमा कुनै पनि विभागीय सजाय पाएको छैन । यसैवीच विपक्षी जिल्ला प्रहरी कार्यालय प्यूठानले म समेतका प्र.ह. डम्वर वहादुर पुन र प्र.ह. पदमराज चुनारा समेतले मिति २०५६।१।२९ को राती २२:३० बजेको समयमा अत्यधिक मादकपदार्थ सेवन गरी आई विभिन्न अपशव्द प्रयोग गर्दै व्यारेकमा पसेको र व्यारेकमा होहल्ला भई हामीसंग हतियार छ, उडाई दिन्छौ जस्ता शव्द प्रयोग गरी गैर जिम्मेवारी तथा अनुशासनहीन कार्य गरेकोले आवश्यक कारवाही गरि पाउं भन्ने सोही टोलीमा खटिएका प्र.ना.नि. केशववहादुर थापाको प्रतिवेदन अनुसार निजहरुले पटक पटक यस किसिमको