निर्णय नं. ७२६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२६२ - उत्प्रेषण भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/०९ २५९७ निर्णय नं.७२६२ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु सम्बत् २०५७ सालको रि.नं.२७७९ आदेश मितिः२०६०।८।९।३ विषय :– उत्प्रेषण । रिट निवेदकः कञ्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका वडा नं.२ बस्ने कृष्ण जोशी बिरुद्ध विपक्षीः महेन्द्रनगर नगरपालिका, कञ्चनपुर समेत § ठेक्कामा पहिलो र दोश्रो व्यक्ति सम्झौता गर्न नआएपछि यी निवेदक तेश्रो व्यक्तिलाई सम्झौता गर्न बोलाउनु पर्ने भन्ने कुरामा कुनै विवाद देखिएन र यि रिट निवेदक तेश्रो नम्बरमा रहेका बोल कबोलबाला रहे भएको समेत देखियो । तर पहिलो र दोश्रो व्यक्ति सम्झौता गर्न नआएको भनी यि रिट निवेदकलाई सम्झौता गर्न आउनु भनी स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०५६ को नियम ६८(१) बमोजिम रीतपूर्वकको सूचना दिएको देखिंदैन भने अर्कोतर्फ विपक्षी समेतबाट निजलाई म्याद दिएर जानकारी दिएको कुरा आफ्नो लिखित जवाफमा देखाउन सकेको पाइदैन । विपक्षी कार्यालयबाट एकै पटक मिति २०५७।२।३० मा आफूले सकार गरेको रकम एक मुष्ट तीन दिन भित्र यस कार्यालयमा जम्मा गर्नु होला अन्यथा ऐन नियमानुसार यस कार्यालयमा जम्मा गरेको धरौटी रकम जफत हुने छ भनी पत्र दिएको देखियो । सोही नियमावलीको नियम ६८(२) बमोजिम सम्झौता गर्न बाटाको म्याद बाहेक ७ दिन भित्र आउनु भनी सूचना नै नदिई धरौटी रकम जफत गर्ने गरेको विपक्षी महेन्द्रनगर नगरपालिकाको मिति २०५७।२।१७ को निर्णय लगायत सो सँग सम्बन्धित काम कारवाही कानूनसंगत भन्न नमिल्ने । § विपक्षी महेन्द्रनगर नगरपालिकाकाबाट यि रिट निवेदकको धरौटी रकम जफत गर्ने गरेको काम कारवाही गैरकानूनी एवं प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत भएकोले उत्प्रेषणको आदेशले बदर हुने । (८ र ९) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री हरि उप्रेती र श्री जगन्नाथ महतो अवलम्वित नजिरः आदेश न्या.दिलीपकुमार पौडेलः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३÷८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. विपक्षी नगरपालिकाले कञ्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका क्षेत्र भित्र पर्ने वडा नं.९ को व्रम्हदेव बजार, वडा नं.१० को गड्डा चौकी बजार, वडा नं.११ को गड्डा चौकी बजार, वडा नं.६ को चम्मन चौराहा, वडा नं.४ को महेन्द्रनगर बजारको मेनरोड, वडा नं.४ को महेन्द्रनगर बजारको पाँच गल्ली, वडा नं.१८ को महेन्द्रनगर बजारको अस्पताल रोड, वडा नं.१८ को फ्रि लाइन क्याम्पस रोड गरी जम्मा ८ स्थानमा मदिरा डिपो राख्नको लागि महेन्द्रनगर नगरपालिकाको मिति २०५७।२।११ को निर्णयानुसार भनी विभिन्न शर्त दर तोकी मिति २०५७।२।१३ मा सूचना प्रकाशित गरिएकोमा म निवेदकले ११ मा गड्डा चौकी बजारमा रहने मदिरा डिपोको डाक बढाबढ प्रक्रियामा समावेश हुनको लागि मिति २०५७।२।१५ मा निर्धारित समय भित्र धरौटी वापत निवेदन साथ रु.१०,०००।– बोली लगाउँदा रु.१५,०००।– गरी जम्मा रु.२५,०००।– विपक्षी नगरपालिका कार्यालयमा दाखिला गरी डाक बढाबढ रु.४,६३,५००।– मा सकार गरी तेश्रो नम्बरमा परेको हुनाले मैले राखेको धरौटी फिर्ता पाउँ भनी मिति २०५७।२।२७ मा विपक्षी कार्यालयमा निवेदन दिएकोमा नगरपालिका वोर्ड २०५७।२।१७ को निर्णय अनुसार वडा नं.११ गड्डा चौकीको मदिरा डिपोमा बोलकबोल गर्ने पहिला, दोश्रो नम्बरमा पर