निर्णय नं. ८७०४ - कम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७०४ - कम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ । भाग: ५३ साल: २०६८ महिना: माघ अंक: १० फैसला मिति :२०६८/०४/१५ ७४९० ने.का.प. २०६८, अङ्क १० निर्णय नं. ८७०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् ०६३ सालको–CI–०१०१ फैसला मितिः २०६८।४।१५।१ मुद्दाः— कम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ । पुनरावेदक वादीः चितवन जिल्ला, जुटपानी गा.वि.स. वडा नं. २ घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ कालिकास्थान बस्ने मदनप्रसाद लम्साल विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ कमलादीस्थित रेप्सोना पब्लिकेशन्स प्रा.लि. शुरु निर्णय गर्नेः कम्पनी बोर्ड, त्रिपुरेश्वर पुनरावेदन फैसला गर्नेः— मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ मा.न्या.श्री गोविन्दकुमार उपाध्याय § निजी क्षेत्रको प्राइभेट लिमिटेड कम्पनीको प्रवन्धपत्र तथा नियमावलीले कम्पनीको कुनै सञ्चालकले मिल्दोजुल्दो अर्को पेशा वा व्यवसाय गर्न रोक नलगाएको तथा तत्काल प्रचलित कम्पनी ऐन, २०५३ ले पनि यस्तो प्रतिबन्ध नलगाएको अवस्थामा आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा अर्को पत्रिका प्रकाशन गर्ने, दर्ता गराउने र प्रचलित कानूनअनुसार सोसम्बन्धी ट्रेडमार्क दर्ता गराउन पाउँदैन भन्न नसकिने । (प्रकरण नं.३) § सञ्चालकले कम्पनीमार्फत् वा कम्पनीको नाममा कारोवार गर्दा कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा ८० को व्यवस्था उल्लंघन गरी व्यक्तिगत फाइदा लिएको तथ्य प्रमाणित हुनको लागि आरोपित सञ्चालकले कुनै कारोवारमा कम्पनीको प्रतिनिधित्व गरेको र यसबाट लिएको मूल्य स्पष्ट रुपमा किटान भएको कुरा पुष्टि हुनुपर्ने । § मूल्य र रकम किटान नभए कम्पनीबाट लिएको व्यक्तिगत फाइदाको रकम ऋणसरह असूल हुनसक्ने अवस्था नहुने हुँदा कुन कारोवारबाट आरोपित सञ्चालकले कति फाइदा लियो भन्ने कुरा रकम र मूल्यको आधारमा किटान नभएको अवस्थामा दफा ७६(२) को उल्लंघन प्रमाणित हुन नसक्ने अवस्थामा दफा १२९ अनुसार जरीवाना हुन पनि नसक्ने । (प्रकरण नं.६) § प्राइभेट कम्पनीको सञ्चालक भएकै कारणले पेशा तथा व्यवसाय गर्ने स्वतन्त्रता सम्बन्धमा संविधानअन्तर्गत प्राप्त मौलिक हकबाट बञ्चित गर्न नसकिने, प्राइभेट कम्पनीको कुनै सञ्चालकले यस्तो कम्पनीको व्यवसाय वा उद्देश्यसँग मिल्दोजुल्दो व्यवसाय गर्न नपाउने गरी कम्पनी ऐनलगायत अन्य प्रचलित कानून तथा स्वयं प्रत्यर्थी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समेत कुनै प्रतिबन्ध नलगाएको अवस्थामा छुट्टै पत्रिका दर्ता गराई प्रचलित कानूनअनुसार उक्त पत्रिकाको ट्रेडमार्क समेत दर्ता गराएको भन्ने मात्र आधारमा कम्पनी ऐन, २०५३ को दफा ७६ (२) तथा दफा ८० अनुसारको कसूर गरेको ठहर्‍याउन नमिल्ने । (प्रकरण नं.८) प्रतिवादी पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता महेश थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § कम्पनी ऐन, २०५३ को दफा ७६(२), ८०, १२९ फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनबाट मिति २०६१।१०।४।२ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः— म फिरादी र विपक्षीले संयुक्त रुपमा कम्पनी ऐन, २०५३ अन्तर्गत शेयरमा सीमित दायित्व हुने गरी रेप्सोना पब्लिकेसन्श प्रा.लि. दर्ता गरी कम्पनी सञ्चालन गरी आएको हौं । मिति २०५५।२।२४ को सञ्चालक समितिको बैठकबाट कम्पनीक