निर्णय नं. ७२६४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२६४ - बन्दीप्रत्यक्षीकरण भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०८/१७ ३१८२ निर्णय नं. ७२६४ ने.का.प.२०६० अङ्क ७.८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत २०६० सालको रिट नं. ..१२० आदेश मितिः२०६०।८।१७।४ बिषय :– बन्दीप्रत्यक्षीकरण । निवेदकः म्याग्दी जिल्ला पुलाचौर गा.वि.स. वडा नं. ९ घर भई बेनीबजार बसोवास गरी आएको भूतपूर्व प्रतिनिधिसभा सदस्य चन्द्रप्रकाश बानियाँको हकमा एकाघरकी रिट निवेदक छोरी प्रमिला बानियाँ बिरुद्ध विपक्षीः प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय बेनी म्याग्दी समेत § सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा १२ को व्यवस्था वमोजिम जिल्ला न्यायाधीश वा निजको अनुपस्थितिमा श्रेस्तेदारको रोहवरमा वन्दीलाई छाड्नु पर्ने गरी व्यवस्था गरेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको मिति ०६०।८।१२ मा छाडि दिने पत्रको वोधार्थसम्म दिएको देखिन्छ । ऐनले जिल्ला न्यायाधीश वा निजको अनुपस्थितिमा श्रेस्तेदारको रोहवरमा छाड्नु पर्ने अनिवार्य गरेकोमा वोधार्थ दिएको कारणले ऐनको व्यवस्था बमोजिम छोडेको भन्न नमिल्ने । § मिसिलवाट १ दिन सम्म छोडेको देखाई रीत पुर्याउने मनसायले सो पत्र पठाएको सम्म देखिएको हुँदा निवेदकको निरन्तर रुपमा थुनामा रहेको भन्ने भनाइलाई पेश भएको पत्रहरुवाट नजरवन्द निरन्तरताको अबस्था देखिने । § सार्वजनिक सुरक्षा ऐनको दफा ५.२.१ को व्यवस्था वमोजिम ९० दिन भन्दा बढी थुनामा राख्न आवश्यक देखिएमा त्यसको कारण र आधार सहित स्थानीय अधिकारीले श्री ५ को सरकार, गृह मन्त्रालयमा लेखि पठाउनु पर्ने छ । श्री ५ को सरकार गृह मन्त्रालयले स्थानीय अधिकारीको सुझाव उचित ठहर्याई अनुमोदन गर्नुपर्ने ऐनले अनिवार्य गरेको छ तर सो कारवाही अगाडि वढाई गृह मन्त्रालयको अनुमोदन पश्चात नजरवन्दको अवधी वढाएको देखिन नआई गैरकानूनी रुपमा थुनामा राखिएको देखिदा वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्र.नं. १३ देखि १७) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री ज्योती वानियाँ विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. मेरा पिता गैरकानूनी नजरवन्दमा रहनु भएका चन्द्रप्रकाश बानियाँ वर्तमान संविधान आएपछि पहिलो आम निर्वाचन २०४८ मा म्याग्दी जिल्लावाट प्रतिनिधिसभाको निर्वाचनमा जनताको अत्याधिक मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई आफ्नो कार्यकाल पुरा गरी आउनु भएको मेरा पिताले एक विधायकको हैसियतले तथा संविधान तथा प्रतिनिधिसभा नियमावली, २०४८ बमोजिम सपथ लिए बमोजिम अत्यन्तै असल विधायकको भूमीका निर्वाह गरी आउनु भएको थियो । जिल्लावासी र जिल्लाको भौतिक प्रशासनिक, शैक्षिक, सामाजिक लगायत अन्य बिषयमा अमूल्य योगदान दिनु भएकोले स्वभाविक रुपमा जिल्लामा अत्यन्तै लोकप्रीय हुनु सभएको छ । राष्ट्रिय विधायकको अवधि समाप्त भए पश्चात पनि मेरो पिताले जिल्लाको चौतर्फी विकासमा विशेष भूमिका खेली आउनु भएको थियो । यसै वीच मिति २०६०।५।९ मा बेलुका १० बजे मेरा पिता समेतका हामी सपरिवार बसोबास गरी रहेको ठाउँबाट विपक्षी नं. २ बाट खटी आएका प्रहरी तथा सेनाले मेरो पितालाई पक्राउ गरी लगे । त्यसपछि हामीलाई भेटघाट गर्न नै दिइएन । हामी परिवार तथा आफन्त समेत विपक्षी न