निर्णय नं. ७२६५ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२६५ - अंश चलन भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०९/१७ ३९०९ निर्णय नं.७२६५ ने.का.प. २०६० अङ्क ९.१० पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्बत् २०५९ सालको दे.पू.इ.नं. ...४५ फैसला मितिः २०६०।९।१७।५ मुद्दा :– अंश चलन । पुनरावेदक प्रतिवादीः ल.पु.जि.ल.पु.उप.म.न.पा.वडा नं. २० पूर्णचण्डी वस्ने नरेन्द्र गोविन्द मुल्मी विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने कृष्ण मुल्मी प्रत्यर्थी प्रतिवादीः जयगोविन्द मुल्मी समेत § मानो छुट्टिएको वा जोडीएको कुराको लिखत पारित नै हुनुपर्ने रजिष्ट्रेशनको १ नं. को व्यवस्थालाई अंशवण्डाको ३० नं. ले अन्यथा गरेको भन्न नसकिने । § अंशवण्डाको लिखत पारित हुनुपर्ने प्रचलित कानूनी व्यवस्थाको अपवाद स्वरुप अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणलाई मान्यता दिएको हदसम्म सो ३० न. को सीमीत वा नियन्त्रित व्याख्या सम्म हुन सक्ने । § वकसपत्रको जग्गा नामसारी गर्ने क्रममा प्रतिवादी नरेन्द्र गोविन्दका सौतेनी आमा र सौतेनी भाईहरुले निजको नाउँमा नामसारी भएमा मन्जुरी छ भनी मालपोत कार्यालयमा लेखिदिएकै कारणले आफ्नो हक नै परित्याग गरिदिएको भन्न समेत नमिल्ने । § धेरैजना अंशियार मध्ये कुनै एकको नाउँमा कुनै सम्पत्ति नामसारी भएमा मन्जूरी छ भनी लिखत गरि दिंदैमा आफ्नो हक नै हस्तान्तरण हुने नभै दर्ता श्रेस्तामा कुन अंशियारको नाउँमा सम्पत्ति राख्नेसम्म कुराको सगोलको अंशियारहरुको मन्जूरी रहेको सम्म सो मन्जूरीनामावाट प्रमाणित हुन आउने र त्यति कुरा भन्दा वढी त्यसरी मन्जूर हुने अंशियारहरुले आफ्नो अंश छोडेको अथवा नामसारी गराई लिनेको एकलौटी हक हुने भनी मन्जूरी गरिदिएको भन्न नमिल्ने । § अंशियारहरुले परस्परमा कुनै एक अंशियारलाई एकलौटी हकको भनी नामसारी गर्न मन्जूरी दिंदा त्यस्तो मन्जूरी दिएको अभिप्राय सो लिखतवाट नै स्पष्ट हुनुपर्ने र अभिप्राय स्पष्ट नरहेको अवस्थामा नामसारीको मन्जूरीको लिखतवाट सो अभिप्राय रहेको अनुमान गर्न मिल्ने समेत नदेखिने । § प्रतिवादी नरेन्द गोविन्दले अंशवण्डाको महलको १८ नं. मा २०३४ सालमा संशोधन हुनुपूर्व शेषपछिको वकसपत्र प्राप्त गरी नामसारी गराई लिएको वादी प्रतिवादीका माहिला वाजे श्री गोविन्द भन्ने शिव गोविन्द तर्फको सम्पत्ति समेत वण्डा लाग्ने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश.श्री मीनवहादुर रायमाझीको राय सदर हुने । (प्र.नं.१९ र २०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल र भोजबहादुर खत्री प्रत्यर्थी वादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र अधिवक्ता श्री पन्नामान तुलाधर प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्का अवलम्वित नजिरः फैसला प्र.न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति ०५४।११।१८ को फैसला उपर परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ : – २. स्व.पिता धर्म गोविन्द मुल्मीको ४ जना श्रीमतीहरुमा जेठी र साहिली धेरै अधि नै परलोक भई सकेको र जेठी श्रीमती तर्फ छोरा छोरी समेत कुनै जायजन्म नभएको, साहिली श्रीमती तर्फ एक मात्र छोरी रुकमिनीको जायजन्म भएकोमा निजको विवाह भै